समाचार

पोखराका मासु पसललाई व्यवस्थित गरिँदै

पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरेका छन् । पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको बताए। उनका… पुरा पढौ

लमजुङ र गोर्खामा ३७ जनालाई तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण

असार १७ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले लमजुङ र गोरखाका ३७ जना गरिव तथा जेहेन्दार तमु विद्याथीलाई छात्रवृत्ति वितरण गरेको छ । शनिबार प्रतिष्ठानले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गर्दै लमजुङ र गोरखाका ३७ जना तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । छात्रवृत्ति वितरणका लागि शनिबार लमजुङको बेशीशहरमा प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुमा नेतृत्वका निवर्तमान अध्यक्ष चिजकाजी तमु, सचिव कन्चन तमु, सह–कोषाध्यक्ष ओमबहादुर तमु र सदस्य लक्ष्मी तमुको टोली पुगेको थियो । यस्तै गोरखामा छात्रवृत्ति वितरणका लागि संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुको… पुरा पढौ

फेवाको ताल किनारमा मापदण्ड मिचेर ईञ्जिनियर्स एशोसिएसनको भवन, भवन निर्माणमा महानगरको सहयोग

असार १७ पोखरा । पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा ६५ मिटर मापदण्ड तोकिएको छ । जुन मापदण्ड कडाईका साथ लागू गर्न र मापदण्ड विपरित बनेका अवैध संरचना भत्काउन सर्वोच्च अदालतले सरोकारवाला निकाय पोखरा महानगरपालिकालाई पटक/पटक आदेश दिइसकेको छ । आदेश अनुसार पोखरा महानगरपालिकाले तालको मापदण्ड भित्र कुनैपनि संरचना बनाउन नदिनूपर्ने हो । त्यतिमात्र होईन बनिसकेका अवैध संरचना भत्काएर फेवातालको संरक्षण गर्नु महानगरको दायित्व हो । तर तालको संरक्षणमा लाग्नुको त परको कुरा, उल्टै मापदण्ड विपरित बन्न लागेको संरचनामा पोखरा महानगरपालिकाले… पुरा पढौ

विश्वकप क्रिकेट छनोट प्ले अफ : युएईमाथि नेपालको जित

काठमाण्डौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो । एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उकासेका हुन् । यी दुईले आठौँ विकेटका लागि अविजित ७९ रनको साझेदारी गरेका थिए… पुरा पढौ

माछापुच्छ्रेका वडाध्यक्षद्वारा उपभोक्ता समितिका अध्यक्षमाथि मुक्का प्रहारको आरोप

असार १७ पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष रामबहादुर गुरुङमाथि उपभोक्ता समितिका अध्यक्षलाई मुक्का प्रहार गरेको आरोप लागेको छ । आइतबार दिउँसो वडाध्यक्ष गुरुङले इदिखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले आफुमाथि मुक्का प्रहार गरेको आरोप लगाएका हुन् । नेपाल सरकारको केन्द्रिय बजेट प्रदेश सरकारमा हस्तान्त्रण भई निर्माणको अन्तिम चरणमा रहेको खोराको मुख उपल्लो इदि उपभोक्ता समितिद्वारा निर्माण गरिँदै गरेको सडक खण्डलाई किन छिटो नसकेको भन्दै गुरुङले आफुमाथि अपशब्द बोल्दै मुक्का प्रहार गरेको उपभोक्ता समितिका… पुरा पढौ

पोखरामा जापानी भाषा शिक्षकहरुको तालिम सम्पन्न

असार १७ पोखरा । पोखरामा भाषा संघ नेपाल (ल्यान)को आयोजनामा पाँचौं जापानी भाषा शिक्षक तालिम सम्पन्न भएको छ । आइतबार पोखरामा सम्पन्न तालिममा पोखराका विभिन्न जापानी भाषा स्कुलमा आवद्ध २० जना भाषा शिक्षकहरुको सहभागिता रहेको संघले जनाएको छ । तालिममा संघका उपाध्यक्ष सृजन भान्साकार्य, मोतिप्रसाद श्रेष्ठ र निलम बाटाजुले सहजिकरण गरेका थिए । जापानी भाषाको इतिहास र कार्यक्रमको उद्देश्यमाथि कार्यक्रम संयोजक समेत रहेका उपाध्यक्ष भान्साकार्यले प्रकाश पारे । उनले जापानी भाषा शिक्षकहरुको तालिममार्फत क्षमता अभिवृद्धि गराउने उद्देश्यले पाँचौं संस्करण तालिम… पुरा पढौ

पोखरा ५ का ज्येष्ठ नागरिकसंग पोखरा महानगरको न्यायिक समिति

पोखरा । न्यायिक समितिको काम, कर्तब्य र अधिकार बारे जनस्तरमा पु¥याउने उद्देश्यले पोखरा महागनरपालिका न्यायिक समितिले ज्येष्ठ नागरिकसंग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखराका विभिन्न संघसंस्थाको आयोजनासंगको सहकार्यमा ज्येष्ठ नागरिक र विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम गरेको छ । सोही कार्यक्रम अन्र्तगत नमुना महिला विकास समाजको आयोजनामा पोखरा महानगरपालिका वडा नम्वर–५ प्रस्याङमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिकसंग न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गदै वडा नम्वर… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड १३ लाख २३ हजार एक सय ८३… पुरा पढौ

ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद

ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो । देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिए । एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका… पुरा पढौ

सुन-चाँदीको भाउ बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन आज सुन-चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ । यसैगरी, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । पुरा पढौ