समाचार

एपीएफबिरुद्द मनाङको कठीन जित

सन्देश श्रेष्ठपोखरा, माघ २९ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मनाङमस्र्याङ्दी क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा विहीबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई एककाबिरुद्द दुई गोलको संघर्षपूर्ण जित निकाल्दै मनाङमस्र्याङ्दीले बिजयी यात्रा शुरु गरेको हो । पहिलो जित निकालेको मनाङमस्र्याङ्दी क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनाङले अब भारतको थन्डरबोल्ट नर्थ युनाईटेडसँग फागुन ४ गते सोमबार सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । एपीएफले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन पुगेको छ । खेलको ११ औं मिनेटमै… पुरा पढौ

तेह्रौं लिटिल स्टेप अण्डर टुवेल ह्याण्डवल टुर्नामेन्टको तयारी पुरा

पोखराको सिमलचौरमा रहेको लिटिल स्टेप मावि तथा पोखरा लिङ्कन इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा हुने तेह्रौँ संस्करणको अण्डर टुवेल ह्याण्डवल टुर्नामेन्टको तयारी पुरा भएको छ । यही फागुन १, २ र ३ गते विद्यालय परिसरमा सञ्चालन हुने उक्त टुर्नामेन्टमा १२ वर्ष उमेरमुनिका साथै हाल कक्षा ५ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउने छन् । पोखराभित्रका विद्यालय लक्षित टुर्नामेन्टमा छात्रतर्फ १७ टिम र छात्रातर्फ १२ टिम गरि कुल २९ टिमको सहभागिता हुने भनी आयोजक लिटिल स्टेप मा.वि.को तर्फबाट संस्थापक अध्यक्ष शेरबहादुर… पुरा पढौ

इटालीलाई नेपालले दियो १२४ रनको लक्ष्य

नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ। टि-२० विश्वकपको दोस्रो खेलमा नेपालले इटालीलाई १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १२४ रनको लक्ष्य दिएको हो । मुम्बईको वान खेडे मैदानमा भएको खेलमा नेपालले एकपछि अर्को गर्दै विकेट गुमाउँदा झिनो लक्ष्य प्रस्तुत गर्यो । नेपालका लागि सर्वाधिक आरिफ शेखलेस २४ बलमा २७ रन कप्तान रोहित पौडेलले १४ बलमा २३ रन करण केसीले ११ बलमा १८ रन र आसिफ शेखले २० बलमा २० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्… पुरा पढौ

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेंदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताईन् । उनले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिईन् । तालिममा सहभागीहरु मध्येबाट… पुरा पढौ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो । यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो । थप परीक्षण… पुरा पढौ

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ:संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन् । आज बागलुङको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताए । संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए । “विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै… पुरा पढौ

बिटी कपमा सेमिफाइनल समिकरण, फाइनल बिहीबार हुने

पोखरा, २८ माघ ।  पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दीप युनाइटेड, रामघाट निलो, लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जा एफसीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार आज (बुधबार) भएको पहिलो क्वाटरफाइनल खेलमा दीप युनाइटेडले आयोजक बिटी ‘टिम ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै दीप अन्तिम चारमा प्रवेश… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेलको बिजयी शुरुवात

सन्देश श्रेष्ठपोखरा, माघ २८ पोखराको प्रतिष्ठित प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेल यूथ क्लवले बिजयी शुरुवात गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिताको दोस्रो दिन जाउलाखेलले मच्छिन्द्र क्लवलाई शून्यकाबिरुद्द दुई गोलले पराजित गर्दै सुखद शुरुवात गरेको हो । बुधबारको खेलमा जाउलाखेलले दुबै गोल दोस्रो हाफमा गर्यो । जाउलाखेलका लागि विदेशी खेलाडी द्वय निकोलास ओडाने हामिल्टन र बौबसर सिस्सोखोले गोल गरे । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा पहिलो हाफमा दुबै टिमले गोल गर्न असमर्थ रहे । तर… पुरा पढौ

पोखराको फोहोर ७२ घण्टा भित्रमा उठाउन शुरु गरिने, फोहोर उठाउन महानगरलाई सघाउने दल र नागरिक समाजको प्रतिबद्दता

सन्देश श्रेष्ठपोखरा, माघ २८ पोखराको फोहोरमा राजनीति नगर्ने दलहरुले प्रतिबद्दता जनाएका छन् । एक महिनादेखि पोखरामा फोहोर उठाउन नसकेपछि निकास खोज्न पोखरा महानगरपालिकाले बुधबार आयोजना गरेको सर्वपक्षीय बैठकमा दलहरुले फोहोरमा राजनीति नगर्ने घोषणा गरेका हुन् । फोहोरका कारण पर्यटनको राजधानी पोखरा दुर्गन्धित बनेको तथा यहि अवस्थामा पानी परेको खण्डमा हैजाजन्य महामारीको जोखिमसमेत निम्तिन सक्ने भन्दै उनीहरुले फोहोर व्यवस्थापनमा सघाउने वचन दिए । त्यसका लागि महानगरलाई अल्पकालीन र दीर्घकालीन नीति बनाउन आग्रह गर्दै सो नीति कार्यान्वयनमा सघाउने पनि उनीहरुको प्रतिबद्दता छ… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न

जिल्ला समन्वय समिति कास्कीले, विकास निर्माण सम्बद्ध कार्यालयहरूको चालु आर्थिक बर्ष २०८२–८३ को अर्धबार्षिक समिक्षा सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गरे । उनले बिगतको कार्यसम्पादनको स्थिति र भाबी कार्यसम्पादनलाई प्रभाबकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका मुताबिक कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले बिकासमा भएका बाधा व्यवधान हटाउन र कार्यसम्पादनको स्थिति सुधार गर्न कार्यक्रम फलदायी भएको उल्लेख गर्दै निरन्तर हुने समीक्षाले कमीकमजोरी सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बिगतका कमीकमजोरी… पुरा पढौ