समाचार

८ असोजमा टिच फर नेपालको इन्फो सेसन पोखरा हुँदै

टिच फर नेपालले असोज ८ गते पोखरामा इन्फो सेसन पोखरा गर्दैछ। नेपालमा सार्वजनिक शिक्षा सुधारमा कार्य गर्दै आएको टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको हो। पोखराको सिटी स्क्वायरमा एक कार्यक्रम आयोजना गरी टिच फर नेपालले आफ्नो फेलोसिप कार्यक्रमबारे जानकारी गराउन साथै युवाहरुलाई सार्वजनिक शिक्षा सुधारको योजनामा जोड्नको लागि यो कार्यक्रम आयोजना गर्न लागेको हो। शिक्षामा थप सवलिकरण गर्न तथा स्नातक उत्तीर्ण युवालाई अवसर प्रदान गर्न टिच फर नेपाल यस्तै प्रकारको इन्फो सेसनको आयोजनाको… पुरा पढौ

अमरसिंह माबिमा भुपु बिद्यार्थीको अधिवेशन

पोखरा–१२ रामघाटमा रहेको अमरसिंह माबि, भुतपुर्व बिद्यार्थी एशोसियसनले आफ्नो ११ औ अधिवेशन गरेको छ । एशोसियसनको अधिवेशनले आगामी कार्यकालका लागि विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा गठन गरेको छ। एशोसियसनको उपाध्यक्षमा राजेन्द्रराज बस्ताकोटी, सचिवमा महेन्द्र भुर्तेल, सह–सचिबमा लिलाधर अधिकारी र कोषाध्यक्षमा शशी भुर्तेललाई छानेको छ। त्यस्तै, कार्यसमिति सदस्यहरुमा लक्ष्मी गुरुङ, सुर्यप्रसाद तिमिल्सिना, ज्योति तामाङ, अमृत बराल, नविन श्रेष्ठ र कृष्ण गिरि छन्। अमरसिंह माबिका प्रधानाध्यापक तेजस्वी बरालले अधिवेशनको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै बरालले अमरसिंह माबिको शैक्षिक तथा… पुरा पढौ

संजिवनी दिदि बहिनी केन्द्रको अधिवेसन सम्पन्न, अध्यक्षमा पुनः बिना गुरुङ

पोखरा । छोरी तथा बुहारी पढाऔं, उज्ज्वल भविष्यका लागि अगाडि बढौं नाराका साथ क्रियाशिल संजिवनी दिदिबहिनी केन्द्रको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः बिना गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।समितिको उपाध्यक्षमा हिरा गुरुङ, सचिवमा कौसिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा बिर्मला गुरुङ, सहकोषाध्यक्षमा दिलमाया प्रजापति र सदस्यहरुमा मिलन थापा, गिमाया गुरुङ, देवकुमारी हिराचन, शारदा शर्मा, सरु अधिकारी चयन हुनुभएको निर्वाचन समिति संयोजक गुणाखर सापकोटाले जानकारी दिए ।साधारणसभा तथा अधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका… पुरा पढौ

जिवन सिग्देलको ठुली कान्छी बोलको गीत सार्वजनिक

पोखरा । जिवन सिग्देलको ठुली कान्छी बोलको गीत सार्वजनिक भएको छ । विषेशगरि गाउँघरमा स्कुले जीवनमा युवायुवतिले एक अर्कालाई मन पराएर मनको कुरा व्यक्त गरिएको भावमा रचिएको ठुली कान्छी बोलको गीत जीवन सिग्देलकै अफिसियल युटुवमा सार्वजनिक गरिएको हो । गायिका पुजा देवकोटा र स्वयम जीवन सिक्देलको आवाजमा सजिएको गीतमा नवराज पन्तको शब्द तथा सिग्देलकै संगित रहेको छ । टिकटक स्टार बर्षा क्षेत्री ,निक्स् शर्मा, जुना गुरुङ, अभिषेक श्रेष्ठ,रिया खड्काले अभिनय गरेको गीतमा विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गायक सिग्देलका… पुरा पढौ

