समाचार

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताए । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गरे । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताए । उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको सुरुआत गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो । आइटीलाई प्रोत्साहन… पुरा पढौ

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताए । पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको हो भने । उनले भने, “माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी… पुरा पढौ

राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा

राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पोखरामा सुरु भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको सङ्घीय संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ । विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह… पुरा पढौ

अन्तर प्रदेश मुख्यमन्त्री बैठक : प्रदेश प्रहरी ऐनदेखि जग्गाको स्वामित्वसम्म माग

असार १५ पोखरा । अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझापत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा बसेको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझापत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् । बैठक समापनको अवसरमा मुख्यमन्त्रीहरुको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई साझापत्र हस्तान्तरण गरे । मुख्यमन्त्रीहरुले प्रदेश मातहत प्रहरी नआउँदा शान्ति सुरक्षा कायम गर्न, विपद व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न तथा सुरक्षा निकायसँग समन्वय समस्या भएकाले तत्काल प्रहरी समायोजन… पुरा पढौ

रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा किसान

असार १५ पोखरा । ‘रोटरी क्लब अफ गण्डकी’ को अध्यक्षमा युवा व्यवसायी किसान सुनार चयन भएका छन् ।रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा अध्यक्ष भएका सुनार नेतृत्वको क्लबमा ४४ जना चार्टर सदस्य छन् ।चार्टर प्रेसिडेण्ट भएका उनलाई रोटरी डिस्ट्रिक गर्भनर २०२२–२३ का जीतेन्द्रबहादुर राजभण्डारीले पिन प्रदानसँगै सपथ खुवाए ।‘रोटरी गण्डकीको नेतृत्वमा नयाँ जुजारु टिम आएको छ, रोटरी जहिलेपनि समाजसेवाको भावनामा क्रियाशिल हुनुपर्छ’, रोटरी गर्भनर राजभण्डारीले भने, ‘जहिले पनि सेवामा तत्परः स्वार्थमा भन्दा सेवामा लाग्नुपर्छ ।’रोटरी अभियान केःहो भनेर सबैलाई युवा… पुरा पढौ

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्ने प्रमको प्रतिवद्धता

असार १५ पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि आफैंले विशेष पहल गर्ने बताएका छन् । ‘म छिट्टै चीन भ्रमणमा जाँदैछु, त्यहाँ पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ब्रेक थ्रु नै हुनेवाला छ’पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटघाटको क्रममा उनले भने,‘भारतसँग पनि कुरा भएको छ । अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ उनले कोरला नाका संचालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने जानकारी गराए । भेटघाटको क्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ… पुरा पढौ

कर्मचारीले सकारात्मक सोच्नु पर्छ : कार्की

असार १५ पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले कार्यरत कर्मचारीलाई अनुशासित र सकारात्मक हुन आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम समापनका अवसरमा प्रमुख अतिथि कार्कीले सकारात्मक सोच राखेर गरिने योजनामात्र सफल हुने बताए । इकाई समितिका अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको धान दिवस तथा असारे १५ का दहि चिउरा खाने दिनको अवसरमा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य नारायणी जिसीले… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकी द्वारा जिल्ला खेलकुदका कर्मचारीसंग छलफल

असार १५ पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुदका कर्मचारीहरु संग छलफल गरेको छ ।परिषदको सचिवालयमा शुक्रबार भएको उक्त छलफलमा आगामी दिनमा जिल्लाहरुमा खेलकुदको गति तिव्र बनाउने संगै कर्मचारीहरुको व्यवस्थापनमा विषयमा छलफल केन्द्रित गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका हुन् । यहि असार १ गतेबाट राष्ट्रिय खेलकुद परिषद ९राखेप०मा कार्यरत कर्मचारीहरु परिषद समायोजन भए संगै परिषदले आगामी दिनका योजना अघि सार्न पहिलो पटक उक्त छलफल गरिएको सदस्य सचिव शर्माले जनाए । साथै जिल्लामा आवश्यकता अनुसार कर्मचारीहरुको व्यवस्थापन गर्ने… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय महिला भलिबलमा क्वाटरफाइनलको समीकरण पुरा

असार १५ पोखरा । गण्डकी प्रदेशस्तरिय महिला भलिबल २०८० मा क्वाटरफाइनलको समिकरण पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको ब्यवस्थापनमा पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन क्वाटरफाइनलको समिकरण पुरा भएको हो । जारी प्रतियोगिताबाट स्याङजा, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले जानकारी दिएका छन् । सम्पन्न खेलमा म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइलको यात्रा तय गरेको छ । उपाधि नजिक पुग्न म्याग्दीले… पुरा पढौ

ललिता निवास प्रकरण :सर्वोच्चद्वारा बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

काठमाण्डौं । सर्वाेच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वाेच्चबाट के, कसो भएको हो ? आधार, कारण र प्रमाणसहित पेश गर्नेगरी कारण देखाउ आदेश भएको जानकारी दिए । प्रहरीको सिआइवीले पक्राउ गरेपछि यही असार १३ गते पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट… पुरा पढौ