समाचार

जनताको अवस्था बदल्न मेरो उम्मेदवारी: कँडेल

कास्की–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका माधवप्रसाद कँडेलले भ्रष्टचार हटाउन आफ्नो उम्मेदवारी दिएको बताएका छन्। पोलिटिकल साइन्स सोसाइटी नेपालले आयोजना गरेको संघीय तथा प्रदेश सभाका उम्मेदवारहरुसँगको बहस कार्याक्रममा कँडेलले नेपालको शिक्षा अन्तराष्ट्रियस्तरको बनाउन लागि काम गर्ने, गुणस्तरीय शिक्षाले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने, शिक्षकलाई सुविधा अन्यलाई भन्दा फरक गर्ने आफ्नो योजना रहेको सुनाए। अहिलेसम्म व्यवस्था परिर्वतन भएको आफूले जितेमा जनताको अवस्था परिर्वतन गर्ने धारणा राखेका छन्। अहिलेसम्मका शासकले जनताको अवस्थामा ध्यान नदिएको उनको धारणा छ। साथै, उनको घोषणापत्रमा स्वास्थ्य… पुरा पढौ

गठबन्धनका उम्मेदवार कोइराला उद्यमीलाई हौस्याउँदै

चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मत भत्भती पोल्छ। युवालाई आफ्नै भूमिमा अड्याउने उपाय उनीसँग छ। तर, त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले उद्यमशीलता प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी छ। नीति निर्माणको महत्वपूर्ण तहमा पुगेर युवा शक्तिलाई आफ्नै परिवारसँग बस्ने वातावरण बनाउने उनको सपना छ। गण्डकी प्रदेशसभामा पुगेर उद्यमशीलता र युवा स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति बनाउन उनी कास्की निर्वाचन क्षेत्र १ (१)… पुरा पढौ

आर्वामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा । आर्वाली आदर्श नाट्य केन्द्र र मोहरपानी आदर्श टोल विकास संस्थाको संयुक्तरुपमा आयोजित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दिपावली, तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक रामजी पौडेल, अमर धिताल, कमला सुनार, कृष्ण भट्टराई, लक्ष्मी नेपाली लगायतले प्रस्तुती राखेका थिए । कार्यक्रममा समावेश विभिन्न नृत्य, हाँस्य प्रहसन लगायत विविध मनोरञ्जनात्मक प्रस्तुतिले माहोल तातिएको थियो । सोही अवसरमा आर्वाली ३३ जना स्थानिय कलाकारहरुले अभिनय गरेको नाटक… पुरा पढौ

एनवाईईएफको पोखरा – लोमान्थाङ मोटर र्‍याली भोलिदेखि

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म भोलिदेखी चार दिने मोटर र्‍याली  गर्ने भएको छ । ‘टुगेदर फर लोकल टुरिजम’ मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र  एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा  कार्तिक १७ (भोलि) देखि २० गते शनिबारसम्म र्‍यालीको आयोजना गर्ने भएको हो । कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरला नाका, लोमान्थाङ, मार्फा, जोमसोङलगायतका ठाउँहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ र्‍यालीको आयोजना गर्न लागिएको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।… पुरा पढौ

लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस ‘हेर्दाहेर्दै’मा

काठमाण्डौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस प्रारम्भ भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको छ । सो मुद्दामा सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्दै लामिछानेले बलात्कार गरेको जिकिर गरे । भोलि लामिछानेका तर्फबाट बहस हुनेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।… पुरा पढौ

प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए । उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । देउवा हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफैँ निजी निवासमा बसेका छन् । रासस पुरा पढौ

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदान आयोजना, १५१ यूनिट रगत संकलन

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका प्रत्यासी उम्मेदवार… पुरा पढौ

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आजबाट जिल्ला भ्रमण शुरु

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण शुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण शुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन् । उनले… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान : अन्नपूर्ण ९ का वडाध्यक्ष गुरुङद्वारा रक्तदान

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्वर ९ का वडाध्यक्ष रमेश गुरुङले रक्तदान गरेका छन् । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा वडाध्यक्ष गुरुङले रक्तदान गरेका हुन् । तमुधिं कास्कीका यूवा समिति संयोजक समेत रहेका गुरुङले आकस्मिक रक्तदान कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरे ।‘स्वस्थ जीवनका… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान जारी, पराजुलीले गरे ३८ औं पटक रक्तदान

पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपमहासचिव तथा गण्डकी प्रदेश इञ्चार्ज बिष्णु बहादुर पराजुलीले ३८ औं पटक रक्तदान गरेका छन् । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा उनले ३८ औं पटक रक्तदान गरेका हुन् । पोखरा १४ निवासी पराजुलीले दानहरुको पनि महादान रक्तदान… पुरा पढौ