समाचार

नेप्से परिसूचक पाँच अङ्कले उकालो लाग्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ३९ अङ्कमा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कूल ७८… पुरा पढौ

वडा न.४ लाहाचोकमा अन्तरक्रिय

माछापुच्छ्रे गाउँपालिका वडा ४, वडा कार्यालयले वुधवार आ.व ०८०/८१ को योजना तर्जुमा विशेष अन्तरक्रिय कार्यक्रम गरेको छ । उक्त अवसरमा आ.व ७९/८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरि विषयगत वडा स्तरीय विज्ञ समुहको सहकार्यमा वडाको योजना अगि बडने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिए । पालिकाबाट वडाका लागि गत आ.वमा ८० लाख बजेट बिनियोजन भएकोमा यस आ.वमा मात्र ५३ लाख बिनियोजन भएको बताए । कार्यक्रमका बीच नेपाली कांग्रेसका… पुरा पढौ

पर्वतका सामुदायिक विद्यालयमा घटे विद्यार्थी

पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको हो । दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिएका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित चम्डिलामा रहेको जनप्रिय प्राथमिक विद्यालय पनि रित्तिन थालेको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ११ मात्रै विद्यार्थी… पुरा पढौ

पोखरामा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारबिरुद्धको अन्र्तराष्ट्रिष्य मनाईयो

पोखरा, जेठ ३२ पोखरामा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारबिरुद्धको अन्र्तराष्ट्रिष्य मनाईएको छ । गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा वृद्धाश्रमको सह–आयोजनामा पोखरामा विहीबार‘सचेतना कार्यक्रम’ गरेर ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारबिरुद्धको अन्र्तराष्ट्रिष्य मनाईएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले ज्येष्ठ नागरिकलाई सम्मान र मायाको खाँचो रहेको बताईन् । विदेशमा भन्दा नेपालमा ज्येष्ठ नागरिकलाई सम्मान र माया दिइने गरेको बताउँदै उनले भनिन्,‘विदेशमा ज्येष्ठ नागरिकले नाती नातीनी हेर्दैनन् । अनि नाती नातीनीलेपनिपनि हजुरबा, हजुरआमालाई वास्ता गर्दैनन्… पुरा पढौ

पोखरा लेडिज जेसिजको सप्ताहाब्यापी सौन्दर्य तालिमसुरु

पोखरा लेडि जेसीजको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा “सिप सिकौ आत्मनिर्भर बनौ “ भन्ने उद्देश्यले बुधवार देखि सप्ताहब्यापी सौन्दर्य तालिम हिजो बुधवार देखी सुरु भएको छ ।जेसीआई पोखरा लेडि बर्ष २०२३ का अध्यक्ष जेसी लक्ष्मी कुँवरको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा सप्ताहब्यापी सौन्दर्य तालिम सुरु भएको हो । सौन्दर्य तालिम पोखराको महेन्द्रपुल स्थित निभा गल्लिमा रहेको क्यासल युनिसेक्स सलुन तथा मेकअप स्टुडियोको सभाकक्षमा प्रमुख प्रशिक्षक तथा व्युटिसियन ज्योति बराईललाई प्रमुख अतिथि… पुरा पढौ

चर्को खडेरीले सुके पानीका मुहान

चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् । पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन् तर धारामा प्रायः पानी खस्दैन । लगातारको खडेरी, जलवायु परिवर्तन, वनजङ्गल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला… पुरा पढौ

लक्ष्यनजिक ‘उज्यालो गण्डकी प्रदेश’

गण्डकी प्रदेशका शून्य दशमलव पाँच प्रतिशत घरधुरी मात्र बिजुलीको पहुँचबाहिर छन् । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्याङ्कअनुसार ९९ दशमलव ५० घरमा विद्युत् सेवा पुगेको छ । छुटेका घरधुरीमा बिजुली पु¥याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र सबै घरमा बिजुली बाल्ने निर्णय गरेको थियो । बर्सेनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यो वर्ष पूरा हुन लागेको… पुरा पढौ

शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’

बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको हो । जस अन्तर्गत नगरपालिकाले एक विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकका रुपमा पठाउने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चार विषयका शिक्षकलाई अतिथि शिक्षकका रुपमा नियुक्ति गरी विद्यालय पठाएको नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अतिथि शिक्षकका रुपमा अर्को विद्यालयमा पठाउने गरेको छ ।… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । साताको पाँचौँ दिन सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो। यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

बन्दीपुर गाउँपालिकाद्धारा किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो । ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउनका लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा अत्यधिकमात्रामा बाँदरले दुःख दिएर हैरान बनाएका क्षेत्रका किसानलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले जनाएको छ । बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न… पुरा पढौ