समाचार

पोखरा ६ को वडाध्यक्षमा एमालेका भट्टराई बिजयी, सदस्यमा मिश्रित परिणाम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका विष्णुबहादुर भट्टराई बिजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई १६७ मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बिजयी भट्टराईले १ हजार ६ सय ६ मत प्राप्त गरे भने पराजित पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पराजित पहारी निवर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यमा मिश्रित परिणाम आएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी पवित्रा थापा (१५२३), दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी (१६३९) मत… पुरा पढौ

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक असक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । हरियोखर्क अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको… पुरा पढौ

पोखरा २६ को वडाध्यक्षमा थापासहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली कांग्रेसका नरेन्द्र थापासहित कांग्रेसको प्यानल नै बिजयी भएको छ । थापाले नेकपा एमालेका सूर्यनाथ भण्डारीलाई १ हजार १५ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी थापाले २ हजार ७ सय ६५ मत प्राप्त गरे भने पराजित भण्डारीले १ हजार ७ सय ५० मत प्राप्त गरे । महिला सदस्यमा कांग्रृेसकी लक्ष्मीदेवी भट्टराई २ हजार २ सय २४, दलित महिला सदस्यमा सुजाता बराल २ हजार ३ सय ९, खुल्ला सदस्यमा तीर्थबहादुर राजभाट २ हजार… पुरा पढौ

पोखरा १३ को वडाध्यक्षमा किरण बरालसहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा महानगरपालिकामा वडा नम्बर १३ को अध्यक्षमा नेपाली कांग्रेसका किरण बराल बिजयी भएका छन् । उनले नेकपा एमालेका वसन्त बराललाई ७०६ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बरालले २ हजार ९ सय ४० मत प्राप्त गरे भने पराजित वसन्त बरालले २ हजार २ सय ३४ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी सुचित तामाङ (२५४३), दलित महिला सदस्यमा रजनी परियार (२६२८), खुल्ला दुई सदस्यमा बलबहादुर बराल (२४७०) र सरिफ मिया (२४२०) मत प्राप्त गर्दै बिजयी भए… पुरा पढौ

पोखरा ६ को वडाध्यक्षमा एमालेका भट्टराई बिजयी, सदस्यमा मिश्रित परिणाम

पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका विष्णुबहादुर भट्टराई बिजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई १६७ मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बिजयी भट्टराईले १ हजार ६ सय ६ मत प्राप्त गरे भने पराजित पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पराजित पहारी निवर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यमा मिश्रित परिणाम आएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी पवित्रा थापा (१५२३), दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी (१६३९) मत ल्याएर बिजयी… पुरा पढौ

पोखरा २४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी, सदस्यमा सबै एमालेका निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी भएका छन् । उनी नेकपा एमालेका रामचन्द्र थापालाई हराउँदै बिजयी भएका हुन् । सदस्यमा भने सबै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुल्ला सदस्यमा नेकपा एमालेका कृष्णप्रसाद सुवेदी र रेशम सुबेदी, महिला सदस्यमा सरस्वती त्रिपाठी र दलित महिला सदस्यमा मैया नेपाली विजयी भएका छन् । पुरा पढौ

पोखराको मतगणनास्थलमा झडप,केही समयका लागि मतगणना स्थगित

पोखरा, ४ जेठ । पोखरामा केही समयका लागि मतगणना स्थगित भएको छ । पोखरा ७ को मत गन्ने क्रममा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले प्रश्न उठाएपछि विवाद भएको हो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीलाई नेपाली कांग्रेस पोखरा ७ का वडा सभापतीले हातपातको प्रयास गरेको नेकपा एमालेबाट मेयरका प्रतिनिधि महेन्द्र उपाध्यायको आरोप छ । विवादपछि एमालेका प्रतिनिधिहरुले मतगणना रोक्न माग गर्दै नाराबाजी गरेको हो । उनीहरूले मतगणना भएको हलको ढोकामा गरेर मतगणना रोक्न दवाब दिएको थियो… पुरा पढौ

पोखरा स्थित न्यूरोड र चिप्लेढुंगा आउटलेटमा ३ दिने बेबी मीट–२०७९ आयोजना गरिदै

कास्की । बेबील्याण्डले पोखरा स्थित न्यूरोड र चिप्लेढुंगा आउटलेटमा बेबी मीट–२०७९ आयोजना गर्ने भएको छ । बच्चाहरुको खुशीनै परिवारको खुशी भन्ने मुल मन्त्र सहित नेपालको पहिलो बेबी स्टोर बेबील्याण्डले यहि ५, ६ र ७ गते बेबी मीट–२०७९ आयोजना गर्न लागेको हो । बेबी प्रडक्टको क्षेत्रमा २८ बर्ष देखिको अनुभवको आधारमा ग्राहकहरुलाई आफना बच्चाहरुको लागि गुणस्तरीय, उमेर अनुसार उपयोगी सामग्रीको पहिचान र छनोट गर्न सजिलो र ज्ञानबद्र्धक होस भन्ने हेतुले बेबी मीट–२०७९ को आयोजना गरिएको संस्थाका फाउण्डर प्रदिप बर्जाचार्यले बताएका छन्… पुरा पढौ

सहारा क्लबद्वारा स्व.तामाङको प्रथम वार्षिक पूण्य तिथीमा वृद्धाहरुलाई भोजन

पोखरा । सहारा क्लव पोखराले स्वर्गिय बिल तामाङको प्रथम वार्षिक पूण्य तिथीमा बुधबार एक कार्यक्रमको आयोजना गरी उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । क्लबले स्व. तामाङको पूण्य तिथीमा पोखरा १७ स्थित पोखरा वृद्धाश्रमका वृद्ध–वृद्धाहरुलाई भोजन तथा फलफुल प्रदान गर्नुका साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरेको हो । तामाङको गत वर्ष कोभिड १९ का कारण उपचारका क्रममा ४४ वर्षको उमेरमा पोखरामा निधन भएको थियो । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तामाङ एफसी ‘ए लेभल’ लाइसेन्स प्राप्त फुटबल… पुरा पढौ

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको राजीनामा माग गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपकुलपति बनेको डा. जगमान आफूलाई हराउन विपक्षी पार्टीका उम्मेद्वारलाई मत माग्दै हिँडेको भन्दै महेन्द्रले राजीनामा माग गरेका हुन् । मादी १० भाचोकमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महेन्द्रले डा. जगमान आफूविरुद्ध लागेको आरोप लगाए ।‘कांग्रेस र माओवादीको सरकार हुँदा होइन, नेकपा एमालेको सरकार हुँदा केपी ओली प्रधानमन्त्री हुँदा… पुरा पढौ