समाचार

पोखरा-२९ मा २७५० गन्दा एमालेको अग्रता कायमै

पोखरा महानगरपालिका वडा नम्बर-२९ मा एमालेको अग्रता कायमै रहको छ । पोखरा–२९ मा शनिबार विहानसम्म २ हजार ७ सय ५० मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले १ हजार २ सय ९६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले १ हजार १३ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच २६३ मतको मतान्तर छ । महिला सदस्यमा एमालेकी निर्मला पौडेलले १२८० मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले ९२२ तथा दलित महिला सदस्यमा एमालेकी सुकमाया… पुरा पढौ

पोखरा–१६ मा १००० मत गन्दा एमाले अगाडी

पोखरा महानगरपालिका वडा नं १६ मा एमाले अगाडी रहेको छ। महानगरको यस वडाको १ हजार मत गणना गर्दा नेकपा (एमाले) का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई १ सय ५४ मतान्तरले पछि पारेका छन्। हालसम्मको मत गणनामा एमाले उम्मेदवार थापाले गृह वडाबाट बढी मत लिन सफल बनेका हुन्। थापाले ४ सय ८० मत पाउँदा आचार्यले ३ सय २६ मत ल्याएका छन्। त्यस्तै, उपमेयर पदका लागि पनि उक्त वडाबाट नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्द्वी कोपिला… पुरा पढौ

पोखरा १० मा कांग्रेसको प्यानल नै भारी मतान्तरले अगाडि

पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । शनिबार विहानसम्म १३०० मत गणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु भारी मतान्तरसहित अगाडि रहेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवारले ७०४ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार ३८० मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवारले ६२७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३९४, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले ६४९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३८४ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस… पुरा पढौ

पोखरा-१६ को वडाध्यक्षमा कडा प्रतिष्पर्धा, सदस्यमा एमाले हाबी

पोखरा महानगरपालिकाको वडाध्यक्षमा कडा प्रतिष्पर्धा देखिएको छ । शनिबार विहानसम्म १ हजार मत गणना सम्पन्न हुँदा एमाले वडाध्यक्ष १ मतान्तरले अघि छन् । एमाले वडाध्यक्षले ४ सय ३८ मत ल्याएर झिनो अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ४ सय ३७ मत ल्याएर पछ्याईरहेका छन् । सदस्यमा भने एमाले हाबी देखिएको छ । महिला सदस्यमा एमाले उम्मेदवारले ४७६ मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार १४३, दलित महिला सदस्यमा एमाले उम्मेदवारले ४५० मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ३३२ मत ल्याएर पछ्याईरहेका छन् ।… पुरा पढौ

पोखरा-१५ को वडाध्यक्षमा एमालेको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर-१५ को वडाध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । शनिबार विहान सम्मको मतगणनामा एमाले उम्मेदवारले १ हजार ४ सय ५९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवारले १०२९ मत ल्याएर पछ्याईरहेका छन् । उहाँहरुबीच ४ सय ३० मतको मतान्तर रहेको छ । सो वडाको ३ हजार २ सय मत गणना गर्दा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १ हजार २ सय ५३ मत आएको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ९… पुरा पढौ

पोखरामा ८०१५४ मत गणना गर्दा धनराजलाई ३४३९ मतको अग्रता

जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३९ मत पु¥याएका हुन् ।हालसम्म ८० हजार १ सय ५४ मत गणना सम्पन्न हुँदा आचार्यले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएर पछ्याईरहेका छन् ।त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ५ सय २० र… पुरा पढौ

पोखरा-१४ मा कांग्रेस बिजयी

पोखरा महानगरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेसको वडाध्यक्षसहित अधिकांश सदस्यमा बिजयी भएका छन् । एक सदस्यमा भने एमाले उम्मेदवार बिजयी भएका छन् । वडा नम्बर १४ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार बोधराज कार्की एमालेका डेलबहादुर गुरुङलाई हराउँदै बिजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङले एमालेकी सरिता बास्तोलालाई, दलित महिला सदस्यमा कांग्रेसकी तनुजा सार्की (थापा)ले एमालेकी सिर्जनाकुमारी पोखरेललाई हराउँदै बिजयी भए । त्यस्तै, खुल्ला दुई सदस्यमा कांग्रेसका कृष्णहरी काफ्ले र एमालेका गोपालप्रसाद सापकोटा बिजयी भए ।(फोटो : सुदर्शन रन्जित… पुरा पढौ

पोखरा २८ मा कांग्रेस जित नजिक

पोखरा महानगरपालिका वडा नम्बर २८ मा नेपाली कांग्रेस जित नजिक पुगेको छ । पोखरा २८ को वडाध्यक्षसहित सदस्यमा कांग्रेस उम्मेदवार बिजय नजिक पुगेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार १४५७ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवार १३२२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार १४४७ मतसहित अग्रता लिदा एमाले उम्मेदवार १३००, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार १३६६ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार १३३४ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी खुल्ला दुई सदस्यमा कांग्रेस उम्मेदवार (एक रुख)… पुरा पढौ

पोखरा-१६ मा ३ सय गन्दा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर १६ मा कांग्रेसले अग्रता लिएको छ । एमाले गढको रुपमा परिचित पोखरा १६ मा कांग्रेस उम्मेदवारले अग्रता लिएको हो । हालसम्म ३ सय मत गणना हुँदा वडाध्यक्षमा कांग्रेस उम्मेदवारले १ सय ३४ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवारले १२६ मत ल्याएर पछ्याईरहेका छन् ।उक्त वडामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १५२ मत आएको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई १ सय मत आएको छ । त्यस्तै उपमेयर पदमा एमाले उम्मेदवार मञ्जुदेवी… पुरा पढौ

पोखरामा ७२९१८ मत गणना : धनराजलाई ३४४२ मतको अग्रता

पोखरा, जेठ ६ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४२ मत पु¥याएका हुन् । हालसम्म ७२ हजार ९ सय ४२ मत गणना सम्पन्न हुँदा आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २६ हजार ३ सय ६५ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २… पुरा पढौ