समाचार

फिफा विश्वकप: दक्षिण कोरिया घानासँग पराजित

अफ्रिकी मुलुक घानाले कतारमा जारी विश्वकप फुटबलमा एसियाली पावरहाउस दक्षिण कोरियालाई हराएको छ। समूह ‘एफ’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा सोमबार साँझ भएको खेलमा दक्षिण कोरिया घानासँग ३–२ गोलले पराजित बन्यो। घानाको जितमा मोहमद कुडुसले २ तथा मोहमद सालिसुले १ गोल गरे। दक्षिण कोरियाका लागि दुवै गोल चो ग्युसुङले फर्काए। २४ औं मिनेटमा सालिसुले दक्षिण कोरियाका रक्षकको गल्तीमा खाता खोले। ३४ औं मिनेटमा कुडुसले जोर्डन आयुको लामो पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि दोस्रो हाफको सुरुवातमा दक्षिण कोरियाले लगातार… पुरा पढौ

फिफा विश्वकप: पोर्चुगल नकआउट चरणमा

पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। समूह ‘एच’ अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो। लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो। यसअघि, पहिलो खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले पराजित गरेको थियो। पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले दुवै गोल गरे। दुवै गोल दोस्रो हाफमा गरेको पोर्चुगलका लागि ब्रुनोले ५४ औं मिनेटमा राफायल गुरेइरोको पासमा खाता खोलेका थिए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीमा गोल… पुरा पढौ

प्रवासी एनआरएनएद्वारा सहरा एकेडेमीको अवलोकन

एनआरएनए एशिया प्यासिफिक उप–संयोजक ददिवल खड्का नेतृत्वको टोलीले सहारा क्लब एकेडेमीको अवलोकन गरेको छ । खड्का, एनआरएन आइसीसी सदस्य नरबहादुर थापा, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली सहितको टोलीले मंगलबार एकेडेमीको अवलोकन गरेको हो। फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबको क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गर्दै टोलीले प्रवासबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष केशवराज बराल, खेलाडी मुकुन्द निउरेलगायतले बस्तुस्थितिबारे जानकारी गराएका थिए। उनीहरुलाई सहारा क्लब परिवारले स्वागत गरेको थियो। पोखरा–१७, दोबिल्लामा रहेको… पुरा पढौ

बागलुङ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार हिराबहादुर खत्रीलाई १ हजार ४८० को मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा थापाले १३ हजार ८९८ मत ल्याए भने खत्रीले १२ हजार ४१८ मत प्राप्त गरे। पुरा पढौ

बागलुङ–२ को प्रदेशसभा (१) बाट जीतबहादुरको जीत

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा (१) बाट जीतबहादुर शेरचनले जीत हात पारेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शेरचनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिमगरलाई ३ हजार १०९ को फरक मतान्तरले हराउँदै जीत पारेका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार शेरचनले १५ हजार १२८ मत ल्याए भने घर्तिमगरले १२ हजार ०१९ मत प्राप्त गरे। पुरा पढौ

बागलुङ–१ को (२) मा कांग्रेसका डिल्लीराम सुबेदी निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नवराज पौडेललाई ६ हजार १२० मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजामा सुवेदीले १३ हजार ३७९ मत प्राप्त गरेका छन्। त्यस्तै पौडेलले ७ हजार २५९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गोविन्द सापकोटाले ६३० र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार सहवीर थापाले २५५ मत ल्याएका… पुरा पढौ

बागलुङ–२ को प्रदेशसभा (२) बाट काँग्रेसका दीर्णकुमार कुवँर निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पुन मगरलाई ३ हजार ७४१ को मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कुँवरले १२ हजार ४२१ मत प्राप्त गरेका छन्। त्यस्तै लक्ष्मण पुनमगरले ८ हजार ६८० मत ल्याएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले ३४१ मत प्राप्त गरेका छन्। पुरा पढौ

सुनसरी–३ मा भगवती चौधरीको अग्रता कायमै

सुनसरी–३ मा नेपाली काँग्रेसका विजय गच्छेदार पछाडि परेका छन्। पछिल्लो मत परिणामअनुसार एमालेकी भगवती चौधरीको अग्रता कायमै राखेकी छिन्। चौधरीले ३३ हजार ४७९ मत ल्याएर अग्रता कायम राखेकी छिन्। उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका विजय कुमार गच्छदारले २८ हजार ६५५ मत प्राप्त गरेका छन्। पुरा पढौ

सुनसरी–४ को मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएको छ। सो क्षेत्रको मतगणना गर्ने क्रममा त्रुटि भएकोले पुन: मतगणनाको माग गर्दै सो क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको निवेदन उपचार सुनुवाइ गर्दै आयोगले यस्तो निर्देशन दिएको हो। सो क्षेत्रमा हालसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१… पुरा पढौ

नेपाली सेनाका प्रशिक्षार्थीहरु पोखरा उद्योग वाणिज्य संघमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रलाई नाफा कमाउने वर्गको रुपमा नहेर्न सबैसँग आग्रह गरेका छन् । लगानी गरेपछि नाफा–घाटा दुबैको जोखिम रहने उल्लेख गर्दै उनले राज्यले दिएको अधिकार प्रयोग गर्दै, राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको पनि बताए । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रले संचालनमा ल्याएको सि.सं.२९ कमाण्ड तथा स्टाफ तालिममा सहभागीहरुसँग सोमबार भएको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । तालिममा सहभागीहरुको जिज्ञासाको उत्तर दिने क्रममा उनले पोखरा उद्योग… पुरा पढौ