समाचार

मिलन फाउण्डेशन नेपालमा पुनः गंगा गुरुङ

पोखरा १५ साउन । हाल हङकङमा रहेका समाजसेवी दुर्गा गुरुङ “मिलन”द्वारा स्थापित सामाजिक संस्था मिलन फाउण्डेशन नेपालको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा गंगाकुमारी गुरुङ तेस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएकी छन् । फाउण्डेशनको अधिवेशनबाट उपाध्यक्षमा देवीकुमारी गुरुङ, सचिवमा अमरबहादुर अधिकारी, सह–सचिवमा जयप्रकाश गुरुङ, कोषाध्यक्षमा यामबहादुर मल्ल (जीवन) र सह–कोषाध्यक्षमा धनकुमारी गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यसैगरी, नवनिर्वाचित नौ सदस्यीय सञ्चालक समितिका सदस्यहरूमा सागर पौडेल, मनलाल गुरुङ र नारायण क्षेत्री छन् । अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार… पुरा पढौ

कभर्डहल र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन उपसमिति गठन

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेशमा कभर्डहल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्ने भएको छ । परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय समेत गरेको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतमा सम्पन्न बैठकले कभर्डहल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्न परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गरेको छ । सो उपसमितिको सदस्यमा कार्यकारी सदस्य तारामायाँ थापा मगर, परिषदका सदस्य केशव पाठक, विष्णुमायाँ गुरुङ र कार्यालय प्रमुख तोपलाल… पुरा पढौ

अन्तर्राष्ट्रिय खेल आयोजक संस्थाहरु संग परिषदको अन्तरक्रिया सम्पन्न

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने विभिन्न खेलका आयोजक संस्थाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । परिषदले पोखरामा आयोजना हुने खेलहरुलाई थप व्यवस्थित र उपलव्धिमुलक बनाउन छलफल आयोजना गरेको हो । सो कार्यक्रममा बोल्दै परिषदका सदस्य सचिब श्रीधर शर्माले ऋंखलाका रुपमा पोखरामा आयोजना हुँदै आएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई सफल बनाउन समन्वयको खाँचो भएको बताए । उनले भने–“यहाँहरुको आयोजनाले पोखरालाई मात्रै नभई समग्र गण्डकी प्रदेशलाई खेलकुदको माध्यमबाट चिनाउन भूमिका खेलेको छ । तर यि खेलहरुलाई सफल बनाउन परिषद… पुरा पढौ

पोखराको सगरमाथामा स्वागत तथा विद्यार्थी सम्मान

साउन १५ पोखरा । पोखराको सगरमाथा मा.वि.मा कक्षा ११ का विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । विद्यालयले सोमबार एक कार्यक्रमका बीच कक्षा ११ का विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्यक्रममा ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चाल क्याम्पस लामाचौरका क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बराल, वडा नं. ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य दीपेन्द्र मर्सानि, विद्यालयका प्राचार्य धनबहादुर थापा, पूर्व विद्यार्थी डा राजेन्द्र पौडेल, विवेक श्रेष्ठ, कक्षा १२ का विद्यार्थी लगायतले उनीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा… पुरा पढौ

कास्कीमा डेङ्गु नियन्त्रणका लागि ‘१० मिनेट अभियान’

पोखरा । डेङ्गुको संक्रमण बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि कास्कीमा ‘१० मिनेट अभियान’ शुरु भएको छ । स्वास्थ्य कार्यालय कास्कीले डेङ्गु संक्रमण नियन्त्रणका लागि भन्दै गत शुक्रबार देखि ‘१० मिनेट अभियान’ शुरु गरेको हो । एडीज जातको लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु संक्रमणबाट बच्नको लागि प्रत्येक शुक्रबार बिहान साढे १० बजेदेखि ‘१० मिनेट अभियान’ सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कास्कीका कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए । कार्यालयको सेवा प्रभाहमा प्रभाव नपर्नेगरि कार्यालय वरपर सरसफाई गरि लामखुट्टेको टोकाइबाट बच्न र यस्को वृद्धिविकास… पुरा पढौ

साहसी दृष्टिविहीन : जसले गरे प्याराग्लाईडिङ

पोखरा, साउन १५ प्याराग्लाईडिङ साहसिक खेलका रुपमा चिनिन्छ । साहसिक खेलकुदमा रमाउनेले मात्रै यो गर्छन् । अधिकांश भने प्याराग्लाईडिङ गर्न डराउँछन् । अर्थात प्याराग्लाईडिङ गर्न जोकोहिको आँट नै आउँदैन । तर आँट, हिम्मत र साहस भयो भने सजिलै गर्न सकिन्छ भन्ने उदाहरण दृष्टिविहीनहरुले प्रस्तुत गरेका छन् । हो सोमबार पोखराको आकाशमा दुई विदेशीसहित १० जना दृष्टिविहीनहरुले हावामा कावा खाँदै प्याराग्लाईडिङ गरे । यसको चाँजोपाँजो मिलाएको थियो ‘ब्लाईन्ड रक्स’ संस्थाले । ती साहसी दृष्टिविहीन्हरुमा संस्थाकी संस्थापकसमेत रहेकी सृष्टि केसी, सम्भवी दवाडी… पुरा पढौ

हुप्सेकोट गाउँपालिकाद्धारा दूध उत्पादक किसानलाई अनुदान

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रू १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८र७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत प्रतिलिटर रू १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार गत आवमा प्रतिलिटर रू पाँच अनुदान दिइएको थियो । अनुदान रकम साना किसानसम्म… पुरा पढौ

व्यास नगरपालिकामा विपन्न वर्गलाई घर नक्सा पास गर्ने निःशुल्क सेवा

तनहुँ । व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ । उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निःशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरिहेको नगरपालिकाले जनाएको छ । नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इञ्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए। नागरिकलाई पक्की घर बनाउन आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने व्यवस्था छ । निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्नवर्गले घर बनाउन सिफारिस… पुरा पढौ

संरचना निर्माणसँगै गलेश्वर धाममा भक्तजनको घुइँचो

गलेश्वर । साउनको आज तेस्रो सोमबार हो । म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको पूजाअर्चना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार धार्मिक, आर्थिक र पर्यटकीय महत्वले युक्त गलेश्वर धाममा आकर्षक पूर्वाधार निर्माण गरिएपछि पौराणिकस्थल अब धार्मिक पर्यटकीयस्थलको रुपमा विकसित हुँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला ९पत्थर० माथि अवस्थित… पुरा पढौ

प्रतिनिधिसभाको बैठक भोली बस्ने

काठमाडौ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ । बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेपनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो । सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत जानकारी दिए । आजको… पुरा पढौ