समाचार

पोखरा महानगरको सार्वजनिक सुनवाइमा फेवातालकै चर्चा

पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महानगरबासीले महत्वपूर्ण सुझाव दिएका छन् । आइतबार पोखरा सभागृह हलमा पोखरा महानगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत्र महिनासम्मको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका नागरिक र सर्वेक्षणमा सहभागी बनेका सेवाग्राहीले महानगरको काम कारवाहीलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका छन् । कार्यक्रममा सबै भन्दा बढी जिज्ञासा तथा सुझाब महानगरले केही दिन अगाडि पोखराको फेवातालको ६५ मिटर मापदण्ड भित्र भएका संरचना हटाउने कार्यसँग सम्बन्धित रहेको थियो । कतिले… पुरा पढौ

एगा पोखराले गर्यो क्यान्सर पिडितलाई सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले क्यान्सर पिडित बुद्धिबहादर क्षेत्री र मीरा पन्तलाई आर्थिक सहयोग गरेको छ । नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज आयोजित शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रममा संस्थाका सदस्य समेत रहेका पिडित क्षेत्री र पन्तलाई सहयोग गरेको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । पर्यटन प्रवद्र्धन लगायतका विभिन्न गतिविधिमा एगासँग निरन्तर सहकार्य गर्दै आइएको बताउँदै उनले आगामी दिनमा पनि… पुरा पढौ

बेगनासताल बराह क्षेत्र विकास संस्थामा सुरेन्द्र

बेगनासताल बराह क्षेत्र विकास संस्था, पोखरा –३१, बेगनासको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र सापकोटा निर्विरोध निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको उपाध्यक्षमा भुवनेश्वर कडेल, सचिवमा प्रदीप राज कडेल, सह–सचिवमा संकल्प कंडेल र कोषाध्यक्षमा सीता हिमाल निर्विरोध चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विष्णु माया कंडेल, ओम कुमारी बराल, फणीन्द्र कंडेल, रमेश कंडेल, ज्ञानु जलारी र केशवराज तिवारी निर्वाचित भएका छन्। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेलले बेगनासताल क्षेत्रको विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने… पुरा पढौ

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, “पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दैछन् ।” प्रधानले आइतबारमात्रै एक हजार बढी… पुरा पढौ

फेवा महोत्सवमा पर्यटकबिच दौड,क्यानडाका मिलरोइ प्रथम

पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार,क्रियाशील सदस्यता खारेज गर्न नमिल्ने नेता खड्काको भनाइ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको जानकारी दिए । बैठकमा सहभागी हुनका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ । यसैबिच नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता कसैले खारेज गर्न नमिल्ने बताएका छन् । नेता खड्काले पार्टी कार्यावाहक सभापतिको हैसियतले… पुरा पढौ

एमाले नेता थापालाई मातृशोक

नेकपा एमाले कास्कीका नेता चित्रबहादुर थापालाई मातृशोक परेको छ। एमाले कास्कीका पुर्व सल्लाहकार थापाका ममतामयी आमा पोखरा १६, बाटुलेचौर, चण्डीका टोल निवासी पुतली थापाको ८८ बर्षको उमेरमा आइतबार राती आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय थापाको सोमबार बिहान लामाचौर,तल्लो गोस्तेस्थित तुलसी घाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।उनको पार्थिव शरीरमा छोरा चित्र बहादुर थापाले दागबत्ती दिएका थिए।त्यस अघि स्वर्गीय थापाप्रति बिभिन्न राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ता, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै, उनको योगदानको स्मरण गरेका… पुरा पढौ

‘पोखरा घर’ निर्माणको अन्तिम चरणमा

पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन उक्त भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरको भवन तथा अन्य पूर्वाधार शाखाका प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद गौतमले इलेक्ट्रिकलतर्फको मात्र काम बाँकी रहेको बताए । दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’ छिट्टै सञ्चालनमा ल्याउने तयारी छ । भूमिगत पार्किङसहितको उक्त भवनमा कोसेली घर, एकीकृत सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरीलगायत रहने जनाइएको छ । “पहिलो तलामा कोसेली घर सञ्चालनका लागि ठेक्का… पुरा पढौ

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३।२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको उक्त सडक ठेक्का सम्झौता भएको एक वर्षपछि मात्र निर्माण सुरु भएको थियो । जग्गा विवाद, निर्माण कम्पनीको ढिलासुस्ती आदि कारणले सुरुको चरणमा सडक निर्माण प्रभावित भएको इन्जिनियर गौतमले… पुरा पढौ

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ । बाँधमा… पुरा पढौ