समाचार

भारतसँग जोडिएका सीमा नाका आजदेखि बन्द हुँदै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भारतसित जोडिएको सीमा नाका आज (मंगलबार) रातिदेखि बन्द हुँदैछ। भारतसँग जोडिएका बाँके र बर्दिया, मोरङ, झापा, पर्सा, कपिलवस्तु लगायतका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको हो। यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने छ। यसअघि, खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२… पुरा पढौ

तनहुँको निर्वाचनमा २ हजार ७ सय सुरक्षाकर्मी खटिदैँ

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन तनहुँमा करिब २ हजार ७ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन्। निर्वाचनका समयमा जिल्लामा नेपाली सेना ३६२, म्यादी प्रहरी १ हजार १८८, नेपाल प्रहरी ८ सय २० तथा सशस्त्र प्रहरी ३२६ गरी कूल २ हजार ६९६ जना परिचालन हुनेछन्। साथै, राष्ट्रिय अनुसन्धान विभागबाट १५ जना खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाको १० स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३… पुरा पढौ

आज राति १२ बजेबाट मौन अविधि सुरु

स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुँदै छ। काउन्ट डाउनमा निर्वाचन हुन अब ३ दिन मात्रै बाँकी छ। निर्वाचन अन्तर्गत आज (मंगलबार) राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ। निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ। मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल… पुरा पढौ

पोखराबाट जुर्मुराएको अटेरी

तिमीएउटा दलमा।मअर्को दलमा।हामी सब दलदलमा।हामी सब दलहरूको दलदलमा।…लेखक कुमार नगरकोटीको यो कविताले भने झैं हामी सबै दलको दल दलमा फसि रहेका छौं। उपलब्धीरहित दलको दलदलमा आखिर कहिलेसम्म फस्ने ? सत्ता र शक्तिको स्वार्थमा दलदलमा कहिलेसम्म फसि रहने हामी? यो फोहोर मैला कहिले सफा गर्ने? कसले गर्ने? हो, दलको दलदलबाट मुक्त हुन आह्वान गर्दै पोखराबाट जुर्मुराएको केही उर्जाशिल युवाहरुको समुह आसन्न निर्वाचनमा होमिदै छ। स्वायत्त स्थानीय तह दलीय भागबण्डाले कुरुप भएको भन्दै पोखराबाट गनेस पौडेलको परिकल्पनामा सुरु भएको थियो अटेरी अभियान।… पुरा पढौ

एकदिवसीय क्रिकेट सिरिज नेपाललाई, जिम्बाबे ६ विकेटले पराजित

काठमाण्डौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटले जीत हासिल गरेको थियो । आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । जिम्बावेले ब्याटिङ गर्दै सवै विकेट गुमाएर नेपाललाई… पुरा पढौ

मतदान केन्द्रमा पाल/त्रिपालको व्यवस्था गरिने, अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

काठमाण्डौं । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न निर्वाचन आयोगले तदारुकता देखाएको छ । उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा बर्सातको पानीबाट बच्न पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्नका लागि आयोगले सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन,… पुरा पढौ

‘शिक्षा, कृषि देखि पर्यटनसम्म’ : माछापुच्छ्रे काँग्रेसका उम्मेदवारको ८६ संकल्प

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको नेतृत्वका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुले संकल्प पत्र प्रस्तुत गरेका छन् । ‘सवल समुन्नत, सुशासन सहितको स्थानीय सरकार, कृषि र पर्यटन माछापुच्छ«े गाउँपालिकाको मूल आधार’ उल्लेखित नारासहित संकल्प पत्र तयार गरिएको हो ।स्थानीय आवश्यकता, उपलब्ध स्रोत र साधनको समुचित सदुपयोगसँगै गाउँपालिकाबासीहरुको आर्थिक समृद्धि, सामाजिक सुधार, पूर्वाधार विकास,सुशासन प्रत्याभुत हुने गरि योजना तयार गरिएको अध्यक्ष पदका उम्मेदवार मिन बहादुर गुरुङले बताए ।उपाध्यक्ष पदकी उम्मेदवार सिता अधिकारीले शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, कृषि क्षेत्र, खानेपानी तथा सरसफाई, उद्योगधन्दा,… पुरा पढौ

धनराजलाई समर्थन गर्दै कांग्रेसका ‘बागी’ उम्मेदवार विमलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

पोखरा, २६ बैशाख । पार्टीको नीति प्रति असहमती जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा‘ बागी’उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निश्क्रिय भएको बताएका छन् । ‘साथीभाईको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका… पुरा पढौ

निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी । स्थानीय तह निर्वाचनको दिन अर्थात् वैशाख ३० आउन अब ४ दिन मात्र बाँकी रहँदा म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र र मतदानस्थलमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदानस्थलमा खटाउने तयारी भएको छ भने निर्वाचन सुरक्षा रणनीति पनि तयार पारेर कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उम्मेदवार र राजनीतिक दलले पनि चुनावीसभा, घरदैलो अभियान र मतदाता शिक्षालाई अन्तिम चरणमा पु¥याएका छन् भने मतदाता मतदान गर्ने दिनको पर्खाइमा छन्… पुरा पढौ

स्थानिय निर्वाचन नजिकिएसंगै मतदाता धमाधम मनाङ फर्किदै

मनाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । त्यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि उनीहरु गाउँ फर्कन लागेका हुन् । मनाङका मतदाता काठमाडौँ, पोखरालगायत ठूला सहरी क्षेत्रमा बसोबास गर्ने भएकाले मतदानका लागि हाल जिल्ला फर्किन थालेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार अधिकांश मनाङवासी बाहिरी जिल्लामा बसोबास गरे पनि उनीहरुको मतदाता नामावली मनाङमै रहेको छ । अहिले विशेषगरी माथिल्लो मनाङस्थित… पुरा पढौ