समाचार

पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी, ५ सय मत गणना हुँदा यस प्रकार छ अग्रता

पोखरा, भदौ २२ पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी छ । आईतबार सम्पन्न मतदानको आज मतगणना भइरहेको हो । शुरुमा खुल्ला सदस्यहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जस अन्तर्गत ५ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्मको मत गण्नामा दुर्गा बरालले ४१७, अमृत पोखरेलले ४०९, निर्मला चापागाईंले ३७४, रामेश्वर अधिकारीले ३४८ र भानुभक्त अधिकारीले ३४७ मत प्राप्त गरेर अग्रता लिएका छन् । त्यस्तै, गोविन्दबहादुर जिसीले ३४५, कमलबहादुर सुनार ३४२,… पुरा पढौ

रसुवा बाढीः एक हजार ३५५ को मृत्यु,उद्धार तथा राहतका लागि २१ हजार बढी सुरक्षाकर्मी परिचालन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिईन् । उनले भनिन्, “बाढीमा परी करिब चार… पुरा पढौ

रास्वपा सभापति लामिछानेसँग अमेरिकी विदेशमन्त्री रुबियोको टेलिफोन वार्ता,थप सहयोगका लागि अमेरिका तयार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता भएको छ । रास्वपाले दिएको जानकारी अनुसार टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएका छन् । सभापति लामिछानेले सो अवसरमा नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताएका थिए । साथै उनले विदेशमन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि… पुरा पढौ

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, पोखरामा स्वस्ति शान्तीसहित दीप प्रज्वलन

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ । यसैबिच विनाशकारी बाढीमा परेर अकालमा ज्यान गुमाएकाहरुको सम्मानमा पोखरामा स्वस्ति शान्तीसहित दीप प्रज्वलन गरिएको छ । पोखरामा… पुरा पढौ

पोउवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भोलि, ८३.२६ प्रतिशत खस्यो मत

पोखरा — पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ८३ दशमलव २६ प्रतिशत मत खसेको छ। आइतबार भएको मतदानमा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत परेको निर्वाचन समितिले जनाएको छ।संघमा कुल २ हजार ७ सय ३१ सदस्य छन्। सदस्य पदतर्फ भने २ हजार १ सय ८ जनाले मात्र मतदान गरेका छन्। निर्वाचन समितिका संयोजक दामु अधिकारीले पदाधिकारीको तुलनामा सदस्यतर्फ कम मत खसेको जानकारी दिए।निर्धारित समयअनुसार बिहान ८ बजे मतदान सुरु गर्ने तयारी भए पनि… पुरा पढौ

सिटीवानको पाँचौ तीज मेला बाढीपीडितमा समर्पित

गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता रसुवाको भोटेकोशीका पीडितलाई समर्पण गर्ने भएको छ । पुर्व निर्धारित कार्यक्रमको सवै तयारी पुरा भएपछि वाढी आएकाले सो प्रतियोगिता उनै वाढीपीडितको सहयोगार्थ गर्ने गरी परिमार्जन गरिएको हो । “तीजको वेला सिटीवानको सास्कृतिक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको छ । तर पनि पछिल्लो… पुरा पढौ

बाढीबाट प्रभावितका लागि ग्लोबल कलिजियटद्वारा १० लाख ३ हजार सहयोग

भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीबाट ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट ३ लाख ५० हजार गरी कुल १० लाख ३ हजार ७०५ रुपैयाँ संकलन गरिएको हो।संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप… पुरा पढौ

सन्तानेश्वरमा जारी महायज्ञको पाँचौँ दिनमा मात्र २६ लाख संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको पाँचौँ दिन सकिँदा १ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको पाँचौँ दिन आइतबार मात्रै २६ लाख ५० हजार रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए। उनका अनुसार महायज्ञ सञ्चालन हुनुअघि नै मन्दिर निर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो।पाँचौँ दिन पोखरा–१४ स्थित विश्वकर्मा सप्लायर्सले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। त्यस्तै… पुरा पढौ

पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको सभा सम्पन्न

पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले देशभर छरिएर रहेका पौडेल समुदायबिच एकता र आपसी समन्वय आवश्यक रहेको बताएका छन् । उनले महासंघको सक्रियतामा देशभरका प्रदेश, जिल्ला र पालिकामा संगठन विस्तार भएको र यसले वंशावली निर्माणका लागि समिति नै गठन गरी काम अगाडी बढाएको स्पष्ट पारे । पौडेल वंशावली लेखन समितिका संयोजक प्रा.डा कृष्ण प्रसाद पौडेलले यस समुदायको ऐतिहासिक पहिचान रहेको बताउँदै, वंशावली निर्माणको कामलाई… पुरा पढौ

बाढीले गोरखाको मनास्लु पदमार्ग अवरुद्ध

बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उनले जानकारी दिए । “यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरुले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।… पुरा पढौ