समाचार

शोकमा रहेका एमाले अध्यक्ष ओली भेट्न राष्ट्रपति र उपराष्ट्रपति गुण्डुमा

राष्ट्रपति रामचन्द्र पौडेल, पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । गुण्डु पुगेका राष्ट्रपति पौडेलले ओलीलाई समवेदना प्रकट गरेका छन् । उनले ओलीका पिता मोहनप्रसाद ओलीको तस्विरमा माल्र्यापण गर्दै, शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरे । यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका एमालेका अध्यक्ष ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । पुरा पढौ

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सोमबारदेखि तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ’एड्भान्स्ड’… पुरा पढौ

आर्बामा सिग्देल बन्धु प्रतिष्ठान गठन

सिग्देल बन्धु प्रतिष्ठान नेपालले प्रदेश तथा ईकाइ समितिहरु गठन गर्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाईएको छ । अभियान अन्तर्गत कास्कीको आर्बामा बसोबास गर्दै आएका सिग्देल बन्धुहरुको भेलाले प्रकाश सिग्देलको अध्यक्षतामा ११ सदस्यीय ईकाइ समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा साबित्री सिग्देल, सचिवमा राजनकुमार सिग्देल, सहसचिवमा तारानाथ सिग्देल तथा कोषाध्यक्षमा सूर्यबहादुर सिग्देल चुनिएका छन् । सदस्यहरुमा सिता सिग्देल क, राधा सिग्देल, बिनोदकुमार सिग्देल, रामबहादुर सिग्देल, शर्मिला सिग्देल र मोहन सिग्देल रहेका छन् । भेलाले हरिकृष्ण सिग्देल, ऋषीराम सिग्देल, रामजी सिग्देल, माधव… पुरा पढौ

रश्मि आचार्यको चुनावी खर्च २३ लाख बढी

नेकपा एमालेका युवा नेता रश्मि आचार्यको चुनावी खर्च २३ लाख ५ सय भएको छ । एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य कास्की क्षेत्र नं. २ बाट उमेद्वार बनेका थिए । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख ५ सय खर्च गरेको उल्लेख छ ।आचार्यले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली तथा फोटोकपि खरिदका लागि ९५ हजार रुपैयाँ, सवारीसाधन भाडा खर्च तथा इन्धन खर्चसहित ३ लाख, छपाई तथा प्रचार प्रसारमा ५ लाख ५० हजार, गोष्ठी, कार्यकर्ता परिचालनमा १ लाख… पुरा पढौ

पृथ्वी राजमार्ग विस्तार:अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन । आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । पर्यटकको सहजीकरणका लागि केन्द्रमा पर्यटन बोर्डबाट कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी रहने उनले बताए । पर्यटन राजधानी पोखरा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक… पुरा पढौ

पोखरामा चैत ५ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने

सन्देश श्रेष्ठपोखरा, चैत २ पोखरामा अन्र्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए । प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा नेपालसहित ७ भन्दा बढी देशका करीब एक सय जना खेलाडी… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए… पुरा पढौ

असिनाले पोखराका बिभिन्न वडाका फलफूल र तरकारी बालीमा क्षति

असिनाका कारण पोखराका विभिन्न भू–भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ । असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, १९, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । सुन्तला, आँप, लिची जस्ता फूल फुल्न लागेका अवस्थामा आएको असिनाले क्षति बनाएको हो । असिनाले लसुन, प्याज, तरबुजा आदि खेतीमा पनि असर परेको उनले बताए । बर्सेनि क्षति पुग्ने गरेकाले असिना छेक्ने जाली उपलब्ध गराउनुपर्ने किसानको माग छ । पछिल्ला वर्षमा… पुरा पढौ

सनराईज क्लवले मनायो १८ औं स्थापना दिवस

पोखरा महानगरपालिका वडा नम्वर –२६, अर्घौंमा रहेको सनराईज क्लवले वृद्ध तथा वाल आश्रममा खाद्यान्न सामग्री प्रदान गरी १८औं स्थापना दिवस मनाएको छ । क्लवले पोखरा २७, सयलापाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा वाल आश्रममा खाद्यान्न, तरकारी, खाजा तथा अन्य सामग्रीहरु सहयोग गरी स्थापना दिवस मनाएको वताईएको छ । कार्यक्रममा बोल्दै वृद्ध तथा वाल आश्रमका संरक्षक कल्याणकुमार कार्कीले आश्रमको ऐतिहासिक पक्ष र वर्तमान अवस्थाका बारेमा जानकारी गराउदै क्लवद्धारा प्रदान गरिएको सहयोगको लागि हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा संस्थाका वरिष्ट… पुरा पढौ