समाचार

धानमा लागेन दाना, किसान चिन्तित

पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो । “विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको… पुरा पढौ

उत्तर कोरियाद्वारा एकैदिन २३ क्षेप्यास्त्र प्रहार

उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्काका समुद्री तट नजिकका जलीय क्षेत्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेका छन्। यस घटनाले २ पक्षबीचको शत्रुता अझै बढेको देखाएको छ। उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् एकैदिनमा कम्तीमा २३ वटा क्षेप्यास्त्र प्रहार गरेको छ। तीमध्ये एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको सोक्चो सहरदेखि ६० किलोमिटर भन्दा नजिक खसेको थियो। यसको प्रत्युत्तरमा सोलले विवादास्पद समुद्री सिमांकन रेखामा लडाकु विमानमार्फत वायुबाट जमिनमा मारहान्ने ३ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। पछि प्योङयाङले ६ वटा क्षेप्यास्त्र र तोपबाट १ सय वटा… पुरा पढौ

आजदेखि राजनीतिक दलले चुनावकेन्द्रीत जुलुस र आमसभा

राजनीतिक दल तथा उमेदवारले आज (बिहीबार)देखि मंसीर १ गतेसम्म चुनावी प्रचार–प्रसार गर्दैछन्। निर्वाचन आयोगका अनुसार मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम… पुरा पढौ

वनमाराले ढाकेका जमीनमा चिया बगान

पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेसमा बसाइँसराइका कारण पाखोबारी र खेतीयोग्य जमीन वनमाराले ढाकेका थियो। तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन्। चिया खेतीले वनमाराले ढाकेका पाखोबारी ढाकिएपछि किसानसमेत निकै उत्साहित भएका छन्। स्थानीयवासीले ४ वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केही बिरुवा ल्याएर लगाएका थिए। चियाको बिरुवा हुर्किए र परीक्षणसमेत सफल भएपछि किसान उत्साहित छन्। चियाको बोट राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन्। ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि… पुरा पढौ

बागलुङको बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुंगा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुंगामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो। बेलढुंगा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरवासका कारण सहज भएको छ। बेलढुंगा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताए। ‘समाचार र सामाजिक… पुरा पढौ

नेपाली काँग्रेस गण्डकी प्रदेशले थाल्यो जिल्ला भ्रमण

नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ। प्रदेशका सभापति शुक्रराज शर्मासहितको टोली गठबन्धनलाई जिताउन बुधबारबाट कार्यक्रमहरु लिएर भ्रमण सुरु गरिएको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी गराएका छन्। गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउनेतर्फ ध्यान केन्द्रीत हुन आग्रह गरे। नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन्। उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव… पुरा पढौ

पोखराको पुम्दी–भुम्दीमा एमाले उम्मेदवारको स्वागत

कास्की–३ अन्तर्गतको वडा नं २२ स्थित पुम्दीभुम्दीमा त्यहाँका स्थानीय मतदाताले नेकपा एमाले उम्मेदवारहरुलाई स्वागत गरिएको छ। वडाका विभिन्न कमिटीहरुले एमाले उम्मेदवारहरुलाई टोल–टोलमा भव्य स्वागत गरेका हुन्। विभिन्न टोलमा पुगेका एमाले उम्मेदवारहरुलाई त्यहाँका जेष्ठ नागरिकहरुले विजयीको आर्शिवाद समेत प्रदान गरे। कास्की–३ ‘ख’ प्रदेस सभा उम्मेदवार राजीव पहारी तथा प्रतिनिधीसभा उम्मेदवार दामोदर बैरागी त्यहाँ पुग्दा पुम्दी–भुम्दीका जनताहरुको उत्साहजनक सहभागिता जनाए। उम्मेदवारहरुको आगमनले आफूहरुमा उत्साह थपिएको त्यहाँका जनताहरुले बताए। एमालेनै विकास र परिवर्तनको संवाहक भएकाले यसपटक एमालेलाई नै विजयी गराउने उनीहरुले प्रतिबद्धता थियो।… पुरा पढौ

विकास निर्माणको निरन्तरताका लागि उम्मेदवारी: नेत्री भट्टराई

नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले विकास निर्माणको निरन्तरताका लागि आफूले उम्मेदवारी दिएको बताएकी छिन्। पोखरा महानगरपालिका वडा नं. १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा आयोजित मतदाता घरदैलो कार्यक्रममा उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता समेत जनाइन्। दु:खको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पूरा गर्न पुन: उम्मेदवार बनेको स्पष्ट पारिन्। नेतृ भट्टराईले जेष्ठ नागरिकलाई मासिक ५… पुरा पढौ

पोखराको पावरहाउसबाट अवैध लागूऔषध सहित यासिर पक्राउ

पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध मोहम्मद यासिर मिया पक्राउ परेका छन्। कास्की प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा तनहुँ व्यास–६, स्थायी घर भएका पोखरा–१०, बुद्धचोक बस्ने मोहम्मद यासिरको झोलाबाट ५ केजी १ सय ग्राम गाँजासहित बरामद गरेको छ। वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मोहम्मद यासिरलाई लागूऔषध सहित पक्राउ गरेको हो। मोहम्मद यासिरलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ५ दिन म्याद थप… पुरा पढौ

कास्कीबाट विभिन्न मुद्दाका १० जना फरार अभियुक्त पक्राउ

कास्कीबाट प्रहरीले विभिन्न मुद्दाका फरार १० जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले एकैपटक १० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरु जिल्ला अदालत कास्कीबाट विभिन्न मितिमा कैद तथा जरिवानाको फैसला भइ फरार रहंदै आएका अभियुक्तहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जनाएका छन्। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–२९ भण्डारढिक निवासी वर्ष ७२ को टेकबहादुर गुरुङ, सोही ठाउँकै निवासी ७१ वर्षीया रनमाया गुरुङ, सोही ठाउँकै ४० वर्षीय… पुरा पढौ