समाचार

भारतीय सेनाध्यक्ष काठमाडौँमा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज यहाँ आइपुगेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक स्वागत अभिवादन गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छन । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ… पुरा पढौ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो । पहिलो दिन दुई सुत्केरीले सेवा पाएको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।नगर उप–प्रमुख निलम लेखक जोशीले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको बताए । भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले नगरपालिकासँग एउटा मात्रै एम्बुलेन्स भएकाले महाकाली प्रादेशिक अस्पताल, नेपाल रेडक्रस सोसाइटी र परिवार नियोजन सङ्घसँग भाडामा… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ६८ अङ्कले उकालो लागेर एक हजार नौ सय ७७ दशमलब ३० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५७ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलब ७७ अङ्कमा पुगेको छ । कूल दुई सय २७ कम्पनीको २८ लाख ७६ हजार दुई सय ८८ कित्ता शेयर रु एक अर्ब सात… पुरा पढौ

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए । राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।रासस पुरा पढौ

सार्वजनिक र सरकारी जग्गा खाली गराउन आग्रह

काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई आग्रह गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा… पुरा पढौ

विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएकाले त्यस्तो अवस्थामा सुधार गर्न माग गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी चयन गर्ने परम्परा थालनी भएको र यो क्रम नरोकिएकामा चिन्ता व्यक्त गरे । नेता प्रधानले विद्यार्थी र पदाधिकारीबीच द्वन्द्व बढेको तथा विद्यार्थीले प्रश्न उठाउँदा मुद्दा लाग्ने अवस्था आएको पनि बताए । उनले राजनीतिक पूर्वाग्रह राख्ने पदाधिकारी नियुक्त गर्दा यसको साख गिर्दो भएकाले यस प्रकारको समस्या समाधान गरी विश्वविद्यालयलाई… पुरा पढौ

यामाहा जेडआर माइलेज च्यालेन्ज सम्पन्न, पोखरेल प्रथम

पोखरा । भि.ए डब्लु इन्टरप्रइजेज यामाहा पोखराले आयोजना गरेको माइलेज च्यालेन्जमा श्याम प्रसाद पोखरेल प्रथम भएका छन् । प्रतियोगितामा पोखरले प्रति लिटर ७२.७७ किमिको दुरी पुरा गर्दै विजेता घोषित भएका हुन् । यस्तै प्रतिलिटर ७१.७२ किमि सहित अर्जुन बहादुर मगर द्वितिय र प्रति लिटर ७२.७९ किमि पुरा गरेका जेनिश ध्वजु तृतिय भए । यामाहाको जेडआर एफआई स्कुटरले प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने कम्पनीको दावीलाई प्रमाणीत गर्न उक्त कार्यक्रमको आयोजना गरिएको भि.ए डब्लु इन्टरप्रइजेज पोखराले जनाएको छ । ४० जनाको सहभागिता… पुरा पढौ

बसाइसराइले उजाडिएको मानहुँ डाँडामा पुनः बस्ती बस्दै

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमाथिको गाउँ हो, मानहुँ डाँडा । तल दमौली बजार छ, त्योभन्दा माथि मानहुँ डाँडाको फेदीमा मादी र सेती नदीको सङ्गमस्थल छ । उक्त नदीको सङ्गमस्थलको दायाँबायाँ व्यास गुफा र पराशर गुफा पर्छ । सोही गुफाको शीरमा करिब एक हजार सय मिटर उचाइमा रहेको गाउँ हो मानहुँडाँडा । झण्डै एक वर्षअघि मानहुँ डाँडाबाट देखिने कुहिराका कारण टिकटकमा भाइरल हुँदै आएकाले पोखरा र काठमाडाँै जाने आन्तरिक तथा बाह्य पर्यटकको अग्रणी गन्तव्यस्थल बनेको छ मानहुँ डाँडा । हामीले यसलाई… पुरा पढौ

छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा छुर्पी उद्योग सुरु हुनुअघि अधिकांस किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे । त्यति मात्रै होइन, उनीहरु टाढा टाढासम्म दूध बिक्री गर्न लैजान बाध्य थिए… पुरा पढौ

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक भ्याट जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो… पुरा पढौ