समाचार

प्रधानमन्त्री पत्नी आरजु राणा बाग्लुङ–२ बाट पनि सिफारिस

प्रधानमन्त्री पत्नी डा. आरजु राणा बागलुङ क्षेत्र नं २ बाट पनि सिफारिस भएकी छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बाग्लुङले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाउँदा आरजुलाई बागलुङको क्षेत्र नं २ बाट सिफारिस गरेको हो । बाग्लुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको शनिबार सम्पन्न बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको छ । काँग्रेसबाट बाग्लुङ क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा उम्मेदवारमा गणेश… पुरा पढौ

काँग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सपना

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा वरिष्ठ नेता पौडेलले देशको आवश्कता भनेको अहिले आफू प्रधानमन्त्री बन्नु रहेको बताए । उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ ।’ पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए । मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको… पुरा पढौ

खगराज अधिकारी पनि गण्डकी प्रदेश सभामा चुनाव लड्दै

एमाले स्थायी कमिटी सदस्य, पूर्वगृहमन्त्री खगराज अधिकारीको नाम प्रदेशसभामा सिफारिस भएको छ । प्रदेश सभातर्फ कास्की क्षेत्र १ (क) चुनाव लड्ने इच्छा व्यक्त गरेका अधिकारीले आफूलाई प्रदेशसभामा नाम लेखाएका हुन्। प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अधिकारीको नाम सिफारिस गरेको निर्वाचन क्षेत्र समन्वय कमिटीले जनाएको छ । अधिकारीसँगै टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस गरिएको छ । अधिकारीलाई मुख्यमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिएको छ । अधिकारी अहिले संघीय सांसद छन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा… पुरा पढौ

पृथ्वीसुब्बा गुरुङ पुन: प्रदेश सांसदकै उम्मेदवारमा सिफारिस

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पुन: प्रदेश सांसदकै उम्मेदवारमा सिफारिस भएका छन् ।उनको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको हो ।गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए ।नेकपा एमाले लमजुङको शनिबार बेँसीसहरमा बसेको ५ औँ पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो । गुरुङसँगै प्रत्यक्षतर्फ नै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ । लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम… पुरा पढौ

युनिट्राभ गण्डकी प्रदेश अध्यक्षमा शालिकराम तिमिल्सिना निर्वाचित

युनिट्राभ गण्डकी प्रदेशको अध्यक्षमा शालिकराम तिमिल्सिना निर्वाचित भएका छन् । नेपाल ट्रेकिङ–ट्राभल्स, एयरलाइन्स, पुरातात्विक संस्कृति, कार्गो कुरियर, कर्मचारी मजदुरयुनियनहरुको छाता संस्थाको प्रथम अधिवेशनले तिमिल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो । संस्थाका उपाध्यक्षमा ववरसिंह दुलाल, सचिवमा रामकृष्ण तिमिल्सिना, कोषाध्यक्षमा अशोक पौडेल, सहसचिवमा कमलबहादुर कार्की छन् । यसैगरी, सदस्यहरुमा दुर्गाबहादुर नेपाली, शोभा सुनुवार, रमेश भुजेल, पदमप्रसाद पौडेल, धनकुमारी कुलुङ, लक्ष्मी मल्ल, लिला पुनमगर र सविता परियार छन् । कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं मजदूर नेता मिना गुरुङले देशको हरेक सवालमा मजदुरको… पुरा पढौ

पोखराका मेयर आचार्यको १०० दिन सार्वजनिक

पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फूलका बिरुवा रोपेर आफ्नो कामको सुरुवात गरेको बताए । आफ्नो १०० दिनको कामबाट आफू सन्तुष्ट रहेको उनको भनाई थियो । प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्धार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो… पुरा पढौ

मध्यपहाडी राजमार्ग : पोखरा महानगर खण्डको ठेक्का आह्वान

लामो समयदेखि विवादित रहेको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखांकन (एलाइनमेन्ट) टुंगो लागेपछि ठेक्का आह्वान गरिएको छ । पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैंसेसम्मको राजमार्ग निश्चित नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन । राजमार्गको नयाँ रेखांकनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँतिर सरेको छ । यसबाट पोखराको ग्रामीण क्षेत्र सुविधासम्पन्न राजमार्गमा जोडिनेछन्। अर्मलाकोट, आँटीघर मौजा, सिक्लेस, ताङतिङलगायतका पर्यटकीयस्थलको महत्व झनै बढाउने भएको छ । मध्यपहाडीको पोखरा खण्डको दशकअघि तय गरिएको रेखांकन क्षेत्रमा पछिल्लो… पुरा पढौ

प्रदेश स्तरीय बक्सिङ तर्फको छनौट सकियो

पोखरा । आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बक्सिङ तर्फको छनौट प्रतियोगिता सम्मन्न भएको छ । आज भएको अन्तिम छनौट खेलमा विभिन्न तौल समुहमा महिला तथा पुरुष खेलाडी छनौट भएका हुन् । जस अन्तर्गत पुरुष तर्फ ४८ केजी तौल समुहमा दर्शन गुरुङ(कास्की),५१ तौल समुहमा विपिन गुरुङ ( तनहुँ ),५४ केजी तौल समुहमा उपाश गुरुङ ( नवलपुर ),५७ मा बुद्ध गुरुङ (गोरखा ),६० मा निश्चल गुरुङ (नवलपुर ),६३.५ केजी समुहमा सागर परियार (कास्की ),६७ मा सफल घर्तिमगर(नवलपुर ),७१ निशान गुरुङ(… पुरा पढौ

प्रदेश स्तरिय फुटबलमा स्याङ्गजा र नवलपुर बिजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्गजा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ । पोखरा रंगशालाको बि ग्राउन्डमा शनिबार सम्पन्न भएको खेलमा कास्कीलाई शुन्यको विरुद्ध ५ गोल गर्दे स्याङ्गजाले जित निकालेको हो । स्याङ्गजाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन । त्यस्तै खेलको २२ औ मिनेटमा टीम क्यापटेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाएकी थिइन । खेल अवधीभर कास्की माथि हावी भएको प्रतियोगितको ३९ र ४०… पुरा पढौ

प्रदेश खेलकुद प्रतियोगिता : आइटिएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन

पोखरा । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ । पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो । यसै गरी तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ । प्रतियोगिता अन्तर्गत महिला स्पाइरिङ ४० देखि ५९ केजी मुनीको तौलमा बागलुङका चार जना खेलाडीहरुले स्वर्ण पदक जितेका छन् ।… पुरा पढौ