समाचार

पोखरा महानगरद्वारा प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा अनुगमन,६ हजार २८० रुपैयाँका सामग्री नष्ट

तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा अन्य प्रतिबन्धित सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ । सरकारले प्लास्टिकजन्य फूलमाला उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा रोक लगाएको भए पनि बजारमा बिक्री भइरहेको पाइएपछि महानगरले अनुगमनलाई निरन्तरता दिएको हो।महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि औपचारिक सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको थियो। सूचनाको कार्यान्वयन भए–नभएको विषयमा महानगरले बजार अनुगमनलाई तीव्र बनाएको महानगर आर्थिक विकास महाशाखा… पुरा पढौ

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सभामुख अर्याल आज बिहान शीतल निवास पुगेका थिए ।राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्‌का गतिविधिबारे छलफल भएको थियो। विपक्षी दलहरूले सरकारका काम कारवाहीलाई लिएर संसद बैठक आव्हानका लागि दबाब दिइरहेकै बेला भएको भेटलाई राजनितिक वृतमा चासोका साथ हेरिएको छ । पुरा पढौ

पोखरामा सयपत्री फूल बिक्रीका लागि १७ वटा स्थल र मूल्य निर्धारण

पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो रु ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको उनले जानकारी दिए । आगामी आइतबारदेखि लागू हुनेगरी पोखरा महानगरपालिका–१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडीखेलको पुरानो वडा कार्यालय, पोखरा–२ स्थित सङ्गमचोक कृषि बजार चौतारी, पोखरा–५ को वडा कार्यालय परिसर, ६ नं वडाको… पुरा पढौ

सिटिजन फर्निचरको मुख्य प्रायोजनमा पोखरामा पाल्पाली देउसी भैलो हुने

पोखरा, १९ कात्तिक ।पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३ आयोजना गर्दैछ ।समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो पोखरामा प्रस्तुत गर्ने भएको हो ।उक्त अवसरमा पाल्पाली मौलिक देउसीभैलो कार्यक्रमसहित कलाकारको विभिन्न प्रस्तुति रहनेछ । साथै, मौलिक सोरठी, कौरा, सालैजो र झ्याउरे नृत्य प्रस्तुति रहनेछ । गायकगायिका करण तामाङ, रामजी पौडेल, बसन्ती थापामगर, सीमा सारु, प्रकाश क्षेत्रीले गीत गाउनेछन् ।कार्यक्रमलाई सिटिजन फर्निचर, न्यूरोडले मुख्य प्रायोजन गरेको समाजका अध्यक्ष श्रीधर पराजुलीले जानकारी दिए ।… पुरा पढौ

नेवारी संस्कृति जोगाउन पोखरामा शनिबार सातौँ स्वन्ती नखः महोत्सव हुने

सन्देश श्रेष्ठपोखरा, कात्तिक २०नेवारी कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा सातौँ स्वन्ती नखः महोत्सव आयोजना हुने भएको छ। नेवा मिसा पुचः कास्की र पोखरा महानगरपालिका–९ को विशेष सहयोग तथा चिप्लेढुंगास्थित नेवास् मिसा पुचःको आयोजनामा कात्तिक २१ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा महोत्सव हुन लागेको हो।नेवारी समुदायको मौलिक पर्व, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष पनि विभिन्न सांस्कृतिक तथा परम्परागत गतिविधि… पुरा पढौ

पोखरामा प्लास्टिकजन्य फूलमाला बिक्री, वितरण तथा प्रयोग गर्न रोक

पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गरिएको समेत जनाएको छ । महानगरले उक्त निर्णयको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गर्यो ।जारी विज्ञप्तिमा भनिएको छ ‘तिहारमा सम्पूर्ण व्यवसायीलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न र उपभोक्तालाई समेत त्यस्ता फूलको प्रयोग नगरी स्थानीय फूलको प्रयोग गर्न महानगर अनुरोध… पुरा पढौ

अल्फा स्कुलमा’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु

पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा ’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु भएको छ। खेलकुदको विकासका साथै विद्यार्थीहरूमा रहेको खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै पोखरा १६ का वडा सदस्य मन्जु नेपालीले बालबालिकामा खेलकुदले पार्ने सकारात्मक प्रभावको चर्चा गर्दै, शारिरीक र मानसिक विकासका लागि खेल आवश्यक रहेकोबताईन् । उनले नेपालीजनका बिभिन्न चाडपर्वहरूले सबैमा सकारात्मक ऊर्जा प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरिन् । विद्यालयमा गठित युवा रेडक्रस सोसाइटीका अध्यक्ष प्रवेश पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विद्यालयका… पुरा पढौ

पोखरा रंगशालामा प्रगति खेल उत्सव २०८३ सुरु

पोखरा रंगशालामा चौैथो संस्करणको प्रगति खेल उत्सव २०८३ सुरु भएको छ । बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सवको बिहिबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै आचार्यले विद्यार्थीको चौतर्फि विकासका लागि खेलकुद आवश्यक रहेको बताए । उनले विद्यालय स्तरमा हुने खेल कार्यक्रमले विद्यार्थीको शारिरीक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने बताउँदै, शिक्षासँगसँगै खेलकुद महत्वपुर्ण पाटो भएको बताए ।प्रमुख आचार्यले पोखराको खेल विकासमा विद्यालयबाट उत्पादित विद्यार्थीको भुमिका महत्वपुर्ण रहेको बताए ।प्याब्सनका… पुरा पढौ

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखबाट लिए ‘ब्रिफिङ’

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड… पुरा पढौ