समाचार

राज्यवाट पाउने सेवा सुविधा जनतालाई दिन्छु : भण्डारी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पाटीबाट कास्की क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यका लागी बिजय बहादुर भण्डारीले चुनावी अभियान घर दैलो सुरु गरेका छन । क्षेत्र नम्वर २ को समग्र विकाशको लागी आफु चुनावी मैदानमा होमिएको कुरा बताउदै भण्डारीले क्षेत्र नम्वर २ का मतदाताहरुको समस्या सुन्दै घर दैलौ कार्यक्रम शुरु गरेका छन । जनताको समस्या समाधान गर्ने उनले घरदौलोमा बाचा गरेका थिए । प्रदेश सभा सदस्यमा आफु विजय भएमा यस क्षेत्रको बिकासको निम्ति आफुले कुनै कसुर बाकी नराख्ने र… पुरा पढौ

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी

बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना हुने सेमिनारमा देशभरिका प्रशिक्षक तथा खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । सेमिनारमा कराँते खेलका ख्याती प्राप्त प्रशिक्षकसमेत रहनुभएका जापान गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनकोसमेत उपस्थिीति रहने आयोजक संस्था जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका संस्थापक अध्यक्ष केबी रानाले जानकारी दिए । अन्तर्राष्ट्रिय सेमिनारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संस्थापक… पुरा पढौ

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो । “बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक… पुरा पढौ

कला र संस्कृतिले भरिपूर्ण बागलुङमा बनाइन छोडे ‘बुट्टेनली’

बागलुङ । बुट्टेनली’ भन्दा बित्तिकै बागलुङको नाम आउँछन् । कला र संस्कृतिले भरिपूर्ण बागलुङलाई ‘बुट्टेनली’ को जिल्लाका रुपमा लिइन्छ । ‘बुट्टेनली’ को प्रख्यात जिल्ला बागलुङमा पछिल्लो समय ओझेलमा परेको छ । कला संस्कृति नै सङ्कटमा पर्न थालेपछि साख जोगाउनै मुस्किल छ । बागलुङवासीले मायाको चिनो र कोसेलीका रुपमा पाहुनालाई दिने बुट्टेनली अहिले बन्न छाडेका छन् । ‘बुट्टेनली’ बनाउन बाँस, गजिङ, मालिङ र लेकाली भूङको काठमा हातले कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिन्छ । ‘बुट्टेनली’ मा खासगरी विभिन्न देवीदेवता, व्यक्तिका चित्र,… पुरा पढौ

बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

बागलुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छमध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई… पुरा पढौ

मोटरेवल पुल बनेपछि स्थानीयवासीको दैनिकी फेरियो

लम्जुङ । मिदिमखोला मोटरेवल पुल निर्माण सम्पन्नसँगै लम्जुङका स्थानीयवासीको दैनिकी फेरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्लाको क्व्होलासोथर गाउँपालिका –८ घाम्राङ र वडा २ मालिङ जोड्ने मिदिमखोला पुल केही दिनअघि निर्माण सम्पन्नसँगै स्थानीयको आवातजावतमा समय छोटिएसँगै यतिबेला दैनिक पनि फेरिएको हो । पुल नहुँदा अन्य स्थानबाट घुमेर घण्टौँ समय लाग्ने गरे पनि सो समयभन्दा झन्डै तीन÷चार घण्टा समय छोटिएपछि यहाँका स्थानीयवासीको दैनिकी पनि सहज बन्न पुगेको हो । खोलाले पालिकालाई दुई भागमा बाँडे पनि मिदिमखोला पुलले जोडेको गाउँपालिका अध्यक्ष… पुरा पढौ

अफगानिस्तानमा सडक दुर्घटना तीस घाइते

अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन् । एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ । काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गईरहेको एक ट्रक माज्दा कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । दुर्घटनाको कारण हाल पुष्टि… पुरा पढौ

युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस

रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप ८० प्रतिशतभन्दा बढी किएभका जनता सोमबार बिजुली र पानीबाट वञ्चित हुनुपरेको थियो । रूसी आक्रमणका कारण देशका धेरै स्थानमा नागरिक प्रभावित भएका तथा सोमबार किएभको ८० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पानी र बिजुली कटौतीको सामना गर्नुपरेको युक्रेनी अधिकारीले बताएका छन् । किभए नगरका प्रमुखले युद्धको चपेटामा परेको देशको परिस्थितिलाई दृष्टिगत गरी आफूलाई आवश्यक पर्ने पानीको भण्डारण… पुरा पढौ

बालेनकै शैलीमा डोजर लिएर पुगे पोखराका मेयर

पोखरा, कात्तिक १४ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकै शैलीमा सडकमा उत्रिएका छन् । पोखराका मेयर आचार्य काठमाडौंका मेयर बालेनकै शैलीमा डोजर लिएर अन्डरग्राउण्ड पार्किङ खाली गराउन पोखरा–४ र ९ चिप्लेढुंगा, महेन्द्रपुललगायतका क्षेत्रमा पुगेका हुन् । महानगर प्रहरीको एक टोली लिएर पुगेका उनले चिप्लेढुंगास्थित आरके बिल्डिङ, महेन्द्रपुलस्थित बिशालबजारलगायतका बजारको अन्डरग्राउण्ड खाली गराउन डोजर लगाएका हुन् । चिप्लेढुंगास्थित बिगबजार र गरिमा विकास बैंक रहेको भवनमा पनि डोजर लिएर पुगेका आचार्यलाई घरधनी र व्यवसायीले आफैले हटाउन शुरु… पुरा पढौ

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भए पनि अहिले अलपत्र परेको छ । डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि कालोपत्रको काम… पुरा पढौ