समाचार

लायन्स क्लब अफ पोखरा ब्लु स्काईद्वारा सिद्धबराह तपोवनमा वृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले पोखरा २३ स्थित सिद्धबराह तपोबन आश्रममा परिसरमा वृक्षरोपण गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार वृक्षरोपण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका वृक्षारोपण विभाग कास्कीका प्रमुख जगन्नाथ तिमिल्सिनाले हरियाली आवश्यक रहेको हुँदा वृक्षरोपण कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए । साथै वातावरण जोगाउनु हामी सबैको दायित्व भएको समेत तिमिल्सिनाले बताए । त्यस्तै कार्यक्रमको अध्यक्षता गरिरहेका लायन्स क्लब अफ पोखरा ब्लु स्काईका अध्यक्ष कमल सुवेदीले आगामी दिनमा पनि यस्ता कार्यक्रम… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघमा केसी ग्रुपको ‘इण्ट्रि’

पोखरा । पोखरा उद्योग बाणिज्य संघमा देशकै प्रतिष्ठित उद्योगी घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन भएकी हुन् । उनले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व गरेकी हुन् । माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहनुभएका कार्की पोखराको जोण्टा क्लव, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल मनोनित भएकी हुन् । पोखरा उद्योग वाणिज्य… पुरा पढौ

बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ

काठमाण्डौं । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँ शोकमा डुबेको छ । सीमावर्ती भारतीय सहर रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि. ९९४४ नं को यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबङ्कीमा दुर्घटना हुँदा राप्ती सोनारी– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएका… पुरा पढौ

राष्ट्रिय खेलकुद : एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् । गण्डकी प्रदेशले प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ । जिल्लास्तरीय छनोटपछि गण्डकीको खेलकुद परिषद्ले प्रादेशिक खेलकुद प्रतियोगिता गरी खेलाडी छनोट गरेको हो । करिब ४० वर्षपछि राष्ट्रिय खेलकुद गण्डकीमा हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले… पुरा पढौ

हराउँदै गौराको मौलिकता

दोधारा चाँदनी । गौरा पर्वको आफ्नै गरिमा र महिमा छ । यो पर्व डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढी छ । पछिल्लो समय आधुनिकताका कारण गौराको मौलिकता हराउँदै गएको छ । खास गरेर गौरा भन्ने वित्तिकै महिलाले ब्रत बस्ने र दुबधागो लगाउनेसँग सम्बन्धित हुन्छ । अहिलेको पुस्ताले भने महत्वको ख्यालै नगरि केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेका छन् । विभिन्न सङ्घ संस्थाले संस्कृतिको जर्गेना गर्नुपर्ने ठाउँमा गौराको मूल मर्ममाथि नै प्रहार हुने गरी महोत्सव भनेर… पुरा पढौ

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताए । अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उनले अझै केही समय गाली र आलोचना मात्रै… पुरा पढौ

बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ

राँझा । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँ शोकमा डुबेको छ । सीमावर्ती भारतीय सहर रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि। ९९४४ नं को यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबङ्कीमा दुर्घटना हुँदा राप्ती सोनारी– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएका… पुरा पढौ

अफगानिस्तानको मस्जिद विस्फोटमा प्रमुख धर्मगुरुसहित १८ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरस्थित एक मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । विस्फोटमा परी २३ जना घाइते भएका छन्। ‘हेरात शहरको गाजर गाह मस्जिद बाहिर शुक्रबार भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएको’, प्रान्तीय प्रशासनका प्रवक्ता मौलावी हमिदुल्लाह मतवाकिलले पत्रकारहरूलाई बताएका छन् । विस्फोटको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन ।… पुरा पढौ

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय टोलीका गोलकीपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९ औँ वार्षिकोत्सवको अवसरमा आज शनिवार आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तानसमेत थिए । दुई हप्ताअघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले माल्दिभ्स लिग र एएफए कपको उपाधि जितेको थियो । यस्तै,… पुरा पढौ

नेपालले एक खेलअगावै केन्याविरुद्धको एकदिवसीय शृंखला जित्यो

नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेलअगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसीय खेलमा १६ रनले पराजित गरेसँगै नेपालले श्रृंखंलाको उपाधि २–० ले जितेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकी छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । यसैगरी,… पुरा पढौ