समाचार

सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो पूर्ण रुपमा निभाईयो

पोखरा, माघ २८ पोखरा–लेकसाईडस्थित लेकसाइड सेन्टरको व्यवसायिक भवनमा आगलागी भएको छ । लेकसाईड सेन्टर भवनमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाममा आगलागी भएको हो । आगलागी भएको लेकसाईड सेन्टर भवनमा डिपार्टमेन्टल स्टोर्ससँगै बित्तीय संस्था, बैंकका एटिमहरु, लाउन्ज वार, टे«किङ सप र रेस्टुरेन्ट लगायतका व्यवसायिक संस्था छन् । तर, आगलागीले डिपार्टमेन्टल स्टोर्सको गोदाममा क्षेति पुगेको छ ।आगलागीले भवनको अन्डरग्राउण्डमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाममा पूर्ण रुपमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतलामा आंशिक क्षेति पुगेको छ भने… पुरा पढौ

लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो नियन्त्रणमा

पोखरा, माघ २८ पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो नियन्त्रणमा आएको छ । पोखराको लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा लागेको भीषण आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । अपराह्न ४ः३० बजे शुरु भएको आगो साँझ करीब सवा ६ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागिका कारण डिपोर्टमेन्टल स्टोर्समा धेरै क्षेति पुगेको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतला पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । त्यस्तै अन्डरग्राउण्डमा पनि क्षेति पुगेको बताइएको छ । आगलागि भएको भवनमा हिमालयन जाभा,… पुरा पढौ

‘भ्यालेनटाईन डे’ को दिन रानिवन आर्केडमा धर्मेन्द्र सेवानको विशेष प्रस्तुति

पोखरा २८ माघपोखरा लेकसाइड गौरीघाट स्थित होटल रानीवन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो वारले प्रणय दिवस (भ्यालेनटाईन डे को दिन विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ ।रानीवन आर्केडले वसुधैव कुटुम्बकम (the world is one family) भन्ने नाराका साथ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि भ्यालेनटाईन डे को दिन फेब्रअरी १४ अर्थात फागुन २ गते विशेष कार्यक्रम गर्न लागेको हो । सो दिन नेपालका ख्याती प्राप्त कलाकार धर्मेन्द्र सेवान र उनको टोलीले विशेष साँगितिक कार्यक्रम गर्ने होटलका संचालक हरि भुजेलले जानकारी… पुरा पढौ

पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल, नबिल बैंक र हिमालयन जाभा भएको भवनमा आगलागी

पोखरा, माघ २८ पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ । पोखराको लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो । सो भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखालगायतपनि छन् । आगलागीका कारण सेलवेजको सेल्सबेरी शाखाका अधिकांश भाग जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणमा वारुणयन्त्रसहित प्रहरी र स्थानिय लागिपरेका छन् । पुरा पढौ

हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण

पोखरा, माघ २८ पोखराको ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण गरिएको छ । ओझेलमा परेको पोखरा–२० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो । हरिहर सन्यास आश्रमको व्यवस्थापन तथा स्थानिय समाजसेवी दीनेश बस्नेतको पहलमा निर्माण गरिएको सो वृत्तचित्रको गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले लोकार्पण गरे । आश्रमको भौगोलिक अवस्थिति, त्यहाँको वातावरण, आश्रमको ऐतिहासिकतासँगै धार्मिक महत्वलगायत समेटेर वृत्तचित्र निर्माण गरिएको वृत्तचित्र निर्माणकर्ता दीनेश बस्नेतले जानकारी दिए । समुन्द्री… पुरा पढौ

दमौलीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नंको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो । बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरिन् । उनले भनिन्, “भ्रष्टाचार राज्यविरुद्धको अपराध हो । यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पु¥याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट… पुरा पढौ

स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका

पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको छ । जलजला गाउँपालिकाले पनि कार्यदल बनाएर पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । केही स्थानीय तहले पाठ्यक्रम निर्माणको प्रगतिबारेमा जानकारी दिँदै आएका छन् भने कोहीले आन्तरिकरूपमा नै तयारी गरिरहेका छन् । पर्वतको सदरमुकाम रहेको र अन्य स्थानीय तहका लागि नमूनाका रूपमा प्रस्तुत हुनसक्ने कुश्मा नगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको सुरुआत गरेको छ । सरोकारवालालाई… पुरा पढौ

अध्ययनमा प्रोत्साहन गर्न छात्रवृत्ति

तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहेका छन् । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गरेका उनलाई गाउँपालिकाले रु २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत १८ महिना अध्ययन गर्दा लाग्ने शुल्कबापतको ५० प्रतिशत रकम गाउँपालिकाले छात्रवृत्तिबापत वितरण गरेको छ । “अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकाले भेटेरीनरी अध्ययन गर्ने निर्णय गरेको हुँ, त्यसमाथि गाउँपालिकाले यो शिक्षा अध्ययन गर्दा छात्रवृत्ति दिएर प्रोत्साहन गरेको छ”, उनले भने । म्याग्दे गाउँपालिका–६ का ज्योति राना पनि सोही विद्यालयमा भेटेरीनरी… पुरा पढौ

स्याङ्जाबाट बसाइँसराइ गर्ने बढे

स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाई सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए । विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाई सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन् । बसाई सरेर अन्यत्र जानेको तुलनामा अन्यत्रबाट बसाई… पुरा पढौ