समाचार

पोखरा–३० मा ढलान बाटो उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबिशे टोलमा निर्माण गरिएको ढलान बाटोको बिहिबार नव वर्षका दिन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि उद्घाटन गरिएको छ। महानगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको १४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा बहादुर सुबेदी र निबर्वतमान वडा अध्यक्ष श्री राम पोख्रेलले उद्घाटन गरे। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा बहादुर सुबेदीले उपभोक्ताको अग्रसरतामा नमुना बाटो बनेको र… पुरा पढौ

‘नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ होस्’: गण्डकी प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिएका हुन्। प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गरे । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन… पुरा पढौ

म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी । म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो । नयाँ वर्ष मनाउनका लागि घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको आवतजावतसमेत बढेको… पुरा पढौ

नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

तनहुँ । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् । “हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना… पुरा पढौ

फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुनःनिर्माण थालियो

पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । ढल्किएको मन्दिर पुनःनिर्माणका लागि वाराही मन्दिर व्यवस्थापन… पुरा पढौ

पाइप डढेपछि स्याङ्जाको पाखुरेमा खानेपानीको समस्या

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् । छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक किलोमिटर पाइप मङ्गलबार र बुधबार लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए । “मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएको छ”, उनले बताए, “मुहानबाट मैदानसम्म… पुरा पढौ

शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा शिक्षक सम्मान

जुना थापा, पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठनले ४४ औँ शिक्षक दिवस तथा २१ औँ जिल्ला परिषद्को अवसरमा कास्कीका शिक्षकहरुलाई सम्मान गरेको छ । संगठनले उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष,उत्कृष्ट प्रधानाध्यापक ,उत्कृष्ट शिक्षक, मावि र निमावि तहमा द्धितीय र प्रथम श्रेणीमा बढुवा भएको शिक्षक, शिक्षा सेवा आयोग द्धारा लिइएको प्रावि तहमा उत्तीर्ण शिक्षक तथा संगठनको उन्ननयनका लागि आर्थिक सहयोग गरेका शिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री खगराज अधिकारीले शिक्षक दिवस तथा संगठनको जिल्ला परिषदको… पुरा पढौ

राष्ट्रिय हेमजा आलु महोत्सवमा ४० टन आलुको कारोवार

पोखरा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत बिहीवारसम्म ४० टन आलुको कारोवार भएको छ ।त्यहाँ प्रतिकिलो रु.३५ मा आलु बिक्री हुँदै आएको छ। आलु किन्नकै लागि कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्ला स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत मानिसहरु महोत्सव स्थल आउने गरेका छन् । हावापानीका कारण अन्य स्थानको भन्दा हेमजामा फलेको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले हेमजामा उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको कृषक परिचालन उपसमितिका… पुरा पढौ

बगैँचा टोल विकासमा नयाँवर्षको शुभकामना आदान प्रदान

पोखरा । पोखरा महानगरपालिका वडा नं .६ बैदाममा रहेको बगैँचा टोल विकास संस्थाले नेपाली नयाँवर्षको अवसरमा आज एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा वडाध्यक्ष भट्टराईले नयाँवर्षले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरे । उनले भने,“यस वर्ष देशले आर्थिक लगायत धेरै संकट भोग्नु परेको छ । आगामी वर्ष त्यस्तो नहोस् । देशमा आर्थिक उन्नयन, समृद्धि… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने राखेपको प्रतिवद्धता

पोखरा । सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सघाउने भएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशी कुमार पौडेलसँगको भेटमा राखेप सदस्य सचिव टंकलाल घिसिङले सो प्रतिवद्धता जनाएका हुन् । सदस्य सचिव घिसिङले अवार्ड कार्यक्रमलाई भव्य बनाउन राखेप साथमै रहने समेत… पुरा पढौ