म्याग्दीका ५ पत्रकारहरु ‘विकास पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन्। जिल्ला समन्वय समिति म्याग्दीद्वारा सोमबार आयोजित कार्यक्रममा ५ क्रियाशील पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो। थाहाकर्मी ध्रुवसागर शर्मा, कान्तिपुर दैनिकका घनश्याम खड्का, नागरिक दैनिकका हरिकृष्ण गौतम, गोरखापत्र दैनिकका ठाकुरप्रसाद आचार्य र नयाँ पत्रिका दैनिकका कमल खत्रीले पुरस्कार प्राप्त गरेका हुन्। गण्डकी प्रदेश सांसद नरदेवी पुन, जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख राजकुमार थापा, निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले पत्रकारलाई प्रमाणपत्र, दोसल्ला र नगद १० हजारसहित सम्मान गरेका…
पुरा पढौ