क्यान्सर पीडित घिमिरेलाई नेपाली काग्रेस वडा इकाई ६को आर्थिक सहयोग

पोखरा । बेंसीशहर नगरपालिका ८ का रक्त क्यान्सर पीडित २९ बर्षीय विकास घिमिरेलाई नेपाली काग्रेस वडा इकाई ६ बैदामले आर्थिक सहयोग गरेका छ । संविधान दिवसको अवसरमा इकाई ६ले सहयोग गरेको हो । पोखरा महानगर पालिका वडा ६ बैदामका नेपाली काग्रेसका कार्यकताहरुले आर्थिक संकलन गरि घिमिरेको उपचारमा सघाउ पु¥याउन ३२ हजार ५५ रुपियाँ सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली काग्रेस वडा इकाई सभापति सन्तोष पौडेलले विकास घिमिरेकी दिदी पोखरा ६ बैदाम मुलथोक निवासी अनिता घिमिरे बराललाई… पुरा पढौ

राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई सफलता

पोखरा । नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई अधिक सफलता मिलेको छ । गत शुक्रबार र शनिबार काठमाडौं स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगितामा कास्कीका खेलाडीहरुले विभिन्न तौल समूहमा पदक जितेका हुन् । प्रतियोगितामा पुरुषतर्फ ४५ बर्ष भन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । रानीपौवा स्पोर्ट्स सेन्टरका खेलाडी गुरुङले ५३७.५ केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् । त्यस्तै प्रतियोगितामा महिला तर्फ सबै भन्दा धेरै तौल उचालेर ज्योति थापा… पुरा पढौ

श्री लक्ष्मी आदर्श टोल विकाश संस्थामा जिसी

पोखरा । पोखरा महागरपालिका वडा नं २७ को श्री लक्ष्मी आदर्श टोल विकाश संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि सप्त बहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिमला पहारी पौडेल र जयराम राज भण्डारी, सचिवमा सिता बास्तोला पराजुली, सह सचिवमा बलराम लामिछाने र कोषाध्यक्षमा गणेश पौडेल चयन गरेको छ । समितिका सदस्यहरुमा विद्यादेवि शर्मा, अम्बिका पोखरेल, रचित पौडेल, थानेश्वर भट्टराई र लक्ष्मी वि.क. रहेका छन् ।… पुरा पढौ

विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो । विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताए । विसं २०७० बाट शिक्षण पेशामा लाग्नुभएका ३९ वर्षीय घले करिब आठ महिना अगाडि घर नजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर… पुरा पढौ

संविधान कार्यान्वयनको चर्चा

सुदूरपश्चिम । नेपालको संवैधानिक इतिहासमा संविधानसभाबाट बनेको नेपालको संविधान २०७२, लागू भएको आज सात वर्ष पूरा भएको छ । संविधानबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका सरकार गठन भई शासन व्यवस्था सञ्चालन भइरहेको छ । सबै तहका सरकारले आआफ्ना अधिकारको प्रयोग गरेर शासन व्यवस्था सञ्चालन गर्दा भइरहेको संविधानको कार्यान्वयनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न मद्दत पु¥याएको छ । संविधानबमोजिम राज्यव्यवस्था सञ्चालनको अधिकार पहिलेको जस्तो सिंहदरबारमा सीमित नराखी स्थानीय तह र प्रदेश तहमा लैजानुलाई संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको… पुरा पढौ

काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिककै भरपर्दो उपचार केन्द्र

झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा सेवा लिने ६० हजारभन्दा बढी आँखाका रोगीमध्ये ८० प्रतिशत भारतीय रहेका पाइएको छ । भारतका बिहार, झारखण्ड, आसाम, सिक्किम, नागल्याण्ड, मेघालय, वेष्ट बङ्गाललगायत स्थानबाट आँखा उपचारका लागि नेपाल आउने गरेका अस्पतालका सञ्चालक बताउँछन् । सीमा क्षेत्रका… पुरा पढौ