समाचार

नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप : उपाधिमा भारत र चीन हाबी

सन्देश श्रेष्ठपोखरा, चैत ८ पोखरामा सम्पन्न अन्र्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगितामा पुरुषतर्फ भारत र चीनका खेलाडीले संयुक्त उपाधि जितेका छन् । नेपाल हवाई खेलकुद संस्था ‘ना’ को आयोजनामा पोखरामा सम्पन्न ‘२१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६’ (एक्कुरेसी) को पुरुष एकलतर्फको स्पर्धामा दुबैले समान ७÷७ अंक प्राप्त गर्दै भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रुपमा उपाधि जितेका हुन् । वर्षाका कारण पहिलो र दोस्रो दिनको उडानलाई आधार मानेर भएको प्रतियोगितामा भारतका ईमान रम्तेल, एलिस्टर रम्तेल र मनिष उप्रेतीले समान ८÷८ अंक प्राप्त… पुरा पढौ

देशका बिभिन्न भागमा सवारी दुर्घटना: सात जनाको मृत्यु

मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो । मोरङको रङ्गेली नगरपालिका(७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार… पुरा पढौ

लम्जुङ्ग पोखरा सम्पर्क समितिको रक्तदानमा ३५ युनिट संकलन

पोखराको पृथ्वीचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । लम्जुङ्ग पोखरा सम्पर्क समिति, लम्जुङ पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेड र महिला उप समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको प्रमुख अतिथी महिला उपसमितिका संयोजक एवं सल्लाहकार चन्द्र कुमारी गुरुङ्गले पहिलो रक्तदाता सुजन गिरीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै उनले मानव जातिको सबैभन्दा ठुलो धर्म भनेकै अर्काको जीवन बचाउनु रहेको बताईन् । सम्पर्क समितिका अध्यक्ष इश्वर चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी विजुली बहादुर… पुरा पढौ

सुनको मुल्य तोलामा बाह्र हजार पाँच सयले घट्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५४० मा कारोवार भईरहेको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८९५ कायम भएको थियो । अघिल्लो… पुरा पढौ

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए । चिदीको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु २ ख… पुरा पढौ

अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन

गोरखाको लुईटेलमा रहेको अमर ज्योति जनता माविका भुतपुर्व विद्यार्थीहरुको भेला पोखरामा सम्पन्न भएको छ । सो विद्यालयमा अध्ययन गरी गण्डकी प्रदेश आसपासका क्षेत्रमा रहेका पुर्व विद्यार्थीहरुको भेलाले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज पोखराको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सदस्यहरूमा उमेशचन्द्र देवकोटा, हरि ढकाल, मनोज भट्ट र नरेश देवकोटा चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरु आवश्यकता अनुसार थप गर्न सकिने नवनिर्वाचित संयोजक श्रेष्ठले जानकारी दिए । सोही भेलाले सल्लाहकारहरुमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,… पुरा पढौ

परोपकार सर्वेश्वर नारी समूहको अध्यक्षमा रुकु कोइराला

पोखरा, चैत ७ परोपकार सर्वेश्वर नारी समूहको अध्यक्षमा रुकु कोइराला चयन भएकी छन् । समूहको शनिबार सम्पन्न १५ औं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समूहको निवर्तमान अध्यक्षमा मीनु कोईराला, उपाध्यक्षमा ईनु कोइराला, सचिवमा रञ्जिता बास्तोला, सहसचिवमा रचना कोईराला कोषाध्यक्ष सुमित्रा कोईराला, सहकोषाध्यक्षमा निसु कोईराला सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सविता कोईराला, कल्पना अधिकारी, सीता पाठक कोईराला, सिर्जना शर्मा कोईराला, ईन्दिरा कोईराला, सरिता घिमिरे कोईराला र सरु पनेरु अधिकारी चयन भएको निवर्तमान अध्यक्ष मीनु… पुरा पढौ

साहित्यकार महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ माथि पोखरामा परिचर्चा

पोखरामा कथाकार महेश्वर पन्तद्वारा लिखित कथा सङ्ग्रह ‘धर्तीमुनिका तारा’ माथि परिचर्चा गरिएको छ। लघुकथा प्रतिष्ठान पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा समीक्षक रिता अधिकारी ऋतुले उक्त कृतिमाथि आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै यसलाई डायस्पोरिक आत्म अन्वेषणको एउटा महत्त्वपूर्ण कडीका रूपमा चित्रण गरिन् । समीक्षक ऋतुका अनुसार, ‘धर्तीमुनिका तारा’ मा पराई भूमिमा रहेका नेपालीहरूले भोग्नुपरेको पहिचानको संकट, सांस्कृतिक द्वन्द्व र आन्तरिक छटपटीलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ। उनले भनिन्, “यो सङ्ग्रहका पात्रहरू न पूर्ण रूपमा पुरानो देशका हुन सकेका छन्, न त… पुरा पढौ

महिला उद्यमीलाई पोउवा संघले दियो तालिम

पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी र व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर भ्याट र करबारे तालिम दिएको छ । जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना ९आरएसआरएसडी० को सहयोगमा उद्योगी÷व्यवसायीलक्षित भ्याट र करसम्बन्धी तालिम संचालन गर्दै आइरहेको संघले शुक्रबार र शनिबार महिलाहरुका लागिमात्र तालिम आयोजना गरेको संघकी महासचिव तथा कार्यक्रम संयोजक शोभा गौतमले जानकार दिइन् । करिब ६५ जना महिलाको सहभागिता रहेको तालिममा सीए विवेक श्रेष्ठ प्रशिक्षक रहेका थिए ।तालिम समापनको अवसरमा शनिबार प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य… पुरा पढौ

मनोक्रान्ति ध्यान पदयात्रा भोलिदेखि

सन्देश श्रेष्ठपोखरा, चैत ७ पोखरामा भोलिदेखि मनोक्रान्ति ध्यान यात्रा हुने भएको छ । विकासानन्द फाउण्डेसन विश्व परिवार नेपालको आयोजना, विकासानन्द फाउण्डेसन विश्व परिवार गण्डकी प्रदेशको व्यवस्थापन तथा कास्की, दमौली, आबुखैरेनी र गोरखाको समन्वयमा ‘मनोक्रान्ति ः एक हप्ते पदयात्रा ध्यान–२०८२’ हुन लागेको हो । पोखरा–गोरखाको १२५ किलोमिटर ध्यान पदयात्रा अन्तर्गत पहिलो दिन चैत ८ गते पोखरा–२३ बरंग आश्रमबाट शुरु भई लेखनाथचोकमा पुगेर टुंगिनेछ । सो दिन त्यहि वास बसेर भोलिपल्ट चैत ९ गते विहान पुनः शुरु हुने पदयात्रा तनहुँको शुक्लागण्डकी नगरपालिका… पुरा पढौ