समाचार

पर्वतमा पनि मतगणना सुरु

पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अपराह्न ४ः३० बजेदेखि सुरु भएको छ । प्रतिनिधिसभाका एक प्रदेशसभा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार दुई सय ७३ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ एक लाख २२ हजार छ सय ४९ जना मतदाता छन् । निर्वाचनमा ५४ प्रतिशत मात्रै मत खसेको कार्यालयले जनाएको छ । पर्वतमा सत्तारूढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मैदानमा छन् । पर्वतमा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका… पुरा पढौ

कास्की–३ मा एमालेका बैरागीको झिनो अग्रता, घण्टी पछिपछि

कास्की क्षेत्र नम्बर–३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले शुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना सम्पन्न हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई २७ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन् । बैरागीले १ सय ७८ मत प्राप्त गर्दा घण्टीका पौडेलले १५१ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले १२८ मत प्राप्त गरेका छन् । कास्की–३ मा ६१ हजार ४ सय १४ मत खसेको छ । १ लाख १ हजार ७… पुरा पढौ

मनाङमा एमालेका गुरुङको अग्रता

मनाङ । मनाङमा पनि मतगणना जारी रहेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवारको पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । एमालेका पोल्देन छोपाङ गुरुङले २ सय ५८ मत सहित अग्रता कायम गरेका छन् भने कांग्रेसका टेकबहादुर गुरुङले २ सय ९ मत सहित पछ्याईरहेका छन् । त्यसैगरि प्रदेश सभा ‘क’ तर्फ एमालेका राजनबहादुर गुरुङले २ सय १८ मत प्राप्त गरेका छन् भने कांग्रेसका मुनिन्द्रजङ गुरुङले ९६ मत प्राप्त गरेका छन् । पुरा पढौ

तनहुँ २ मा किरण गुरुङलाई ३१७ मतले पछि पार्दै कांग्रेसका भण्डारीको अग्रता

पोखरा, मंसिर ५ तनहुँ क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले शुरुवाती अग्रता लिएका छन् । सोमबार विहानदेखि भएको मतगणनामा १६३७ मतगाण्ना सम्पन्न हुँदा कांग्रेसका भण्डारी एमालेका किरण गुरुङलाई ३१७ मतले पछि पार्दै अग्रता बनाउन सफल भएका हुन् । भण्डारीले हालसम्म ७३६ मत प्राप्त गर्दा एमालेका गुरुङले ४१९ मत ल्याएर पछ्याईरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिजय जोशीले २३८ मत प्राप्त गरेका छन् । पुरा पढौ

दुई स्थलमा मतदान जारी

काठमाडौ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ । स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकास्थित भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको… पुरा पढौ

कास्की–३ मापनि मतगणना शुरु

कास्की क्षेत्र नम्बर–३ मापनि मतगणना शुरु भएको छ । यो क्षेत्रमा दिउँसो १२ः३० बजेबाट मतगणना शुरु भएको हो । कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट माओवादीका रामजीप्रसाद बराल र नेकपा एमालेका दामोदर पौडेल ९बैरागी०लगायतका उम्मेदवार प्रतिष्पर्धामा छन् । कास्की–३ मा ६१ हजार ४ सय १४ मत खसेको छ । १ लाख १ हजार ७ सय १५ मतदाता रहेको यो क्षेत्रमा ६१।७२ प्रतिशत मत खसेको थियो । पुरा पढौ

कास्की–२ मा घण्टी १६२ मतले अघि

पोखरा, मंसिर ५ कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन् । उनले एमालेकी विद्या भट्टराई अधिकारीको भन्दा १ सय ६२ मतान्तर बनाएका छन् । एमालेकी भट्टराईले ५ सय १६ मत प्राप्त गरेर पछ्याईरहेकी छन् । गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मत प्राप्त गरेर तेश्रो स्थानमा छन् भने राप्रपाका… पुरा पढौ

कास्की २ (१) मा राप्रपाको अग्रता

कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गरे । रासस पुरा पढौ

कास्की २ अपडेट: घण्टीको अग्रता कायमै

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् । राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् । पुरा पढौ

तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुने

तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न ढिलाइ हुन गएको हो । उनले भने, “बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।” तनहुँका दुई निर्वाचन क्षेत्रमा कूल दुई लाख ४८ हजार चार… पुरा पढौ