समाचार

विश्व रेडक्रस दिवस : शिवशक्तिमा ट्राफिक सचेतना सहित विभिन्न कार्यक्रम सम्पन्न

पोखरा । पोखराको शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । १६० औं विश्व रेडक्रस दिवसको अवसरमा पोखरा–११ फुलबारीस्थित शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी जुनियर यूवा समिति संयोजक रमेशराज भण्डारीले उद्घाटन गर्दै शुरु भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् । कार्यक्रममा वरिष्ट हवल्दार शंकर अवस्थी र घनश्याम आचार्यले ट्राफिक नियमका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्राथमिक… पुरा पढौ

प्र.खे.प. गण्डकीका संस्थापक सदस्य सचिव गुरुङ महानगरको सल्लाहकारमा मनोनित

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ पोखरा महानगरपालिकाको सल्लाहकारमा मनोनित भएका छन् । महानगरको १० औं कार्यपालिका बैठकले गुरुङलाई सल्लाहकारमा मनोनयन गरेको हो । पोखरा १६ अर्मला निवासी गुरुङ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष गुरुङ समेत हुन् । उनी ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पनि हुन् । गुरुङ बगर भाई खलक र सहारा क्लव पोखराका सल्लाहकारको भूमिकामा छन् । यसका साथै उनी थुप्रै संघसंस्थामा विभिन्न भुमिकामा… पुरा पढौ

‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस

‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ । सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभामा ड्युनाको जन्म भएको थियो । ड्युनाले सल्फेरिनोमा भएको युद्धका घाइते सैनिकको बिना भेदभाव गर्नुभएको उद्धार र सेवाले नै सन् १८६३ मा रेडक्रसको जन्म दिएका थिए। सन् १८५९ मा ड्युनाद्वारा लिखित ‘मेमोरी अफ सोल्फेरिनो’ (हृदयस्पर्शी यात्रा संस्मरण ) ले प्रथम… पुरा पढौ

पोखरामा विद्युतीय तार भूमिगत गर्न सुरु

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका-१० कुँडहर क्षेत्रबाट तार भूमिगत गर्नसुरु गरिएको बताए । “इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो”, उनले भने, “गत सातादेखि काम सुरु भएको छ, अब आयोजनाले गति लिन्छ, डेढ… पुरा पढौ

नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट

पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २१… पुरा पढौ

विमान घरमाथि खस्दा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,“ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । पुरा पढौ

चुमबहादुर विक र माइला सार्कीको डोको बुनेरै बित्यो ५० वर्ष

म्याग्दी । म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर९माइला० सार्की एकापसमा परिचित छनन् तर उनीहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गरेका छन् । उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थालेका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन । उनकोे जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो बुनेरै उनीरूले जीवन गुजारी रहेका छन्… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । साताको दोस्रो दिन आज सुनको भाउ तोलामा १ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ थियो । यसैगरि ,चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

नदीमा पानीको बहाव कम भएपछि मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो । तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताए। विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको उनले जानकारी दिए… पुरा पढौ

चलचित्र “ए साथी सुन” को ट्रेलर सार्वजनिक

पोखरा । चलचित्र “ए साथी सुन” को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गते अल नेपाल रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । २ मिनेट २५ सेकेण्डको ट्रेलर साइराम पिच्चरस्को अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमील भावना समेटिएको छ । सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गरिएको पाइन्छ । ट्रेलरमा सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलाई फिचर गरिएको छ । “ए साथी सुन” लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्र… पुरा पढौ