समाचार

राँगाले हान्दा मृत्यु

लमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो । उनीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगा गोली हानेर… पुरा पढौ

सुनको मूल्यमा सामान्य वृद्धी, चाँदीको स्थिर

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० छ । यसको मूल्य आइतबार प्रतितोला रु ९८ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार… पुरा पढौ

हिमाल कलेजका विद्यार्थी गण्डकीकै उत्कृष्ट

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् । हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि कार्कीका अनुसार २०७७ सालको बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् । परीक्षामा सम्मिलित २२ विद्यार्थीले ६७ प्रतिशत अंक ल्याएर गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका हुन् । गत सालको परीक्षामा पनि हिमाल कलेजका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको कार्कीले बताए… पुरा पढौ

गरिबलाई साझबिहानको समस्या हुन दिन्नौ: धनरान आचार्य

पोखरा । पोखरा महानगरमा गठबन्धनबाट महानगरका मेयर धनराज आचार्यले गरिबीको रेखामुनी रहेकाहरुको परिचयपत्र बनाएर अवसर सिर्जना गर्ने बताएका छन् । सोमबार पोखरा १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरा महानगरभर अझै पनि ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोले उनीहरुलाई अवसरका बाटो खोजिदिने बताएका हुन् । उनले आफूहरुले जितेमा २ वर्षभित्र आधारभुत आवश्यकता पुरा गर्नका लागि रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयरको कुर्चीमा बसेको ४५ दिनभित्र गरिबीको परिचयपत्र वितरण गरेर रोजगारीको व्यवस्था गरेर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको महसुलमा… पुरा पढौ

सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न आयोगको निर्देशन

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई अझै परिस्कृत गर्दै लैजानेमा धेरै मतैक्य छ । सोही क्रममा आयोगले स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा ९सिसी क्यामेरा० को प्रबन्ध गरेको छ ।… पुरा पढौ

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनविचको सङ्घर्ष हो:अध्यक्ष दाहाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन् । उनले आज एक सन्देशमार्फत आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै यस निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्रै नलिन आग्रह गरेका छन् । अध्यक्ष दाहालले सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुङ्गा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।… पुरा पढौ

मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने

सप्तरी । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादकपदार्थ बिक्री र सेवनमा… पुरा पढौ

स्थानीयवासीले चितुवा मारे

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए । घर नजिकै पातीको झ््याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उनले बताए। मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् । चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते भएका थिए । आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान, टाउको… पुरा पढौ

फेवा गाउँ र फेवातालमै बहस

नेपालकै गन्तव्य पोखरा। पोखराकै गन्तव्य लेकसाइड। पुरानो फेवा गाउँ, अहिलेको वैदाम। अर्थात, विदेशको झल्को दिने आधुनिक लेकसाइड। वैदाम क्षेत्रको मुटु फेवाताल। फेवाताल, वैदाम तालको रुपमा पनि परिचित छ। वैदाम क्षेत्र, पोखरा आउने जो कोही आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि नगई नहुने एउटा प्रमुख गन्तव्य हो। सुविधाका दृष्टिले वैदाम क्षेत्र स्मार्ट बन्नुपर्ने हो। तर, त्यस्तो छैन। अन्राष्ट्रियस्तरको झल्को दिने लेकसाइड बजार सोंचेजस्तो व्यवस्थित छैन। लेकसाइड बजार क्षेत्रका सडक तथा बाटोघाटोहरु साँघुरा छन्। विजुलीका पोलहरुमा टांगिएका विजुली, केबुल र इन्टरनेटका तारहरु यत्र… पुरा पढौ

स्वतन्त्र उम्मेदवार सोममाया भन्छिन् …

देशकै ठूलो महानगर पोखरा महानगरका लागि स्वतन्त्रबाट उपमेयरका लागि उम्मेदवार दिएकी सोममाया बि.क. ले आफूलाई महानगरको जपक्षीय उम्मेदवार रहेको स्पष्ट पारेकी छन्। एभरेस्ट आवाजसँग कुराकानी गर्दै बि.क.ले एमसीसी सम्झौता र राष्ट्रघातविरुद्ध आफ्नो उम्मेदवारी रहेको दाबी गरेकी छन्। पुतली चिन्ह लिएर उम्मेदवारी दिएकी बि.क.ले आफूले जिते भ्रष्टाचारमुक्त पोखरा महानगर बनाउने प्रतिबद्धता जनाइन्। भ्रष्टाचारमुक्त, प्रविधियुक्त र स्रोतसाधन सम्पन्न आधुनिक पोखरा महानगर बनाउन आफ्नो उम्मेदवारी रहेको उनले दाबी गरिन्। ‘सिंगो पोखरा महानगर कार्यालयमै भ्रष्टाचार छ। मातहतका प्रत्येक वडाहरु भ्रष्टाचारबाट मुक्त हुन सकेको छैन।… पुरा पढौ