आइतबारसम्म म्याग्दीमा चुनावी अभियानमा खट्टिएका महावीर पुन आज पोखरामा देखिएका छन् ।
म्याग्दीबाट स्वतन्त्र सांसदमा निर्वाचित भएको प्रमाणपत्र लिए लगत्तै उनले म्याग्देली जनतालाई धन्यवाद दिएसँगै, पुनः आफ्नो पुस्तक बिक्री गर्न कस्सिएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका हुन् । आज बिहानै पोखरा आएका पुनले पुस्तक विक्रि गर्न शुरु गरेका छन् ।उनले अहिलेअमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेचि रहेका छन् भने दिउँसो १ बजेपछि पृथ्वीचोकमा बसेर पुस्तक बेच्ने बताएका छन् । ४ बजेसम्म त्यहाँ रहने पुन त्यसपछि महेन्द्रपुलमा पुस्तक बेच्ने बताए ।
उनको पुस्तक किन्ने र उनीसँगै सेल्फी खिच्नेको भीड नै लागेको छ । सरल जीवनयापन र ग्रामीण परिवेशको बोलीचालीका कारण पनि उनी लोकप्रिय बनेका छन् ।उनले भनेका छन्, ‘चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताब लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगंजमा कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’आज दिनभर नै पोखरामा पुस्तक बिक्रिमा व्यस्त रहने उनले बताएका छन् ।
यही फागुन २१ मा सम्पन्न निर्वाचनमा एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पछि पारेर जित हासिल गरेका पुनले २२ हजार ८५० मत पाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







