समाचार

मासु उत्पादनमा कृषकलाई अनुदान

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा रु. २५ लाख अनुदान वितरण गरिएको हो । चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो रु. १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो रु. ३० अनुदान उपलब्ध गराएको छ । चालु आवमा दुई हजार तीन सय… पुरा पढौ

आज हरिशयनी एकादशी ,तुलसी रोप्ने दिन

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग… पुरा पढौ

पोखरामा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन जारी

१४ असार, पोखरा । पोखरामा बुधवारदेखि शुरु जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन जारी रहेको छ । जलवायु उत्थानशीलता वृद्धि र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न विभिन्न क्षेत्रका ६० युवा अभियन्ता पोखरामा भेला भएर छलफल गरिरहेका हुन् । नेपाल यूयस एलुमनाइ नेटवर्क (नुसान)को आयोजना, रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान संस्थान (आईएसएसआर) को सहआयोजनामा र नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सम्मेलन सुरु भएको हो ।नुसानका महासचिव प्रदीप खतिवडाका अनुसार बुधबार सहभागीले समुदायस्तरमा जलवायु परिवर्तनको प्रभावको सम्बोधन, वैकल्पिक उर्जाको प्रयोग, जलवायु शिक्षा, महिला र… पुरा पढौ

आज बकर इद , सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इद उल जोहा) आज बिहिवार देशभरका मस्जिदमा मनाइँदै छ ।इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

असार १३ चीन । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । यस्तै चिनियाँ… पुरा पढौ

ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाण्डौं । ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । म्याद थपका लागि आज काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा मङ्गलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ पक्राउ गरेको थियो । सर्वाेच्चबाट स्टेअडर… पुरा पढौ

लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम फेरियो

दाङ । लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यसैगरी आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि, २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई… पुरा पढौ

‘विपन्न वर्गलाई राज्यको मूलप्रवाहमा ल्याउनु पर्नेमा जोड’

पोखरा । मुलुकको समृद्धिका लागि समाजका विपन्न वर्गलाई राज्यको मूलप्रवाहमा ल्याउनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएको छन् । पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोग एवम् नारिशक्ती जागरण आमा समुहको व्यवस्थापनामा आयोजित अल्पसंख्यक, आदिवासी र सिमान्तकृत वर्गको लागि क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताले उक्त कुरामा जोड दिएका हुन । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै विभेद रहित समाज निर्माणमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । समाजका विपन्न वर्गको… पुरा पढौ

ज्ञानेन्द्र माविबाट शिक्षक आचार्यलाई विदाई

पोखरा । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ स्थित श्री ज्ञानेन्द्र माध्यमिक विद्यालयबाट शिक्षक गणेश प्रसाद आचार्यलाई विदाई गरिएको छ । विगत ४० वर्ष देखि स्थाई रुपमा शिक्षण पेशामा आवद्ध रहि विभिन्न विद्यालयमा अध्यापन गराउदै आएका आचार्य ६० वर्ष उमेर हदका कारण अवकाश प्राप्त गरे लगत्तै विद्यालयले विदाई गरेको हो । शिक्षा नियमावलीमा ६० वर्ष भन्दा माथी उमेर पुगेपछि अनिवार्य अवकास लिनुपर्ने प्रावधान अन्तर्गत सोहि विद्यालयमा प्रावि तहमा विज्ञान विषयका रुपमा करिब १० योग्दान दिदै आएका शिक्षक आचार्य अवकासमा गएका… पुरा पढौ

‘मन्त्रीमुखी’ बजेटले प्रदेशभरका जनता खुसी हुन सक्दैनन्: सांसद केसी

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको वार्षिक विकास पुस्तिका हेर्दा मन्त्रीको निर्वाचन क्षेत्रबाहेक अरु ठाउँका जनता खुसी हुने अवस्था नरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रतिष्ठानलगायतको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार आफ्नो धारणा राख्दै एमाले सांसद केसीले बजेट ‘मन्त्रीमुखी’ भएको टिप्पणी गरे । ‘मन्त्री ज्यूका जिल्लाको निर्वाचन क्षेत्रबाहेक अरु जिल्लाका जनता खुसी हुने अवस्था रहेन । कास्कीलगायत अन्य मन्त्री नभएका जिल्ला त हेरेको हेरै हुने अवस्था देखियो,’ उनले भने, ‘योजनाहरु मन्त्री केन्द्रीत… पुरा पढौ