समाचार

सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए। गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो । “मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्दान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक… पुरा पढौ

प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका थिए । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए । भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । संसदीय सुनुवाइ समिति… पुरा पढौ

लमजुङ–पोखरा सम्पर्क समितिमा शुभकामना आदानप्रदान

पोखरा । लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाको संयूक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुधबार शुभकामना आदान प्रदान तथा नयाँ वर्षको अवसरमा प्रकाशित क्यालेण्डरको विमोचन गरिएको हो । क्यालेण्डरको संस्थाका पूर्व अध्यक्ष विश्वलाल श्रेष्ठले विमोचन गरे । कार्यक्रममा गजेन्द्रमान श्रेष्ठ, दीपक घिमिरे, ॠषिराम चिलुवाल , काशीमाया गुरुङ, भित्तेपात्रो प्रकाशन समितिका संयोजक रामकृष्ण श्रेष्ठ, कोषाध्यक्ष शशी श्रेष्ठ लगायतले… पुरा पढौ

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए । तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो । तीन… पुरा पढौ

बागलुङको काठेखोलामा खानेपानी अभाव

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ । भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन । धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन । प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना… पुरा पढौ

तनाव व्यवस्थापन गर्न ओशो महोत्सव

सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा… पुरा पढौ

माउण्ट अन्नपूर्ण मा.वि. मा विद्यार्थी बिदाइ कार्यक्रम सम्पन्न

पोखरा । पोखरा, नदीपुरमा अवस्थित माउण्ट अन्नपूर्ण मा ।वि मा म्यान्जनेट तथा होटल्म्यानेजमेन्टमा अध्यनरत कक्षा ११का विद्यार्थीहरूद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम सम्पन्न गरेका छन् । विद्यालयमा हरेक वर्ष जुनियरले सिनियरलाई आदर स्वरुप यसरी नै विदाइ कार्यक्रमको आयोजना गर्ने गर्दछ । कक्षा ११ की छात्रा प्रभा पुनको अध्यक्षतामा भएको उक्त कर्यक्रममा स्वागत मन्तव्य कक्षा ११ की छात्रा भूमिका सुवेदीले दिएकी थिइन । यस कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्ग,विद्यालय निर्देशक अशोक शाही,प्राचार्य सइन्द्रराज श्रेष्ठ , निर्देशक चिजकाजी… पुरा पढौ

निसीखोला गाउँपालिका अध्यक्ष कप:भोली महिला तथा पुरुष भलिवलको फाईनल खेल

पोखरा । निसीखोला गाउँपालिकाले आयोजना गरेको दोश्रो गाउँपालिका अध्यक्ष कप जारी रहेको छ । खेलकुद विकास समिती निसीखोलाको संयोजनमा सोमबारदेखि जारी रहेको प्रतियोगितामा भोली विविध खेलकुदका फाईनल खेलहरु सञ्चालन हुने छन् । भोली अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगताको फाईनल खेलमा निसीखोला र गल्कोट नगरपालिकाविच प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ निसीखोला र तमानखोला विच प्रतिस्पर्धा हुने संयोजक राजमन बुढामगरले बताए । उनका अनुसार ३५ वर्ष माथीको पुरुष भलिवल प्रतियोगितामा निसीखोला गाउँपालिकाको वडा नं. २ र ३ विच उपाधिका लागि भिड्ने खेल… पुरा पढौ

वन महासंघ कास्कीको वैठक घले गाउँमा सम्पन्न

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको बैठक लमजुङ जिल्लाको पर्यटकीय घले गाउँमा सम्पन्न भएको छ ।बैठकले वन पैदावारको सहजरुपमा उपयोग गर्ने खालको निती निर्माण गर्नुका साथै अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) खारेज गरि स्थानीय वासिन्दालाई हस्तान्तरण गर्न सरकारसंग माग गरेको छ । नेपालकै सवैभन्दा ठूलो संरक्षण क्षेत्र एक्यापले गण्डकी प्रदेशको पाँच जिल्लाका १५ पालिकाको क्षेत्र समेटेको छ जसकाकारण स्थानीय प्राकृतिक श्रोतको उपभोगबाट बञ्चित छन भने स्थानीय सहकारले प्राप्त अधिकार उपभोग गरेर आयआर्जन गर्न पाएको छैन । एक्याप अन्तर्गतको क्षेत्र घले… पुरा पढौ

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

पोखरा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता हवात्तै बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । उनले हालसम्म १५ हजार बढी दर्शक महोत्सवमा सहभागि भएको पनि बताए । विशेष गरी कृषि उत्सवका रुपमा महोत्सव मनाइएकाले गाउँठाउँका स्थानीयले… पुरा पढौ