समाचार

कास्की कप ह्याण्डबलमा पोखरा एकेडेमीको विजयी शुरुवात

माघ २९ पोखरा । पोखरामा नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा संचालन भएको हो । आइतबार छात्र तर्फ ७ र छात्रा तर्फ लिग चरणका ४ खेल सम्पन्न भएको संघका सचिव टेक बहादुर गुरुङले बताए । छात्र तर्फको पहिलो खेलमा पोखरा एकेडेमीको ए समुहले राइजिङ स्टारलाई ३ का बिरुद्ध फराकिलो १२ गोलको अन्तरले पराजित गर्यो । अर्को… पुरा पढौ

परिवर्तन गर्ने अठोट गरियो भने मात्रै सकारात्मक परिणाम हासिल हुन्छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार सुशासन र समृद्धिको नयाँ यात्रामा अग्रसर रहेको र त्यसमा सफलता हासिल गर्नैपर्ने बताए । सरकारको प्राथमिकताहरू न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्मा आफूले सम्बोधन गर्ने क्रममा केही विषयलाई महत्वका साथ समावेश गरेको उल्लेख गरे ।… पुरा पढौ

पर्यटन प्रर्वद्धनका लागि कास्कीको मिर्सा पुग्यो टेवान

माघ २९ पोखरा । पर्यटन प्रर्वद्धनका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) कास्कीको मिर्सा सामुदायिक होमस्टे पुगेको छ । टेवानले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा गाउँपालिका–१ स्थित मिर्सामा दुई दिने पर्यटन प्रर्वद्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा माछापुच्छे्र–१ का वडाध्यक्ष इन्द्र गुरुङले मिर्साको प्रवर्द्धन गर्न सके ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने बताए । मिर्साको कला, सँस्कृति, हावापानी, अर्ग्यानिक खानेकुराले पाहुनाको मन लोभ्याउने उनको भनाई थियो । पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकोटाले सहरमा कोलाहल… पुरा पढौ

मुल्य वृद्धि कारण निर्माण व्यवसायीलाई मर्का : अध्यक्ष सिंह

पोखरा । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पछिल्लो समयको अत्यधिक मुल्य वृद्धिका कारण सपलार्यसमा देखिएको गिरावटले व्यवसायीहरु लाई समस्या परेको बताए । पछिल्लो समय आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानीको सामर्थ नरहेको सिंहले बताएका छन । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको बताए । उनले सरकारलाई जतिसुकै खबरदारी गरेपनि, जतिसुकै सचेत गराएपछि सरकारले भुक्तानी गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले सरकारले… पुरा पढौ

दोश्रो कालीमाटी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पुरा

माघ २९ पोखरा । २७ औं जनयुद्ध दिवसको अवसर पारी दोश्रो कालीमाटी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । कालीमाटी युवा क्लब पुतलिबजार नगरपालिका ३ कालीमाटी स्याङजाको आयोजनामा फागुन १ देखी ८ गते सम्म स्याङजाको मालेबगर खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक कालीमाटी युवा क्लबका अध्यक्ष शक्ति थापा मगरले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद नेपालको मुख्य प्रायोजक, अखिल नेपाल खेलकुद महासंघ पुतलिबजार नगर कमिटिको सहआयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले… पुरा पढौ

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीको अध्यक्षमा डा. राजेश चौधरी

पोखरा । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्विरोध निर्वाचित भएका छन । एशोसिएसनको तेश्रो साधारण सभा एवं अधिवेशनले अध्यक्षमा डा.राजेश चौधरीलाई निर्विरोध निर्वाचित भएका हुन । त्यसैगरी एशोसिएसनको उपाध्यक्षमा डा. भाजुराम चौधरी, सचिवमा डा. अविनाश भट्टराइ, सह सचिवमा डा.सपनालक्ष्मी घिमिरे र कोषाध्यक्षमा डा. शर्मिला कुमाल निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा डा. सोनिया गुरुङ, डा. रुपक कंडेल, डा. अजयराज ओझा, डा. गणेश रानाभाट, डा. अनिल गौतम र डा. सन्तोष बास्तोला निर्वाचित भएका छन । नव निर्वाचित… पुरा पढौ

भोलि सार्वजनिक बिदा

काठमाण्डौं । सरकारले फागुन १ गते भोलि जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो… पुरा पढौ

चितवन–२ को उपनिर्वाचन वैशाख १० गते

काठमाण्डौं । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९/१०/१३ मा आदेश भई आएको र सङ्घीय… पुरा पढौ

बजेट मध्यावधी समीक्षा स् आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौ । सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिनुभएको हो । चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको… पुरा पढौ

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री

काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताए । “निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई विश्वसनीय र सहयोगी बनाउन, राजस्व परिचालनमा देखिएको विकृति र विचलनलाई सुधार ल्याउन बजेट कार्यान्वयनमा विद्यमान समस्यमा समाधान गर्न र वित्तीय… पुरा पढौ