समाचार

पोखरा महेन्द्रपुलस्थित साँघुमुख पार्कको कंक्रिट पर्खाल (सेरवाल) भत्कियो

पोखरा, साउन २२ पोखरा–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल (सेरवाल) गएराती भत्किएको छ । पोखरा महानगरपालिका र पोखरा महानगरपालिका वडा नम्बर–९ को सहयोगमा बनेको सेरवाल गएराती आएको भारी वर्षाका कारण भत्किएको हो । करीब ३७ लाखको लागतमा ६० मिटर लम्बाई र २० मिटर उचाईको सेरवालको दुईतिहाई भाग भत्किएर सेती नदीको डिलमा पुगेको छ । साँझ करीब ८ः३० बजे ठूलो आवाजसहित सेरवाल भत्किएको महेन्द्रपुल–साँघुमुख उपभोक्ता समितिका अध्यक्ष रोसन महर्जनले बताए । सेती… पुरा पढौ

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको… पुरा पढौ

स्याङ्जामा औषधि सेवनबाट गर्भपतन गराउनेको सङ्ख्या बढ्दै

स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९र८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिइन । उनका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि… पुरा पढौ

तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द

तनहुँ । दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ । गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिए । यसअघि दिनमा तीन÷चार जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि तीन दिनदेखि सङ्ख्या बढेको उनले बताए। आँखा उपचारमा आउने बिरामीमध्ये झन्डै ५० प्रतिशत… पुरा पढौ

मध्यबर्खामा पनि रोकिएन कालीगण्डकी दोहन

बागलुङ । बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन रोकिएको छैन । कानुनी व्यवस्थाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशविपरीत मध्यबर्खामा समेत दोहन नरोकिएको पाइएको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ । कानुनी व्यवस्था देशभरका नदीलाई भए पनि कालीगण्डकी नदीमा उत्खनन गर्न ठेक्कासमेत लगाउन नपाइने सर्वोच्च अदालतको आदेश नै छ । सर्वोच्च अदातलको आदेशअनुसार ठेक्का नलगाउँदा कालीगण्डकी नदीसँग जोडिएको बागलुङ र पर्वतका पालिकाले… पुरा पढौ

एमालेको अवरोधका कारण आज पनि राष्ट्रियसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती) ले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताए । सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको जिकिर गर्दै उनले यसबारे निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएकामा जोड दिए । “सुन तस्करको जरैसम्म पुगेर अनुन्धान गर्न समिति आवश्यक छ, सामन्य मजदुरी गर्ने… पुरा पढौ

२३ ठेकेदार कम्पनी कालोसूचीमा

विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरु अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् । कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पु÷कोशी एन्डा न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने… पुरा पढौ

मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । उनान्चालीस किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी… पुरा पढौ

बिष्णुपादुका उच्च मा.बि हेमजामा खानेपानी टंकी उद्घाटन

पोखरा । पोखरा स्थित बिष्णुपादुका उच्च मा.बि हेमजामा १० हजार लिटरको खानेपानी टंकीको उद्घाटन गरिएको छ । लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजनामा टंकीको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे का प्रथम डिष्ट्रिक गर्भनर मिलन थापाले उद्धघाटन गरेका हुन् । टंकी निर्माणका लागि हजेली एकडेमी यु.के.का २३ जना बिद्यार्थीहरुले खाजाको रकम कटाएर रु २ लाखको सहयोग गरेका थिए । प्रमुख अतिथी थापाले “जहाँ आवश्यकता त्यहा लायन्सको उपस्थित र मानवीय सेवाको लागी संसार भरका लायन्स क्लबले हामी सेवा गर्छौ” भन्ने नाराका लिएको… पुरा पढौ

शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत

तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन् । विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन् । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको विकास गरिएको विद्यालयले जनाएको छ । शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर… पुरा पढौ