समाचार

एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना

पोखरा । गतवर्ष भएको नेकपा एमाले कास्कीको १० औँ अधिवेशनमा देशकै कान्छो जिल्ला सदस्यमा निर्वाचित भएका थिए विवेक त्रिपाठी । एमाले कास्कीका सयौ जनालाई पछि पादै लोकप्रिय मत ल्याएका उनै त्रिपाठी कास्की जिल्ला क्षेत्र नम्वर ३ मा अहिले संघीय संसद प्रतिनिधि सभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् । उमेरले २७ काट्दै गरेका त्रिपाठी उमेदवार बन्ने आकांक्षीमध्यकै कान्छा हुन् । १० औँ अधिवेशनमा विद्यार्थी राजनीतिमा उमेर हद लागु गर्नु पर्ने भन्दै राजीनामा दिएर शक्रिय राजनीतिमा लागेका थिए । जिल्ला निवार्चनमा… पुरा पढौ

पोखराका सम्पदाको संरक्षण महानगरले गर्छ: उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा पोखराको सम्पत्ति भएको बताउदै यसको संरक्षण गर्ने जिम्मेवारी महानगरको भएको बताएका छन् । पोखरा ३१ म रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको २० औँ साधारणसभा तथा १० औँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै कोटहरुको संरक्षणका महानगरले ध्यान दिएको र नीति तथा कार्यक्रममा समावेश गरेको बताएका हुन । उनले पोखरालाई पर्यटकीय सहरका रुपमा विकास गदै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गदै यस्ता कोटहरुलाई धार्मिक पर्यटकीय गतन्ब्यका… पुरा पढौ

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने

पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने भएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । संघ नेकपा (एमाले) को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगतको एक महत्वपूर्ण घटक हो ।सम्मेलन भव्यताका साथ सफल पार्न गत साउन १४ गतेको भेलाले बेदबहादुर गुरुङ ९श्याम०को संयोजकत्वमा १४१ सदस्यीय सम्मेलन आयोजक समिति, पोखरा गठन गरेको छ । संयोजक गुरुङका अनुसार सम्मेलन… पुरा पढौ

सूचनाको हक पोखरा महानगर सञ्जालले वडा भित्रका टोल–टोलमा उपसमिति गठन गर्ने

पोखरा । सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की अन्तरगत रहेको पोखरा महानगर सञ्जालले पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ । सूचनाको हक पोखरा महानगर सञ्जालको शुक्रबार बसेको पहिलो बैठकले वडालगाएत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिए । आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए । त्यस्तै सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा… पुरा पढौ

पोखरा बचत सहकारीको २३औं साधारणसभा सम्पन्न

पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३सौं वार्षिक साधारणसभा एक समारोहका बीच मिति २०७९ भाद्र २५ गते शनिबारका दिन पोखरामा सुसम्पन्न भयो । संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारको् अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं. ९ का नवनिर्वाचित अध्यक्ष दिपेन्द्र मर्सानीले तुलसीघाटलाई स्वर्गद्वारीमा रुपान्तरण गर्नका लागि स्थानीय सहकारीहरु लगायत विभिन्न सामाजिक संघसंस्थाहरुसँग वडाले सहकार्य गर्न चाहेको र वडा नं. ९ भित्र रहेका संघसंस्थाहरुलाई उक्त अभियानमा सहयोग र हातेमालो गर्न आग्रह गरे ।… पुरा पढौ

चिल्ड्रेन नेपालको आयोजनामा बाल अधिकार सम्बन्धि तालिम

पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा कास्कीका ३ विद्यालयमा बाल अधिकार सम्बन्धि तालिम सम्पन्न गरिएको छ । राष्ट्रिय बाल दिवस २०७९ को अबसर पारेर चिलड्रेन नेपालले कालिका माध्यमिक विद्यालय,कन्या माध्यमिक विद्यालय र साहारा आधारभुत विद्यालयमा संचालन गरेको हो । सामुदायिक बिद्यालयका बालबालिकाहरुको क्षमता बिकासलाई सहयोग पुग्ने उदेश्यले बाल अधिकार , बाल संरक्षण ,बाल सहभागिता ,कर्तव्य र जिम्मेवार तथा बाल क्लबको गठन प्रक्रिया साथै लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बिषयमा प्रशिक्षण गराईएको तालिममा ३ विद्यालयका गरि ६० जना बालबालिकाको सहभागीता रहेको… पुरा पढौ

युवा संघ पोखरा १७ मा पौडेल

पोखरा । नेकपा एमाले निकट यूवा संघ नेपाल पोखरा– १७ को अध्यक्षमा कृष्ण पौडेल चयन भएका छन् । एमाले सम्बद्ध भातृसंगठन नेपालको शुक्रबार भएको भेलाले पौडेलको अध्यक्षतामा ३७ सदस्यीय पोखरा १७ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विकास गुरुङ, सचिवमा सागर आचार्य, सहसचिवमा लक्ष्मण बराल, विष्णु भण्डारी र कोषाध्यक्षमा विनिता पौडेललाई चयन गरेको छ । नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई युवा संघ नेपाल ,कास्कीका अध्यक्ष पान बहादुर जिसीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यसअघि भेलाको नेकपा एमाले… पुरा पढौ

पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका १३ सय खेलाडी सहभागि हुने

पोखरा । पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका १ हजार ३ सय जना खेलाडीहरु सहभागि हुने भएका छन्। आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।।… पुरा पढौ

पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘सुनकेशरी’ मञ्चन सुरु

पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट नाटक ’सुनकेशरी’ मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित यो नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन्। मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतीमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त्त सो दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी,… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीमा ९ जना सल्लाहकार मनोनयन

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ९ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई मनोनयन गरिएको परिषदले जनाएको छ । गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् । परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (कास्की), गणेश बहादुर भट्टराई (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न… पुरा पढौ