समाचार

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट पनि चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका हुन् । पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई… पुरा पढौ

नेप्से परिसूचक फेरि घट्यो

नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छन् । कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर… पुरा पढौ

बर्दिया पोखरा सम्पर्क समाजमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति

पोखरा । बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन तथा पाँचौं साधारणसभाबाट केशवराज पौडेल अध्यक्षमा चुनिएका छन् । पोखरामा सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति आगामी दुई वर्षका लागि सर्वसम्मत चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्ष सुरेशराज सुवेदी, उपाध्यक्ष पुष्पा मरासिनी, महासचिव तोया अधिकारी, सचिव पदमप्रसाद ढकाल, कोषाध्यक्ष रामप्रसाद अधिकारी, सहकोषाध्यक्ष विन्दु अधिकारी चयन भए । सदस्यहरुमा उषा रिमाल, सीता थारु, दर्पण थारु, रंगिला बास्तोला, ज्योति थारु, सागर पौडेल, कृष्ण देवकोटा र ईश्वरी श्रेष्ठ चुनिए । कार्यक्रमको उद्घाटन पछि… पुरा पढौ

डुंगा दौडमा तालपारी समूह प्रथम: फेवा नब वर्ष महोत्सव

पोखरा, ३० चैत । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ । यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । होटल बाराहीका प्रवन्धक निर्देशक वैभव पौडेलले सिट्ठी फुकेर प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय… पुरा पढौ

युनाइटेड क्लब पोखराको १३ औं वार्षिकोत्सवको अवसर पारी साताब्यापी कार्यक्रम सुरु

पोखरा । सामाजिक सेवामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लब पोखराले आफ्नो स्थापनाको १३ औं वर्ष प्रवेशको अवसर पारी साताब्यापी कार्यक्रम सुरु गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट बचत रकमले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारी बिहीबारदेखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । क्लबले आयोजना गरेको साताब्यापी कार्यक्रम अन्तर्गत बिहीबार महिला कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको… पुरा पढौ

होटल टास्कको तीनवटै आउटलेटबाट MRP (अधिकतम खुद्रा मुल्य)मा बियर

पोखरा । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने भएको छ । गण्डकी प्रदेशमै एकमात्र होटल टास्कको तीनवटा आउटलेट बाट नेपाली नयां बर्षको अवसर पारी MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गरिने बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकरी दिइयो । गुणस्तरिय सेवा सहित न्युनतम मुल्यमा ग्राहकलाई आफ्नो सेवा प्रदान गर्ने उद्देश्य सहित आथिक मन्दीका कारण मानिस संग पैैसा नभइरहेको सन्दर्भमा त्यसलाई मध्येनजर गरी बियरका पारखीहरुलाई अब MRP (अधिकतम खुद्रा मुल्य)मा बिक्री गरिने… पुरा पढौ

कालीगण्डकी नदीमा पाइने शालिग्राम बचाउन महोत्सव

कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो । बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रङ्गवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिलगायत अन्य धार्मिक संस्थाको अगुवाइमा आगामी वैशाख ११ देखि १५ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा कालीगण्डकी नदी र शालिग्रामको महत्व दर्शाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ । नदी सभ्यता र शालिग्रामको संरक्षणमा आम नागरिकलाई… पुरा पढौ

पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिए । समझदारीपत्रमा महानगर प्रमुख धनराज आचार्य, कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । जसमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधि संयुक्त रूपमा अध्ययन गरिनेछ । स्थानीय तह… पुरा पढौ

नेपाल भ्रमणका लागि विमान चार्टर गरेर चिनियाँ पर्यटक काठमाण्डौमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो । नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे। स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै… पुरा पढौ

डढेलोका कारण वायु प्रदूषण बढ्दो

पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषण बिहान… पुरा पढौ