समाचार

ड्राईभिङ स्कुल संघको माग : लाईसेन्सका लागि लिखित परीक्षाको सट्टा मौखिक परीक्षा लेऊ

पोखरा, माघ २९ ड्राइभिङ स्कुल संघले गण्डकी प्रदेशका सबै जिल्लामा लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेका छन् । ड्राइभिङ स्कुल संघहरुको छाता संस्था ड्राइभिङ स्कुल संघ नेपालका महासचिव उमेश सिके र गण्डकी प्रदेश शाखाका अध्यक्ष वसन्त भट्टचनले संयुक्त रुपमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानलाई ज्ञापन पत्र बुझाउँदै लाईसेन्स लिन महिनौं कुर्नुपर्ने वर्तमान बाध्यात्मक अवस्थाको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय खोलेर लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेका हुन् । यसले सरकारलाई अग्रिम… पुरा पढौ

सकियो चापाकोट महोत्सव

कास्की । चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखी सुरु भएको महोत्सवम सम्पन्न भएको छ । महोत्सवमा विभिन्न विद्यामा प्रतियोगिता राखिएको थियो । नैमती बाजा प्रतियोगिता पहिलो सगरमाथा नैमती बाजाले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो सिन्धुली कला घरले २२ हजार २ सय २२ रुपैयाँ तेस्रो चापाकोट नैमति बाजाले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना सेदि बगर पञ्चेबाजाले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् । खुल्ला… पुरा पढौ

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

काठमाण्डौ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको… पुरा पढौ

खेलाडीको उर्वर जिल्लामा खेल मैदान कै अभाव

बागलुङ । कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् । चाडपर्व, मेला–महोत्सव आयो कि बजारदेखि गाउँसम्म ठूला–ठूला पुरस्कार राशिको खेलकुद प्रतियोगिता हुन्छन् । खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेलमैदान छैन । भए पनि साँघुरा छन् । उपयुक्त खेलमैदान नहुँदा पनि खेलाडी उत्पादन भइरहेका छन् । उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्राङ्गणमा… पुरा पढौ

विसं २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाइने

चितवन । चितवनको भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ । छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन् । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए । पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरुको सुझाव थियो… पुरा पढौ

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

काठमाडौ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिए । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा ९माओवादी केन्द्र०सँग पार्टी एकता भएपछि हुनसकेको थिएन । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका… पुरा पढौ

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

कञ्चनपुर । कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए । उनका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद रू दुई लाख ११ हजार एक सय ११ सहित… पुरा पढौ

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन हुदा प्रशासनिक काममा असर

तनहुँ । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो । गत वर्ष चैतदेखि अस्पताल निमित्तको भरमा सञ्चालन हँुदै आएको छ । निमित्तको भरमा अस्पताल सञ्चालन हुँदा प्रशासनिक काममा असर पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । पौडेलको सरुवा भएदेखि डा दिवस ढकालले निमित्तको जिम्मेवारी पाएका छन् । निमित्त प्रमुख डा ढकाल पनि कुनैबेला विदेश र कहिले बिदामा बसिदिँदा कार्यालयको… पुरा पढौ

बोटबाटै दुई करोडको सुन्तला बिक्री

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् । दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला बिक्री गरेर गाउँमा रू ७५ लाख भित्रिएको थियो । “यसवर्ष पाक्दै गरेको सुन्तला पोखरा, चितवन र काठमाडौँका व्यापारीले बगैँचाबाट नै प्रतिकिलो रू ९५ मा किनेका हुन्”, उनले भने। दोसल्ले व्यावसायिक सुन्तला… पुरा पढौ

सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पु¥याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन् । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित रु १० लाखबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा नं ५ का वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए । उनका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी वडा नं… पुरा पढौ