समाचार

देशको अर्थतन्त्र माथि उठाउन सबै दल एक हुनुको विकल्प छैन :कांग्रेस नेता भण्डारी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, “देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई रु ८० अर्ब दिन बाँकी छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्छ ।” देश बनाउने कुरामा पार्टी संविधान संशोधन गरेर भए पनि एक… पुरा पढौ

अलैँची स्याहरको सुसार गर्दै पूर्व वडाध्यक्ष बुढाथोकी

गलकोट । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्रबहादुर बुढाथोकी यतिबेला अलैँची स्याहरको सुसार गर्दै छन् । सुन्तला खेतीबाट व्यावसायिक कृषि पेसा थालेका बुढाथोकी क्रमशः अलैँची खेती, बङ्गुरपालन र तरकारी खेतीमा लागेको मात्रै छैन आफ्नो वडामा व्यावसायिक कृषक जन्माउन उनको ठूलो हातसमेत छ । २०६८ मै दुई सय सुन्तलाका बिरुवा लगाएर सुन्तला खेती थाल्नुभएकाथालेका बुढाथोकीलाई परिवारले धान खाने खेत मासेर रुख रोपेको भन्दै गालीसमेत गरे । अहिले वर्षमा सुन्तला खेतीबाटै झन्डै रु तीन लाख कमाइ भएर धान खेतीभन्दा तेब्बर नाफा भएपछि परिवारका… पुरा पढौ

ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन त्यहाँको कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ । बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ । लामो समयसम्म बच्चाको बोली नफुुटेका अवस्थामा मन्दिरको दर्शन गराएर बच्चालाई त्यहाँको कुण्डमा डुबाएर निकालेपछि बोल्छन् भन्ने विश्वासका कारण पछिल्लो समयमा टाढा–टाढाबाट बालबच्चा लिएर अभिभावक मन्दिरमा पुग्ने गरेको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले जानकारी दिए । “बच्चा नबोलेको भन्दै मन्दिरमा दैनिक न्यूनतम एक–दुई जनादेखि १२–१५ जनासम्म बच्चा लिएर आउने गरेका छन्”, उनले भने, “मन्दिरको… पुरा पढौ

थप सुन्दर बनाइँदै पोखराको पर्यटकीय गन्तव्य महेन्द्र गुफा

पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका लागि प्रदेश सरकारमार्फत विनियोजित रु १० करोडबाट भौतिक संरचनाको काम अघि बढाइएको महेन्द्र गुफा चमेरे गुफा पर्यटन विकास समितिका सदस्य सचिव शिशिर पौडेलले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको महेन्द्र गुफा र चमेरे गुफा पोखराका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्छन् । बहत्तर… पुरा पढौ

तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको… पुरा पढौ

माओवादी केन्द्रीय समिति बैठक सुरु

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन । सम्बोधनका क्रममा उहाँले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो ।… पुरा पढौ

माओवादी केन्द्रिय समिति बैठक : अध्यक्ष प्रचण्डको प्रस्तावमाथि १८ नेताले राखे धारणा

साउन १७ काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् । पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकको प्रारम्भमा पार्टी… पुरा पढौ

प्रस्तावित राजदूतको सुनुवाइ सुरु

सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ । समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ । समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गरेका छन । बैठकमा स्वीट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्नेछन । सरकारले परराष्ट्र… पुरा पढौ

प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ

के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ । ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ । पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो ।… पुरा पढौ

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ: पराराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बताए । मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उनको भनाइ छ । उनले हाल… पुरा पढौ