समाचार

राष्ट्रपति पौडेलबाट विधेयक प्रमाणीकरण

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस पुरा पढौ

कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला

बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काम चलाउ मुख्यमन्त्रीको रुपमा रहेका थापा नेकां संसदीय दलका नेतासमेत रहनु भएकाले आगामी सात दिनभित्र उनको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे । नेता कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले यसले अन्य… पुरा पढौ

धेरै कर तिर्ने पोखरा ऊँ हस्पिटल र गोशली हाउसलाई पोखरा–९ को सम्मान

पोखरा, साउन १२ पोखरा महानगरपालिका वडा नम्बर–९ ले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने पोखरा ओम हस्पिटल र डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोशली हाउसलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै कर तिर्ने ओम हस्पिटल र गोशली हाउसलाई वडा कार्यालयले सम्मान पत्र र मायाको चिनो प्रदान गरेर सम्मान गरेको हो । कार्यक्रममा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले सम्मानित संस्था ओम हस्पिटलका अध्यक्ष डा.मुकुन्द आचार्य र गोशली… पुरा पढौ

प्रतिभा माविमा अभिमूखिकरणः उपयुक्त विषय छनोटले भविश्य निर्धारण

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण विद्यार्थीलाई कक्षा ११ मा कुन विषय छनोट गर्ने भन्ने निकै नै अन्योल हुने गर्छ । बेलैमा अग्रजको उचित सल्लाह नपाउँदा कतिपय विद्यार्थी फरक विषय अध्ययन गर्न पनि पुग्छन् । तर, नबिल बैंकका जिएम मनोज ज्ञवाली भने भविश्य हेरेर विषय चयन गर्न सुुझाउँछन् । उपयुक्त विषय छनोटले भविश्य निर्धारण गर्ने उनको भनाई छ । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा भर्ना भएका व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि शुक्रबार आयोजना गरेको स्वागत… पुरा पढौ

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङ । लमजुङ जिल्लामा आर्थिक वर्ष २०७९र८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् । यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने पाँच सय १८ को नवीकरण भएको छ । आव २०७८र७९ मा छ सय ८५ घरेलु उद्योग दर्ता… पुरा पढौ

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले मानव सेवा आश्रम हेमजालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रवार अग्रज श्रष्टा साधक शिल्पी स्व कल्याण शेरचनको ७७ औं जन्म जयन्तीको सन्दर्भ पारेर दाल, चामल, आलु लगायत खाद्यान्न र सफाई सामाग्री सहयोग गरिएको हो ।मानव सेवा आश्रम पोखरा २५ हेमजामा आयोजित कार्यक्रममा संस्थाका संरक्षक तथा श्रष्टा शेरचनकी श्रीमती शर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचन, कार्यबाहक अध्यक्ष श्रृजंग गुरुड., सल्लाहकार बुद्दिमान दुरा ‘धम्पु’ लगायतले मानव सेवा आश्रम पोखराका संयोजक मदन थापालाई सहयोग हस्तान्तरण गरेका थिए ।कार्यक्रम… पुरा पढौ

रक्तदान जत्ति ठूलो पूण्य केही छैन : उपप्रमुख गुरुङ

साउन १२ पोखरा । पाखेरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले रक्तदान जत्तिको ठूलो पूण्यको काम अरु कुनै नभएको बताएकी छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले शुक्रबार पोखरामा ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित रक्तदाता सम्मान तथा खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएकी हुन् । उनले भनिन्, ‘मानिसको जीवनलाई पुर्नजीवन दिने जत्तिको पूण्य अरु केही हुनै सक्दैन, रक्तदानको आवश्यकता र महत्वलाताई बुझाउन अझ व्यापक प्रचार गरिनुपर्छ ।’ उपप्रमुख गुरुङले विपद्का बेला रेडक्रसको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले रेडक्रससँग स्थानिय… पुरा पढौ

पोखरा महानगरमा मलको मुल्य निर्धारण

साउन १२ पोखरा। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मुल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक… पुरा पढौ

मस्र्याङ्दीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आएका छन् । स्थानीय मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताए । “पानी परेका बेला मस्र्याङ्दीको भेल बढेर घर भित्रै पसौँला झैँ गर्छ”, उनले भने, “त्यसैको डरले गर्दा राति सुत्नै सकिँदैन । दिनमा सुत्ने र राति जागा बस्नु हाम्रो दैनिकी जस्तै बनेको छ ।” केही वर्ष… पुरा पढौ

रेडक्रस कास्कीद्वारा एभरेस्ट एफएम लगायत रक्दाता र संस्था सम्मानित

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले एभरेस्ट एफ एम सहित विभिन्न संघ संस्थाहरुलाई सम्मान गरेको छ । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा रेडक्रस कास्कीले शुक्रबार पोखरामा एक कार्यक्रमका विच रेडियोले आ व २०७९/८० मा १५१ यूनिट रगत संकलन गरी रक्तदान जन चेतनाकालागि महत्वपूर्ण भन्दै सम्मान गरेको हो । सो अवसरमा एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठलाई पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारी, रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा, कार्यक्रम संयोजक एवं उपसभापति धर्मराज अधिकारी लगायतले खादा,… पुरा पढौ