समाचार

पोखरामा पनि जनयुद्ध दिवस मनाईने

पोखरा, माघ २९ पोखरामा पनि जनयुद्ध दिवस मनाईने भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको आयोजनामा जनयुद्ध दिवसको दिन भोलि फागुन १ गते सोमबार कास्कीको पोखरामा जनयुद्ध दिवस मनाईने भएको हो । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको कार्यालय परिसरमा सोमबार विहान ८ बजेदेखि जनयुद्ध दिवस विशेष कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले जानकारी दिए । सो अवसरमा आपसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने उनले बताए । कार्यक्रम गण्डकी प्रदेशका भौतिक पूर्वाधार… पुरा पढौ

टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । हालसम्म टर्कीएमा २४ हजार छ सय १७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताए । सिरियामा तीन हजार पाँच सय ७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड… पुरा पढौ

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

म्याग्दी । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन् । उनले रु एक लाखमा घोडा किनेका छन् । करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीसँगै सडक पुगेका ठाउँमा समेत घरमै… पुरा पढौ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिनुभयो । उक्त घटना पछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान… पुरा पढौ

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

काठमाडौ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । नेपालले आगामी फागुन ३ र ६ गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली फुटबल… पुरा पढौ

बेलचौतारास्थित जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। “अस्पतालको सेवा विस्तार गर्ने क्रममा थाइराइड उपचार सुरु गरेका छौँ, यसले तनहुँका अतिरिक्त आसपासका सर्वसाधारणलाई पनि सहज हुनेछ”, उनले भने । यहाँ थाइराइड परीक्षण नहुँदा सर्वसाधारण पोखरासम्म जानुपर्ने बाध्यता थियो । उपचार केन्द्रमा… पुरा पढौ

बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने

म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए। एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र… पुरा पढौ

उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाल)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए । पुरा पढौ

राजनीतिक चलखेलका कारण कांग्रेस सरकारभन्दा बाहिर बस्न प¥यो : कांग्रेस प्रवक्ता डा महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन् । सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए । उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ ।“देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ”, उनले भने, “देश विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ… पुरा पढौ

लेकसाइड आगलागी : नाशा ट्रेकिङ स्टोर्समा करोडौंको क्षति

माघ २८ पोखरा । पोखराको लेकसाइडस्थित सेन्टर भवनमा शनिबार भएको आगलागीका कारण पर्यटन व्यवसायी अग्नी कँडेलले सञ्चालन गरेको स्टोर्समा करोडौं क्षति पुगेको छ । पोखरा– ६ लेकसाइडस्थित सेन्टर भवनमा आइतबार अपरान्ह भएको आगलागीका कारण कँडेलले सञ्चालन गर्दै आइरहेको नाशा ट्रेकिङ स्टोर्समा करोडौं क्षति पुगेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य समेत रहेका कँडेल र नर्मदा कँडेलले संयुक्त रुपमा सञ्चालन गरेको स्टोर्समा आगलागीबाट ६ करोड बढीको… पुरा पढौ