समाचार

प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने बहुमतले पारित

मोरङ । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो । नेपालको संविधानको धारा २९५ को उपधारा९२० बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो । मत विभाजनका आधारमा प्रदेशको नाम टुङ्गो लगाउँदा कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा… पुरा पढौ

इन्धनको मूल्य समायोजन नगर्ने निगमको निर्णय

काठमाण्डौं । नेपाल आयल निगमले इन्धनको मूल्य हाललाई समायोजन नगर्ने भएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले खाना पकाउने ग्याँसको मूल्य अत्यधिक बढाएर पठाएको भन्दै हाललाई इन्धनको मूल्य समायोजन नगरि यथावत राख्ने निर्णय गरको हो । निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ । बुधबार मात्रै निगमलाई आईओसीले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल… पुरा पढौ

आठ दलका सााझा उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा (एस) को निर्णय

काठमाण्डौं । नेकपा ( एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । वडा, क्षेत्र,… पुरा पढौ

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त

काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए । यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण… पुरा पढौ

चरक मेमोरियल हस्पिटलमा एसएसएफका योगदानकर्तालाई उपचारमा विशेष छुट

फागुन १७ पोखरा । सामाजिक सुरक्षा कोष (एसएसएफ)मा आवद्ध भएकाहरुले चरक मेमोरियल हस्पिटल प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्राप्त गर्ने भएका छन् । सामाजिक सुरक्षा कोष अन्र्तगत आवद्ध योगदानकर्ता र उनीहरुका श्रीमान्/श्रीमतीले स्वास्थ्य उपचारमा पोखरा–८ नागढुंगास्थित हस्पिटलबाट विशेष छुट प्राप्त गर्ने भएका हुन् । हस्पिटलमा विभिन्न रोगको स्वास्थ्य उपचारमा उनीहरुका आश्रित श्रीमान्/श्रीमतीले एक लाख २५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचारमा २० प्रतिशत मात्रै शुल्क तिरेर यस्तो सुविधा लिन पाउने अस्पताल प्रशासनले जनाएको छ । सामाजिक सुरक्षा कोषले नै निर्धारण… पुरा पढौ

सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण

फागुन १७ पोखरा । पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो । बुधबारको खेलमा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको थियो । दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५–२० र २५–१७… पुरा पढौ

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्नुस्ः सभामुख

सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिनुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा) स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसगैँ पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गरे । सभामुख घिमिरेले भने, “मुलुकको परिवर्तनमा विशिष्ट योगदान पु¥याएको पत्रकारिता क्षेत्रलाई नीतिगत र व्यवहारिकरुपमा सहयोग पु¥याएर अघि बढाउनुपर्छ, संसद् र सरकारलाई प्रभावकारी तुल्याउन पनि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ… पुरा पढौ

प्रदेश प्रहरी प्रमुख गुरुङ र नेपालका लागि जापानीज दुतावासका सचिवविच भेटवार्ता

पोखरा ।गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जी (YOSHIMURA KENJI) संग भेटघाट गरेका छन् । गण्डकी प्रदेशमा जापानीज नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीसंग भेटघाट गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति सामान्य र पर्यटकहरुका लागि उपयुक्त रहेको बताए। भेटघाटका लागि आएका केन्जिका प्रश्नहरु लाई स्पष्ट पार्दै गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङले गण्डकी प्रदेशमा जापान लगायत सबै देशका… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो । नेप्से परिसूचक करिब दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर २६ हजार चार सय ५४ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय… पुरा पढौ

‘प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा पुगेको छ’

पोखरा, फागुन १७ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभालाई बुधबार सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भने, ‘विगत र वर्तमान सरकारले गरेका कयौं कार्यहरु सकारात्मक भएपनि जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ ।’ उनले संविधानमा व्यवस्था गरिएका मौलिक हक, अधिकार व्यवहारमा अवलम्वन गर्न गराउन बाँकी रहेको औंल्याए । त्यस्तै सेवा प्रवाह सरल र सहज बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । उनले जनअपेक्षा पूरा… पुरा पढौ