समाचार

पुस्तक व्यवसायी महासंघमार्फत् पुस्तक बेच्न सांसद पुनलाई पोखराका मेयर आचार्यको सुझाव

सन्देश श्रेष्ठपोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई पुस्तक बेच्दै नहिंड्न सुझाव दिएका छन् । यहि फागुन २६ गते सोमबार पोखराका तीन फरक ठाउँमा पुस्तक बेच्ने क्रममा सांसद पुन र सर्वसाधारणबीच विवाद भएपछि आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले यस्तो सुझाव दिएका हुन् । मेयर आचार्यले नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभर पुस्तक विक्री गर्दै समर्थन जुटाउनु सराहनी भए पनि बिना दर्ता र बिना अनुमती कुनै पनि वस्तु विक्री वितरण गर्दा हुने कानूनी… पुरा पढौ

६ दलले पाए राष्ट्रिय दलको मान्यता,५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड भन्दा कम मत प्राप्त गरेका छन् । यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । सम्पूर्ण देशलार्ई एक निर्वाचन… पुरा पढौ

रास्वपा सभापति लामिछानेले निर्वाचनमा गरे करिब १० लाख खर्च

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनी चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भई निर्वाचित भएका छन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय… पुरा पढौ

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ । परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत… पुरा पढौ

पोखरामा किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण

पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।… पुरा पढौ

जिपले च्यापेर लमजुङमा चालकको मृत्यु

जिपले च्यापेर लमजुङको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ । सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।उनका अनुसार आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका थिए । तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा… पुरा पढौ

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार, रास्वपाका मात्रै ११३ जना (नामावली सहित)

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन् । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी एमालेले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र… पुरा पढौ

मौसमी प्रतिकूलताले देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ प्रदूषणका मसिना कणहरु दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरु नजलाउने र… पुरा पढौ

अर्थमन्त्री खनालले गरे रातो पासपोर्ट फिर्ता

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रातो पासपोर्ट (कूटनीतिक राहदानी) फिर्ता गरेका छन् । खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको रातो पासपोर्ट सरकारलाई फिर्ता गरेका हुन् । खनालले मंगलबार अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेखेर आफ्नो राहदानी बुझाएका हुन् । पत्रमा खनालले रातो पासपोर्टको प्रयोजन समाप्त भएको उल्लेख सो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिदिन प्रशासन महाशाखामा बुझाएका छन् । “अब प्रस्थानको तयारीमा छु । सार्वजनिक पद धारकका रूपमा कब्जामा रहेको एकमात्र सरकारी सम्पत्ति त्यागेको छु,” उनले भनेका छन् ।पदबाट हटेपछि सरकारी… पुरा पढौ

समानुपातिकमा एक करोड चार लाख मतगणना, रास्वपाले कटायो ५० लाख

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा ९एमाले० ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका… पुरा पढौ