समाचार

परियारका हत्यारालाई कारबाही गर्न नेपाली कांग्रेस चितवनको माग

चितवन । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ । नेपाली कांग्रेस चितवन, नेपाली कांग्रेस भरतपुर महानगर समिति, नेपाली कांग्रेस प्रदेश क्षेत्र कार्यसमिति, नेपाल दलित सङ्घ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुणदलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन । कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा निर्वाचनको प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिएको छ… पुरा पढौ

गठबन्धनको प्रतिबद्धताः पाँच वर्षीय कार्यकाल सकिदा पोखरा अन्तर्राष्ट्रिय सहर

पोखरा, २६ वैशाखसत्ता गठबन्धनबाट पोखरा महागरका उम्मेदवारले विदेशमा रहेका नागरिकलाई देश फर्किन आग्रह गरेका छन् । साधन, स्रोत र अनेक सम्भावना रहेकाले पोखरामा रोजगारीका अनेक अवसर सिर्जना गर्न सकिने उनीहरुले बताए ।उनले भने, ‘परिवर्तनको अनुभूति चाडै दिन्छौं, ६ महिनाभित्रै आहापोखरा भन्ने अनुभूति दिलाउँछौं । कार्यकाल सकिँदापोखरा आधुनिकअन्तर्राष्ट्रिय सहर बन्नेछ ।’सोमबार पोखरा २७माभएको चुनावी सभामा मेयर उम्मेदवार धनराजआचार्यले धेरै नेपालीबाध्यताले विदेशिएको उल्लेख गर्दै घर फर्किन आग्रह गरेका हुन् । आचार्यले भने, ‘तपाईहरु त्यहाँआर्जन गरेको ज्ञान, सीप लिएर फर्किनुस्, हामी रोजगारी दिन्छौं… पुरा पढौ

कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु

काठमाडौ । मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार त्यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् । यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा… पुरा पढौ

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो

काठमाडौ । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । दुवै टोली आफनो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । एकदिवसीय सिरिज एक–एकको बराबरीमा सकिएको थियो । पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको… पुरा पढौ

बागलुङका मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

बागलुङ । आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । यही ३० गते हुने निर्वाचनको लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको हो । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ । जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले… पुरा पढौ

तनहुँका मतदान केन्द्रमा मतदान सामग्री ढुवानी गर्दै

तनहुँ । आसन्न निर्वाचनका लागि आजदेखि तनहँुका मतदान केन्द्रमा सामग्री पठाउने तयारी गरिएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि मतदान सामग्री दिएर कर्मचारी परिचालन गर्न लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार नै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीको केन्द्रसहितको विवरण सार्वजनिक गरिसकेको छ । छवटा स्थानीय तहलाई आज र चार वटा स्थानीय तहलाई मंगलबार सामग्री बुझाइने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार घिरिङ ,… पुरा पढौ

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

तनहँु । तनहुँमा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । साथै बैठकले वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म राति… पुरा पढौ

धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

चिवतन । भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो । घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए ।रासस पुरा पढौ

जग्गा खरिद गर्न आर्थिक सहयोग

बागलुङ । बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झण्डै रु ७७ लाखसहयोग गरेका छन् । वडा नं ६ को विशेष पहलमा सङ्कलित रु ७६ लाख ९८ हजार नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका सदस्य नरबहादुर खत्रीले बताए । सोही वडामा पर्ने मजुवा फाँटमा नगरको प्रशासकीय भवन बन्दैछ । यसअघि छ रोपनी जग्गा नगरपालिकाले आफ्नै बजेटबाट किनेको थियो । एक रोपनी १२ आना जग्गादाताले निःशुल्क दिएका थिए । यसबाहेकको जग्गा खरिदका लागि स्थानीयवासीबाट स्वेच्छिक रुपमा आर्थिक… पुरा पढौ

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द

पर्वत । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ । नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ । त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि बन्द हुने भएका छन्… पुरा पढौ