समाचार

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

पोखरा । गजल प्रतिभा पुरस्कार(२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु। १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी भदौ ११ गते शनिबार १५७ औँ मोती जयन्तीका अवसरमा पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने… पुरा पढौ

सुपर न्यादीको सुरुङ मार्ग ’ब्रेक थ्रु’

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो । आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युत्गृह निर्माणका लागि आयोजनाले ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्नाका साथै आयोजनाको निर्माणकार्य हालसम्म ३० प्रतिशत सम्पन्न भएको छ । विद्युत् गृह नाइँचे गाउँनजिकै निर्माण हुन लागेको उक्त… पुरा पढौ

लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

रुकुम पुर्व । भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि ६० पर्छ । चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन बिक्री गर्दा दुःख नउठ्ने भन्दै प्रतिकिलो रु एक सयका दरले बिक्री गर्न चाहन्छन् । किलोलाई रु एक सय दिएर कसैले लसुन खरिद नगरेपछि अहिले चुनबाङको… पुरा पढौ

कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

बागलुङ । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताए। सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी,… पुरा पढौ

विश्वकप ट्रफी सगरमाथा आधार शिविर लगिदैँ

आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपको ट्रफी टुर अहिले जारी छ । यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा लगिने जनाइएको छ । मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा लगिने जनाइएको छ । ३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइ पुग्नेछ । नेपालमा दुई दिन राखिने ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो । क्यानले जनाएअनुसार १५ भदौमा ट्रफीलाई आधार शिविर लगिनेछ । उनले ट्रफीलाई… पुरा पढौ

नेपाली क्रिकेट टोली आज केन्या जाँदै

पाँच टी–२० र तीन एकदिवसीय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) केन्या प्रस्थान गर्दैछ । नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका… पुरा पढौ

३० घण्टा लामो कारबाहीपछि सोमाली सेनाद्धारा होटल आक्रमणको अन्त्य, २० मारिए

सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा बन्दुकधारीहरूले आक्रमण गरेको एक घातक हमलाको अन्त्य भएको छ । आइतबार त्यहाँका अधिकारीहरूले हमलाको अन्त्य गरेका हुन् । ३० घण्टाभन्दा लामो समय चलेको सेनाको कारबाहीमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । अन्य धेरै घाइते भएको सोमाली अधिकारीहरूले बताएका छन् । मोगादिसुको हयात होटलमा शुक्रबार साँझ (स्थानीय समय) ठुलो विस्फोटबाट आक्रमण सुरु भएको थियो । प्रहरीले आक्रमण कसरी भयो भन्ने विस्तृत विवरण खुलाएको छैन । कति बन्दुकधारी होटलमा प्रवेश गरेका थिए भन्ने खुल्न नसकेको अन्तर्राष्ट्रिय… पुरा पढौ

सिंगापुरमा समलिंगी सम्बन्धलाई कानुनी मान्यता

सिंगापुरले समलिंगी यौन सम्बन्धमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।यसको अर्थ अब सिंगापुरमा समलिंगी सम्बन्धले कानुनी मान्यता पाउनेछ । समलिंगी यौन सम्बन्धको बारेमा वर्षौँदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लूंगले सरकारको यो पछिल्लो निर्णयबारे घोषणा गरेका हुन् । सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित छ । तर, अधिकांश जनताले औपनिवेशकालको धारा ३७७ ए कानुनको अन्त्य गर्नुपर्ने दबाब दिँदै आएका थिए । भारत, ताइवान र थाइल्यान्डपछि पुरष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी)को अधिकारबारे सम्बोधन गर्ने… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठन दिवस मनाउँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउँदैछ । गत वर्षको भदौ ९ गते नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पुनर्गठन भएको स्मृतिमा नेकपा एसले उक्त दिन पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको हो । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको हो । पार्टीका जनवर्गीय संगठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्नेछन् । करिब एक वर्षको… पुरा पढौ

श्रमिकसँग श्रममन्त्री : अब, श्रममन्त्री कुँवर आफैले श्रमिकका गुनासाहरु सुन्छन्

वैदेशिक रोजगारीमा जाँदा समस्या परी हाले गुनासो कसलाई सुनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने अबदेखि तपाईको गुनासो सुन्न श्रममन्त्री आफैँ तयार छन् । वैदेशिक रोजगारीका लागि स्वदेशमा होस वा विदेशमा, तपाईंलाइ समस्या परेको छ भने सिधै श्रममन्त्रीलाइ गुनासो सुनाउन सक्नुहुनेछ । त्यसका लागि श्रममन्त्री शेरबहादुर कुँवरले हरेक आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म तपाईंहरुको गुनासो सुन्ने समय छुट्याएका छन् । मन्त्री कुँवरले हिँजो (आइतबार) वैदेशिक रोजगारमा समस्या व्यहोर्नु परेका ९ जनाको गुनासो सुनेर सम्बोधन गरेका छन् । त्यसमध्ये, विदेश पठाउँछु भनेर… पुरा पढौ