समाचार

डिआइजी अशोक सिंहद्वारा पदबाट राजीनामा

काठमाण्डौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन् । उनको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही विषयमा उनले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन । प्रहरी प्रवक्ता… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य… पुरा पढौ

बैंकबाट ऋण लिएकाले लघुवित्तबाट नपाउने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । साथै एकभन्दा बढी लघुवित्त कम्पनीबाट पनि ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले आजदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । “बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र वित्तीय… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्रेजुएसन समारोह सम्पन्न

फागुन १० पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले कलेजले एक कार्यक्रमको आयोजना गर्दै स्नातक तह उत्तिर्ण विद्यार्थीको सम्मानमा ग्रेजुएसन समारोह सम्पन्न गरेको छ । मंगलबार कलेजले स्नातक तह उत्तिर्ण ७८ जना विद्यार्थीको सम्मानमा सो कार्यक्रम आयोजना गरेको कलेजका बीबीए कार्यक्रम संयोजक सरोज कुँवरले जानकारी दिए । संयोजक कुँवरका अनुसार कलेजबाट यस वर्ष ७ जना डिन लिस्टमा पर्न सफल भएका छन् । बीबीएतर्फ ५ जना र बीसीआईएसतर्फ २ जना गरि ७ जना डिन लिस्टमा परेका हुन् । समारोहमा बोल्दै पोखरा विश्वविद्यालय… पुरा पढौ

पोखरा भ्यू पोइन्टमा आयोजित रक्तदानमा ५६ यूनिट रगत संकलन

फागुन १० पोखरा । पोखरा भ्यू पोइन्टमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ५६ यूनिट रंक्त संकलन भएको छ । “रक्तदान जीवनदान जीवनदान महादान” भन्ने मुल आर्दशबाट अभिप्रेरित भई भ्यू पोइन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य आयोजना तथा पोखरा भ्यू पोइन्ट क्लवको सह—आयोजना र नेपाल रेडक्रस सोसाइटी पोखरा २२ उपशाखाको समन्वयमा बुधबार पोखरा भ्यू पोइन्टमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ११ जना महिला सहित ५६ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवनलाई अग्रता

फागुन १० पोखरा ।सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २–अन्डर ६७ सहित शीर्षस्थानमा रहेका छन्। पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे। सञ्जय र प्रज्वल १–ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन्। दल बहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २–ओभर ७१ सहित चौथो स्थान बाँडे। १३औं दक्षिण एसियाली खेलकुदका… पुरा पढौ

बुधबारको खेलमा बिष्णुपादुका, सहारा र आर्दश क्लवको जित

फागुन १० पोखरा । पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ अन्र्तगत विहिबार(भोलि) क्वाटरफाइनलका ४ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार पहिलो खेल आयोजक संगम क्लव र एल.जी. एशोसीयसन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी विहिबार भ्याली स्पोट्र्स क्लव र ए पेक्स अर्को खेलमा नव आर्दश सामुदायिक विकास समाज र बिष्णुपादुका क्लव बिच खेल हुने भएको उनले जनाए । त्यसै गरी अन्तिम क्वाटरफाइनल खेल… पुरा पढौ

पोखरामा ‘एटीएम’ तोडफोडको आरोपमा दुई जना पक्राउ

पोखरा । पोखरामा विभिन्न बैंकका एटीएम मेसिनमा तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कास्कीले गएराती पोखरा–१० र १५ का विभिन्न बैंकको एटीएममा तोडफोड तथा ढुङ्गा हानेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको घाइतघाट स्थायी घर भई पोखरा–१७ छोरेपाटन बस्दै आएका शुसिल चाम्लिङ राई २१ र लम्जुङको मर्स्याङ्दी स्थायी घर भई छोरेपाटन बस्ने अर्जुन भनिने लु बहादुर गुरुङ २१ लाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।… पुरा पढौ

आन्तरिक मामिलामन्त्रीको गृह जिल्ला भ्रमणः प्रहरी चौकी निरीक्षणदेखि सम्मान ग्रहणसम्म

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले (गृह जिल्ला) नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको निरिक्षण गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अवलोकनका क्रममा मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरिक्षण गरे ।… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध पोखरेली व्यवसायीको आन्दोलनमा कास्की कांग्रेसको साथ

पोखरा । चर्को ब्याज दरका कारण पोखराका उद्योगी व्यवसायीहरुले सुरु गरेको आन्दोलनप्रति नेपाली कांग्रेस कास्कीले साथ दिने भएको छ । ब्याजदर घटाउनुपर्ने मागसहित व्यवसायीले भोलिदेखि सुरु गर्ने आन्दोलनमा एक्यावद्धता जनाउदै बुधबार एक विज्ञप्ति जारी गरेको हो । नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपालमा बैक तथा वित्तिय संस्थाहरुको संख्या असाध्यै धेरै भएका कारण बैकको सञ्चालन खर्च धेरै बढेको भन्दै अस्वस्थ प्रतिष्पर्धाका कारण वढी व्याजदरमा निक्षेप लिइएकोले व्यवसायी समस्यामा परेको उल्लेख छ । साथै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउदै देशको… पुरा पढौ