समाचार

नदीपुरमा क्लबस्तरीय भलिबल जारी, अर्चलबोट, लामाचौर, तनहुँ र एसियन सुज अन्तिम चारमा

पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय महिला भलिबलको अन्तिम चारमा अर्चलबोट क्लब, लामाचौर पुन समाज, हैदागा तनहुँ र एसियन सुज प्रवेश गरको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए । उनका अुनसार अर्काे खेलमा एसियन सुजले गुरुकुल स्कुललाई २५–४ र २५–१० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्याै । शान्ता भलिबल प्रशिक्षण… पुरा पढौ

वक्तृत्वकला प्रतियोगितामा प्रथम र द्धितिय स्थान गोल्डेन फ्युचरलाई

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा –१५ उपशाखाको अन्तर मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस दिवस एवं विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर पोखरा –१५ उपशाखाले ‘विपदमा रेडक्रसको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो। कार्यक्रमलाई उद्घाटन गर्दै पोखरा –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पोखरा–१५ उपशाखाले वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेकोमा खुसी लागेको बताउँदै नेपालका धेरै विपदहरुमा सहयोगी भूमिका निभाउँदै आइरहेको नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको पोखरा –१५ उपशाखाले पनि राम्रो कार्यकुशलताको प्रदर्शन र हरेक क्षेत्रमा आइपरेका… पुरा पढौ

महिलाहरु आर्थिक रुपमा सबल र सक्षम हुनुपर्छ:उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नभएसम्म समाजमा स्थापित हुन कठिन हुने बताएका छन् । पोखरा महानगरमा सञ्चालित उपप्रमुखसंग महिला कार्यक्रम बारे नवनिर्वाचत महिला जनप्रतिनिधिसंगको अन्तर्रक्रियामा बोल्दै उहाँले महिलाहरु आर्थिक रुपमा अरुसंग निर्भर हुनेहुदाँ समाजमा पछाडी परेको बताउदै स्वरोजगार बन्नुपर्नेमा जोड दिए । उनले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम संचालन गरेका बताए । उनका अनुसार २०७५ सालदेखि कार्यक्रम सञ्चालन… पुरा पढौ

विपी जयन्तीको अवसरमा वीपी स्मृति पुस्तकालयको उद्घाटन

नेपाल काँग्रेस गण्डकी प्रदेशद्वारा विपी जयन्तीको अवसरमा वीपी स्मृति पुस्तकालयको उद्घाटन भएको छ। पोखरा–३ तेर्सापट्टीमा रहेको प्रदेश कार्यालयमा आउने अतिथिहरुलाई मध्यनजर गर्दै सुविधा सम्पन्न पुस्तकालय स्थापना गरिएको हो । शुक्रबार उद्घाटन कार्यक्रममा १०९ औं वीपी जयन्तीको अवसर पारी वीपी स्मृति पुस्तकालय र सूचना, सञ्चार तथा प्रचार–प्रसार विभाग अन्तर्गत सूचना प्रविधि कक्ष उद्घाटन तथा अक्षयकोष एवम् पुरस्कार घोषणा कार्यक्रम भएको हो । वीपी स्मृति पुस्तकालय कक्षको उद्घाटन गर्दै पूर्व उपकुलपति प्रा.डा.केदार भक्त माथेमाले नेपाली काँग्रेस गण्डकी प्रदेशले पुस्तकालय स्थापना गर्नु खुसीको… पुरा पढौ

बजारमा सिटामोलको माग उच्च

काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका… पुरा पढौ

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

देउखुरी । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए ।रासस पुरा पढौ

छाडा पशु व्यवस्थापनको पहल

खजुरा । नेपालगञ्ज सहरमा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल सुरुआत भएको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना निर्माण गरेको छ । बैठकको निर्णयअनुसार यही भदौ महिनाभित्र पशु चौपाया गाई, गोरु, गधा, खच्चड, घोडा, बङ्गुर सडकमा छाडा नछोड्न आग्रह र माइकिङसहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौ मसान्तपछि पशु चौपाय छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन… पुरा पढौ

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। सहकारीको १०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको हो। साधारण सभाले नियमित रुपमा कारोबार गर्ने सेयर सदस्यहरुलाई बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका अध्यक्ष शेर बहादुर कार्किको सभापतित्व एवं कास्की बचत संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यमा भएको साधारण सभाले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले स्थपनाकालदेखि नै संस्थामा आवद्ध सदस्यहरुको विकास, प्रवद्र्धन र… पुरा पढौ

महानगरपालिकाद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो । वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले… पुरा पढौ

पाकिस्तानमा बाढी पहिरोबाट थप ३६ को मृत्यु

पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समयमा बर्षासँगै आएको बाढी पहिरोका कारण दैनिक धनजनको क्षति भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन भने छ जना महिला रहेक जनाएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी सिन्ध प्रान्त प्रभावित भएको छ । पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन् । अर्का एक जनाको भने पाख्तुन्खवा प्रान्तमा… पुरा पढौ