समाचार

सुनको मूल्य प्रतितोला ९ सयले घट्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले… पुरा पढौ

पोखरा वडा नं. ७ मा कांग्रेसको अग्रता

कास्की । पोखरा महानगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसको अग्रता रहेको छ । जारी रहेको मतगणनाको पछिल्लो प्रारम्भिक सुचना अनुसार उक्त स्थानमा नेपाली कांग्रेसको मत ४ सय ७ रहेको छ भने एमालेको ३ सय ४८ रहेको छ । अहिलेसम्म नेकपा माओवादीले २२ मत प्राप्त गरेको छ भने स्वतन्त्रले १ मत पाएको छ । पुरा पढौ

बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

बागलुङ । बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का विजयी भएका छन् । खड्काले १२ हजार ४२७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्काले… पुरा पढौ

पोखरा वडा नं. ५ मा एमाले जितको नजिक

कास्की । पोखरा महानगरपालिका वडा नं. ५ मा एमाले जितको नजिक रहेको छ । जारी रहेको मतगणनाको पछिल्लो प्रारम्भिक सुचना अनुसार उक्त स्थानमा एमालेले अग्रता कायम राखेको छ । अहिलेसम्म एमालेले १ हजार ७ सय ९२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ९ सय ४२ मत प्राप्त गरेको छ । माओवादीले ३१ मत प्राप्त गरेको छ भने स्वतन्त्रले २ मत पाएको छ । पुरा पढौ

पोखरा–२ लाई नमुना वडा बनाउने प्रधानाङ्गका योजना

पोखरा महानगरपालिका वडा नं २ लाई नमूना वडा बनाउने नव निर्वाचित वडाध्यक्ष दिवसमान प्रधानाङ्गले प्रतिबद्धता जनाएका छन्। हालै सम्पन्न निर्वाचनबाट विजयी प्रधानाङ्गले एभरेस्ट एफएम ९३ मेघाहर्जको पेटबोली कार्यक्रममा बोल्दै महानगरको २ नं वडालाई सभ्य, सुसंस्कृत र नमूना वडा बनाउने बाचा गरेका हुन्। पोखराको वडा नं २ भौगोलिक आकारमा सानो छ। यहाँ मतदाता संख्या पनि कम छ। तर, महानगरकै कोर सिटीको रुपमा चिनिने यो वडा महत्वपूर्ण वडा पनि हो। चाह्यो भने यस वडाका जनप्रतिनिधिलाई विकास निर्माणका काम गर्न सजिलै सक्नेछन्। र,… पुरा पढौ

पोखरामा ३४६१६ मत गणना गर्दा एमालेका थापा भन्दा धनराज १८४५ मतले अघि

पोखरा, जेठ ४ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार नजिक पुर्याएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ८ सय ४५ पु¥याएका हुन् । हालसम्म ३४ हजार ६ सय १६ मत गणना सम्पन्न हुँदा आचार्यले १४ हजार ३ सय ९्६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार… पुरा पढौ

इलेक्सन अपडेट्स : पोखरामा गठबन्धनको अग्रता कायमै

पोखरा महानगरपालिकाको मतगणना जारी छ। महानगरको जारी मतगणनामा गठबन्धनले आफ्नो अग्रतालाई कायमै राखेको छ। गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले प्रमुख प्रतिद्वन्द्वी एमालेका कृष्ण थापालाई १७ सय ५२ मतान्तरले पछि पारेका छन्। हालसम्म ३३ हजार २ सय मत गणना गर्दा गठबन्धनका आचार्यले १३ हजार ७ सय ९४ मत ल्याएका छन्। प्रतिद्वन्द्वी कृष्ण थापाले १२ हजार ४२ मत ल्याएका छन्। महानगरको उपमेयर पदमा पनि गठबन्धनकै कोपिला रानाभाटले अग्रता कायम गरेकी छन्। हालसम्मको मतगणनामध्ये रानाभाटले प्रतिद्वन्द्वी एमालेकी मञ्जु गुरुङलाई ३ सय… पुरा पढौ

पोखरामा ३३२५९ गणना गर्दा एमालेका थापा भन्दा धनराज १७५२ मतले अघि

पोखरा, जेठ ४ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार नजिक पुर्याएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७ सय ५२ पु¥याएका हुन् । हालसम्म ३३ हजार २ सय ५९ मत गणना सम्पन्न हुँदा आचार्यले १३ हजार ७ सय ९४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १२ हजार ४२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ४ सय… पुरा पढौ

स्याङ्जाका नगरमा काँग्रेस, गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

स्याङ्जा । स्याङ्जाका ११ स्थानीय तहमा ५ नगरपालिका र ६ गाउँपालिका मध्ये हालसम्म नतिजा प्राप्त भएका ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली काँग्रेस र ५ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २ नगरपालिकाको नजिता आउन बाँकी रहेको छ । २०७४ को स्थानीय निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजार सहित २ नगरपालिका र ५ गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यसपटक ५ गाउँपालिकामा सिमित भएको छ । अघिल्लो निर्वाचनमा प्रचण्ड बहुमत सहित पालिकाको नेतृत्व हात पारेको एमाले यसपल्ट झिनो मतान्तरले… पुरा पढौ

स्वतन्त्र उम्मेदवार बालेन्द्र चार हजार ८७७ मतले अगाडि

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले ११ हजार ४२ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार १६५ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिनुभएका स्थापितलाई चार हजार ८७७ पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार… पुरा पढौ