समाचार

ढिलोगरी मनसुनी वर्षा भएपछि गोरखामा रोपाइँ गर्न ढिलाइ

गोरखा । ढिलोगरी मनसुनी वर्षा भएका कारण गोरखा जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । “अहिलेसम्मको अवस्था हेर्दा जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएकोे छ”, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भने, “मनसुनी वर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बल्ल सुरु हुन थालेको हो ।” अघिल्लो वर्ष यतिबेला जिल्लाभित्र २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । “पोहोर यतिबेला झन्डै बाइस प्रतिशत क्षेत्रफल जमिनमा… पुरा पढौ

मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

बागलुङ । ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ । पाँचपटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो । लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय… पुरा पढौ

गाउँपालिकाले दलित परिवारले पालेका सबै पशुपक्षीको निःशुल्क बीमा

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । दलित परिवारको अर्थावस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बीमाको लागि रु आठ लाख विनियोजन गरिएको पालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिए । दलित परिवारलाई व्यावसायिकरूपमा पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको हो । यहाँका छवटै वडामा दलित समुदायको बाहुल्यता रहेको… पुरा पढौ

एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी चल्दैन : महामन्त्री थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उनले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गरे । “एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले नयाँ खोजेकाले यसलाई रुपान्तरण गर्न जरुरी छ”, उनले भने । प्रजातन्त्रमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने देश कुनै नभएको उनको भनाइ छ । महामन्त्री… पुरा पढौ

पोखरामा पहिलो पटक साहित्यिक संस्थाबीच परिचयात्मक अन्तरक्रिया

असार १५ पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा शनिवार पोखरामा क्रियाशील साहित्यिक संघसंस्थाबीच परिचयात्मक अन्तरक्रिया सम्पन्न भएको छ । प्रतिष्ठानले संस्था स्थापनाको रजत वर्षको सन्दर्भ पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका वक्ताले नेपाली भाषा, कला, साहित्य, संगीत र संस्कृतिको श्रीवृद्धिमा विभिन्न संघसंस्थाले गरेको योगदानको मूल्याङ्कन राज्यबाट नभएकोमा चिन्ता व्यक्त गरे । परिचयात्मक अन्तरक्रिया कार्यक्रमका अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतम, शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरका अध्यक्ष हरि बरुवाल, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्मा, हरिदेवी कोइराला… पुरा पढौ

पोखरामा अपाङ्गता भएका व्यक्तिहरुका लागि तालिम तथा विविध सामग्री वितरण

असार १६ पोखरा । आवाजविहिन जनताको साथी संस्था, पोखरा नेपालले अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्व विकास तथा विविध सामाग्री वितरण गरेको छ । संस्थाले पोखरा महानगरपालिका वडा नं. १ अपाङ्गता सञ्जालको सहकार्य तथा वडा नं. १ को आर्थिक सहयोगमा नेतृत्व विकास, तालिम तथा विविध सामग्री वितरण गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले अपाङ्गता भएका व्यक्तिलाई दया र माया नभई अवसर र अधिकारको खाँचा रहेको औंल्याईन । उनले अपाङ्गतालाई आर्थिक समस्यासँग मात्रै जोडिएका समस्या आफूकहा आउने गरेको बताउदै न्यायिक… पुरा पढौ

हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत

असोज १६ पोखरा । अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।” लामो इतिहास बोकेर आएको पार्टीका भएकाले उनले कार्यकर्तालाई विचलित नभइ सङ्गठित रुपमा अगाडि बढ्न सुझाव दिए । नेपालमा कांग्रेसले जति अरु कुनै पनि पार्टीले काम नगरेको उनको दाबी… पुरा पढौ

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

असार १६ छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताएका छन् । जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए । “कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न… पुरा पढौ

फेवाताल संरक्षणका काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

असार १६ पोखरा । पोखरास्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य फेवाताल संरक्षण काम अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । मानवीय तथा प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवातालको प्रभावकारी संरक्षणको पहल गर्न राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल आज पोखरामा प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो । संस्थाका अध्यक्ष सुनिल पाण्डे, अधिवक्ता भगवती पहारी, फेवातालको अतिक्रमित जग्गा छानविन समितिका तत्कालीन संयोजक विश्वप्रकाश लामिछाने लगायतले प्रधानमन्त्रीसँग भेट गरी रामसार सूचीमा समावेश तालको दिगो संरक्षणको आग्रह गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री… पुरा पढौ

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल

काठमाण्डौं । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन् । कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मतरुपमा चनय भएका छन्। त्यसैगरी समावेशी सदस्यद्वयमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भएका छन् । निर्वाचन समितिका… पुरा पढौ