समाचार

‘मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्छु’ : एमाले नेत्री भट्टराई

पोखरा । कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् । साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भईसकेको जानकारी… पुरा पढौ

निर्वाचनपछि पनि गठबन्धनकै सरकार : प्रधानमन्त्री देउवा

डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” सो अवसरमा प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए । प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ… पुरा पढौ

कास्कीकोटको खानेपानी समस्यामा ध्यान दिन्छु : बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं। ३ ९ख० का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् ।पोखरा महानगरपालिका वडा नं। २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पूरा नगरेको उल्लेख गर्दै उनले धूलाम्य सडकको आफूले छिट्टै अन्त्य गर्ने स्पष्ट पारे । उनले भने, ‘महानगरपालिका भित्रको सडक अझै पनि यस्तो अवस्थामै रहिरहँदा मलाई निकै दुःख लागेको छ… पुरा पढौ

उपकार बचत तथा ऋण सहकारी संस्था लि.को साधारण सभा सम्पन्न

कात्तिक १९, पोखरा । पोखरा महानगगर पालिका वडा नं ६ बैदाम स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८\०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।कार्यक्रमको प्रमुख अतिथि सहकारी रजिस्टार कार्यलय गण्डकी प्रदेशका प्रम्ुख रमेश घर्तिले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै… पुरा पढौ

विकासका लागि एमालेको विकल्प नरहेको पोखरा २३ का मतदाताको प्रतिक्रिया

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले शनिबार पोखरा–२३ का विभिन्न स्थानमा घरदैलो गरेका छन् । प्रतिनिधी सभा सदस्यका उम्मेदवार दामोदर पौडेल (बैरागी) र क्षेत्र नम्वर ३ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार राजिव पहारीले सो क्षेत्रका स्थानियसँग भोट अपिल गर्दै त्यहाँ पुगेका हुन् । उम्मेदवारहरुलाई आफ्नों घर आँगनमा पाउँदा त्यस क्षेत्रका जनताहरु उत्साहित भए । उनीहरु स्वतःस्फुर्त घरबाट निस्किदै उनीहरुको घरदैलो कार्यक्रमलाई समेत साथ दिए । पोखरा २३ का स्थानियले सो क्षेत्रका निवर्तमान सांसद समेत रहेका… पुरा पढौ

जनताका अपेक्षा हामी पुरा गर्छौं : उम्मेदवार बराल

पोखरा, १९ कार्तिक ।कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहितको घर दैलो कार्यक्रम उत्साहजनक रुपमा भइरहेको छ । घरदैलो कार्यक्रम अन्तर्गत शनिबार आज पोखरा २० र पोखरा ३३ मा घरदैलो अभियान चलेको पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशीले जानकारी दिए ।घरदैलो कार्यक्रम अन्तर्ग पोखरा २० भलाममा कोणसभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दे नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र… पुरा पढौ

गठबन्धनले जितेमात्र देशमा विकासको लहर आउँछ : उम्मेदवार बराल

पोखरा, १९ कात्तिक मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो ।कार्यक्रममा प्रदेशसभाका उमेदवार दुर्गादत्त भण्डारीले लामो समय यहि वडामा… पुरा पढौ

ढिकुरे भनेर केपी ओलीले कस्केली जनताको अपमान गरे : मुल्मी

पाेखरा,१९ कात्तिक । नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्कीको अपमान गरेकाे बताएका छन्। पाेखरा-२ मा आज भएकाे गठबन्धनका उम्मेदवारकाे परिचय कार्यक्रममा उनले ओेलीले शुक्रबार भएकाे चुनावी कार्यक्रममा प्रचण्डकाे आलोचना गरि ढिकुरपाेखरीकाे नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेकाे उल्लेख गरे । मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिकाे बिराेध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जाेड दिए । पुरा पढौ

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि बागलुङ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताउनुभयो । चुनावमा नखटने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ । “चुनावमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्छन् भने बाँकीले सदरमुकाममा तोकिएको अस्थायी मतदान… पुरा पढौ

झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ । सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय… पुरा पढौ