समाचार

पोखरा २६ मा कांग्रेसका नरेन्द्र थापाको अग्रता

पोखरा महानगरपालिका २६ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेद्वार नरेन्द्र थापालेले अग्रता लिएका छन् । भर्खरै २६ सय मतगणना सकिँदा उनले नेकपा एमाले सूर्यनाथ भण्डारीलाई ६६६ मतान्तर अग्रता लिएका हुन् । थापाले १४ सय ६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भण्डारीले ८०१ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका टिकाराम अधिकारीले ४४, विवेकशिल साझा पार्टीका चन्द्रज्योती ढुङ्गनाले ५ र लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेद्वार विरेन्द्र रानाभाटले १३ मत ल्याएका छन् । सो वडामा महिला सदस्य, दलित महिला सदस्य र… पुरा पढौ

पोखरा ६ मा कांग्रेसका पहारी एमालेका भट्टराईभन्दा ७२ मतले अगाडी

पोखरा महानगरपालिको वडा नम्वर ६ को जारी मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार जगत पहारीले एमालेका प्रत्यासी विष्णु बहादुर भट्टराईलाई ७२ मतान्तरले लिड गरेका छन् । भर्खरै ९ सय मत गणना सकिँदा वडाध्यक्षमा कांग्रेसका पहरीले ४३४ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका भट्टराईले ३२० मत प्राप्त गरेका छन् । यस्तै लौरो चुनाव लिएर वडाध्यक्षमा चुनाव लडेका स्वतन्त्र उम्मेद्वार प्रेमबहादुर केसीले १६ मत ल्याएका छन् । सो वडामा दलितमहिला सदस्य, महिला सदस्यमा कांग्रेसका उम्मेद्वार अगाडी छन् । यस्तै खुल्ला २… पुरा पढौ

पोखरामा धनराज एमालेका थापा भन्दा १७५० मतले अघि

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७ सय ५१ पु¥याएका हुन् । हालसम्म २८ हजार १ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ११ हजार ८ सय १२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १० हजार ६२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार २ सय ७१ र… पुरा पढौ

२५ सय गन्दा पोखरा २४ को वडाध्यक्षमा कांग्रेस अगाडी, उपप्रमुखले पाए उस्तै उस्तै मत

पोखरा । पोखरा २४ मा २ हजार ५ सय मत गणना सकिएको छ । सार्वजनिक पछिल्लो विवरण अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो वडामा नेपाली कांग्रेसका भरतबहादुर अधिकारीले १२७३ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थापाले १०७० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अधिकारीले एमालेका थापालाई २०३ मतले लिड गरिरहेका छन् । वडाध्यक्षकै प्रत्यासी राप्रपाका नविन बस्ताकोटीले २६ मत प्राप्त गरेका छन् । सो वडामा अन्य महिला, दलित महिला सदस्य र खुल्ला सदस्य… पुरा पढौ

पोखरा २६ मा २ हजार गन्दा वडाध्यक्षमा कांग्रेसको अग्रता

पोखरा । पोखरा महानगरपालिका २६ मा २ हजार मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् । सार्वंजनिक पछिल्लो मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासीले १ हजार ८४ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेद्वारले ६५७ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेद्वारले ३४ मत ल्याएका छन् । यस्तै पोखरामा २६ मा मात्रै मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले ८५६ प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धीं नेकपा एमालेका कृष्णबहादुर थापाले ६५० मत ल्याएका छन् । यसैगरि उपप्रमुख तर्फ गठबन्धनका तर्फबाट… पुरा पढौ

पोखरामा २६२१० गणना गर्दा धनराजलाई १५३४ को अग्रता

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यलाई १ हजार ५ सय बढीको अग्रता कायम छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ५ सय ३४ पु¥याएका हुन् । हालसम्म २६ हजार २ सय १० मत गणना सम्पन्न हुँदा आचार्यले १० हजार ९ सय ३९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ९ हजार ४ सय ५ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर… पुरा पढौ

मादी–१२ को वडाध्यक्षमा माओवादीका कृष्णराज दाहाल निर्वाचित

मादी गाउँपालिका वडा नम्बर–१२ को अध्यक्षमा कृष्णराज दाहाल बिजयी भएका छन् । उनी प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र रानाभाटलाई १२१ मतान्तरले हराउँदै बिजयी भएका हुन् । बिजयी दाहालले ४३२ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार बरालले ३११ र एमालेका प्रकाश बरालले २७३ मत प्राप्त गरे । बिजयी दाहाल तत्कालीन नेकपा हुँदा मादी गाउँपालिकाका अध्यक्ष थिए भने हाल नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य छन् । पुरा पढौ

म्याग्दीका पाँच पालिका र ४० वडाको मतपरिणाम टुङ्गियो

म्याग्दी । स्थानीय तह निर्वाचन अन्तर्गत सोमबारसम्म म्याग्दीका पाँच वटा स्थानीय तह र ३८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एउटामा प्रमुख, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपप्रमुख र एक उपाध्यक्ष जितेका छन् । मतपरिणाम सार्वजनिक भएका ४० वटा वडामध्ये एमालेले २०, कांग्रेसले १४ र माओवादीले ६ वडामा जित हासिल गरेका छन् । अन्नपूर्ण गाउँपालिका र ५ वटा वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । वैशाख… पुरा पढौ

मादी–७ को वडाध्यक्षमा माओवादीका दुर्गाबहादुर गुरुङ निर्वाचित

मादी गाउँपालिका वडा नम्बर–७ को अध्यक्षमा दुर्गाबहादुर गुरुङ बिजयी भएका छन् । उनी प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारलाई ९१ मतान्तरले हराउँदै बिजयी भएका हुन् । बिजयी गुरुङले ४२४ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ३३३ मत प्राप्त गरे । पुरा पढौ

पोखरामा धनराज र कोपिला दुबैले कटाए १० हजार मत

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यलाई १ हजार ५ सय बढीको अग्रतामिलेको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ५ सय ५७ पु¥याएका हुन् । हालसम्म २४ हजार ६ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले १० हजार १ सय ५७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ८ हजार ६ सय मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १… पुरा पढौ