समाचार

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या,हवाई यात्रुको चाप बढ्दो

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवतजावत गर्ने गरेकोमा विगत १४ दिनदेखि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा रोकिएका छन् । पर्यटक बस एसोसियसन अफ नेपालका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताए । “राजधानी प्रवेश… पुरा पढौ

कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल

मुस्ताङको उत्तरी कोरला नाकाबाट फलफुल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी नेपाल भित्रिन थालेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको हो । केरुङ नाकाबाट फिर्ता आएका फलफूलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ पुर्याइएका फलफूल पल्टी गरी नेपाल भित्र्याउन थालेका हुन् । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट पहिलो पटक फलफूल नेपाल भित्रिन थालेको जानकारी दिए ।… पुरा पढौ

भोटेकोशी बाढीपिडितका लागि प्रगति मा.विको ७ लाख बढी सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा १६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालय परिवार, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलित ७ लाख १ सय ३१ रुपैयाँ प्याब्सन कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषमा जम्मा भएको विद्यालयले जनाएको छ ।बाढी प्रभावितका लागि विद्यार्थीबाट १ लाख ९१ हजार १६६, शिक्षक कर्मचारीबाट २ लाख ७३ हजार ९६५, विद्यालयको च्यारिटी फण्डबाट ७५ हजार र विद्यालय संचालकबाट १ लाख ६० हजार गरी ७… पुरा पढौ

रोटरीद्वारा भोटेकोशी बाढीमा परेर ज्यान गुमाएको स्मृतिमा श्रद्धाञ्जली एवं दीप प्रज्वलन

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोखरामा क्रियाशील रोटरी क्लबहरूको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ। पोखराको शहीद चोकमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का निवर्तमान डिस्ट्रिक्ट गभर्नर विनोद प्रसाद कोइरालाले रोटरी संस्था सुख–दुःखमा सदैव समाजको साथमा रहँदै आएको स्मरण गरे । उनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, विपद्को यस दुःखद् घडीमा सबै रोटरियनहरू सक्रियतापूर्वक राहत, उद्धार तथा सहयोगका कार्यमा जुट्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक तथा रोटरी… पुरा पढौ

नव आदर्शको राहत सामाग्री रसुवाका बाढी प्रभावितलाई

पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामाग्री रसुवा पठाएको छ । गत भदौं १० गते भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावित भएका नागरिकका लागि समाजले संकलन गरेको राहत सामाग्री सोमबार रसुवा पठाईएको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए । भदौ १६ देखि १८ गतेसम्म संकलन गरिएको करिब १२ लाख ५० हजार बराबरको सामाग्री कर्मा फ्लाईट्ससँगको समन्वयमा रसुवाको बाढी प्रभावित क्षेत्रमा पठाईएको अध्यक्ष भण्डारीले बताए । तीन दिनको बिचमा संकलित खाद्यान्न, लत्ता कपडा,भाडाँवर्तनसहित ४०… पुरा पढौ

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।… पुरा पढौ

नवजीवन महिला विकास संस्थाको तीजको दर खाने रकम रसुवा बाढी पीडितलाई

नवजीवन महिला विकास संस्थाले तीजको दर खाने कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रु. ५० हजार रसुवाका बाढी पीडित परिवारका लागि सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विपत्तिको कठिन समयमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय सेवामा सहयोग पुर्‍याउने उद्देश्यले तीजको दर कार्यक्रम स्थगित गरी सो रकम बाढी पीडितका लागि सहयोग गरेको संस्थाले जनाएको छ। नवजीवन महिला विकास संस्थाकी अध्यक्ष सीमा पोखरेलले विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय जिम्मेवारी भएको बताए। संस्थाले आफ्नो तर्फबाट… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा ईतिहास रच्दै शोभा गौतम बनिन् पहिलो महिला अध्यक्ष

सन्देश श्रेष्ठपोखरा, भदौ २२ पोखरा उद्योग वाणिज्य संघले ईतिहासमै पहिलो महिला अध्यक्ष पाएको छ । संघको सोमबार साँझ सम्पन्न ३६ औं महाधिवेशनले निवर्तमान महासचिव शोभा गौतमलाई अध्यक्षमा निर्वाचित गर्दै संघको ७२ वर्षे ईतिहासमा पहिलो महिला अध्यक्ष बनाएको हो । गौतम अन्य ३ पुरुष प्रतिष्पर्धीलाई पन्छाउँदै अध्यक्षमा निर्वाचित भईन् । कुल २ हजार २ सय ७९ मत खसेकोमा निर्वाचित गौतमले ७ सय ५१ म्त प्राप्त गरिन् । पराजित अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले… पुरा पढौ

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

नेसनल प्याब्सन, कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल… पुरा पढौ

सन्तानेश्वरमा जारी महायज्ञमा १ करोड ६० लाख संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको छैटौँ दिन सोमबार करिब ७ लाख रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए।उनका अनुसार महायज्ञ सुरु हुनुअघि नै मन्दिर पुनःनिर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो। महायज्ञ सुरु भएपछि भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको आयोजकले जनाएको छ।देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपद्का कारण महायज्ञको प्रारम्भिक दिनमा… पुरा पढौ