समाचार

नेपाली राष्ट्रिय महिला क्रिकेटरका लागि भारतीय प्रशिक्षक देवीका नियुक्त

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्यान्ट प्रशिक्षकको रुपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ । देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन । उनी २०१८ मा बङ्गलादेशको सहायक… पुरा पढौ

शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमति

सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न महासङ्घको दुईदिने बैठकले विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाएको हो । जिल्ला शिक्षा कार्यालय फेरि स्थापना गर्ने, उसैले प्रधानाध्यापक नियुक्त गर्नेलगायतका प्रावधान सङ्घीयताको मर्मविरोधी भएको महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन । स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएर पनि सरकारले आफूहरूसँग छलफल नगरी विधेयक बनाउनुले सङ्घीय सरकारले स्थानीय सरकारको अधिकार खोस्न खोजेको पुष्टि हुने उनको आरोप छ… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदी स्थिर आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार तोलामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जनाएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । यसैगरि, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । पुरा पढौ

तनहुँमा उत्पादित कागतीले बजार पाएन

तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे । विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।” पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गरेका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका… पुरा पढौ

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए । साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”,… पुरा पढौ

एकै थलोमा अग्रज र अनुज कलाकार

पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ थिए । शनिबार उनीहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै गरेको देखिन्थ्यो । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो । अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको थियो । अनुभवी र सिक्दै गरेका कलाकारलाई समेट्दै पोखरेली युवा सांस्कृतिक परिवार ६१औँ शृङ्खलाको ‘समता कला कार्यशाला’ गरिरहेको थियो ।… पुरा पढौ

आकर्षणको केन्द्र हिमताल

मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ छ । जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरु बताउँछन्… पुरा पढौ

जनआन्दोलनका घाइतेको लसेवा सुबिधा घटाईएको छैन : सिंखडा

पोखरा । सरकारले जनआन्दोलनका घाइतेको लागि सेवा सुबिधा नघटाएको सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दावी गरेकी छन् ।उनले जनआन्दोलनका घाइतेहरुलाई निःशूल्क स्वास्थ्य बिमा तथा उपचार कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिइरहेको बताइन् । शनिबार राज्यद्वारा बेपत्ता योद्वा मजदुर नेता चमनलाल बराल २१ औं खोज सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले घाइतेहरुको सरकारले सेवा सुविधा काट्यो भनेर फैलाइएको हल्लाहरु निराधार रहेको भन्दै हल्लाको पछाडी नलाग्न आग्रह गरिन् । जिल्ला अस्पताल र प्रदेश सरकारको अधिनमा रहेका सबै… पुरा पढौ

बिरौटा साझा चौतरीमा ५३ यूनिट रगत संकलन

पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५३ यूनिट रगत संकलन भएको छ । शनिबार पोखरामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको ब्लड डोनेसन डिपार्टमेन्ट चिफ ठाकुर प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गरे । उनले रक्तदानको महत्वका बारेमा बोल्दै क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा रक्तसञ्चार केन्द्र प्रमुख महेन्द्र जिसी, डिर्पाटमेन्ट चिफ दुर्गाकुमारी आचार्य, डिर्पामेन्ट चिफ सिता पहारी, सिनियर एड्भाइजर रजनी कोइराला, डिपार्टमेन्ट कोचिफ सिता पाहारी, एड्भाइजर सावित्रा… पुरा पढौ

पोखरा नर्सेसको जुम्ल्याहा भेला तथा स्वास्थ्य परीक्षण सम्पन्न

साउन २० पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा तेश्रो जुम्ल्याहा भेला तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न भेला तथा स्वास्थ्य परीक्षणको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका विभागिय प्रमुख स. प्राध्यापक डा. सूर्य हमालले उद्घाटन गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारे । कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक इन्टरनेशनल ३२५ के.का निवर्तमान डिस्ट्रिक गर्भनर राजेन्द्र बाटाजु, डिस्ट्रिक इन्टरनेशनल ३२५ एम. का प्रथम डिस्ट्रिक गर्भनर चण्डीप्रसाद अर्याल, अर्जुनबहादुर थापा लगायतले कार्यक्रममा बोलेका थिए । करिव ३२ जना… पुरा पढौ